अरूण बम

डोटी बस ठोक्कींदा दुई जनाको मृत्यू, २४ जना घाईते

मङ्गलबार, ३१ असोज २०७४

भिमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रुबहाक बस एकआपसमा ठोक्किदा दुईजनाको घटनास्थलमै मृत्यू भएको छ। अन्य २४ जना घाईते भएका छन्। जसमध्ये १५ जनाको अवस्था गम्भीर छ।

अबैध सालको काठ बरामद

मङ्गलबार, १३ भदौ २०७४

डडेल्धुराको आलितालबाट दिपायल ल्याउँदै गरेको एक सय ७८ क्यूफिट अबैध सालको काठ प्रहरीले बरामद गरेको छ।

डोटी जिप दुर्घटना : न जग्गा रह्यो, न ज्यान

सोमबार, २३ साउन २०७४

छ महिनाअघि बोगटान गाउँपलिका–१, सिमचौर चपरतोला गाउँमा कुरा चल्यो– गाउँमा विद्युतको सबस्टेसन बन्ने। गाउँमै विद्युतको सबस्टेसन बन्ने कुरा सुनेका स्थानीयले गाउँमा 'उज्यालो युगको सुरुवात' हुने भनेर अर्थ्याए। जसले एक किसिमको खुसियाली फैलियो। त्यसको केही दिनमा सबस्टेसनका लागि ५० रोपनी जमिन चाहिने र सरकारले स्थानीयको जमिन अधिग्रहण गर्ने भन्ने समाचार फेलियोे। यसले पहिला हौसिएका स्थानीयलाई चिन्तामा पार्‍यो।

१४ घण्टापछि घाइते अस्पतालमा

शनिबार, २१ साउन २०७४

नौ जनाको घटनास्थलमै ज्यान जानेगरी भएको डोटी जीप दुर्घटनाका ७ जना घाइतेहरूलाई १४ घण्टापछि उपचारका लागि अस्पताल पुर्‍याइएको छ । घटना शुक्रबार राती १० बजे भएको थियो । स्थानीयवासी र प्रहरीको सक्रियतामा उद्धारपछि राती १ बजे घाइतेहरूलाई दिपायल स्थित सुजंग अस्पतालका लागि ल्याउन थालिएको थियो।

डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

शनिबार, २१ साउन २०७४

डोटीको बोगटान गाउँपालिका–६ गगुडामा भएको यात्रु बोकेको जीप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ। सात जना घाइते भएका छन्। जसमध्ये चार जनाको अवस्था गम्भीर छ। दिपायलदेखी चवरा चौताराका लागि हिँडेको से१ज ४९१ नम्बरको जीप राति करिब १० बजेतिर बोगटान गाउपालिका-६ गगुडाको कटैगाउँ धार भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

पहिरोमा परी एकको मृत्यु, दुई गम्भीर

शुक्रबार, ०६ साउन २०७४

घरमाथिबाट आएको पहिरोले ल्याएको ढुंगा लागेर डोटीमा एक बालिकाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।

पहिरोले शेरेगाड लघुजल विद्युत आयोजनाको पावर हाउस क्षतिग्रस्त

आइतबार, ०१ साउन २०७४

डोटीको बडिकेदार गाउँपालिका–४ मान्नाकापडीमा रहेको शेरेगाड लघुजलबिद्युत आयोजनाको पावर हाउस पहिरोले ध्वस्त पारेको छ।

डोटी खुल्ला दिसामूक्त जिल्ला घोषणा

बुधबार, २८ असार २०७४

डोटीलाई बुधबार एक औपचारिक समारोहका बीचमा खुल्ला दिसामूक्त जिल्ला घोषणा गरिएको छ । देशभरकै ४१ औँ जिल्लाका रुपमा डोटीलाई खुल्ला दिसामूक्त जिल्ला घोषणा गरिइएको हो ।

डोटीको पूर्वीचौकी गाउँपालिकामा एमाले विजयी

शनिबार, १७ असार २०७४

डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ। कांग्रेसको बलियो क्षेत्र मानिएको सो गाउँपालिकामा एमाललेका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदबारहरुले जित निकालेका छन्।

डडेल्धुराका दुई तहमा कांग्रेसको जीत

शुक्रबार, १६ असार २०७४

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको जिल्लामा कांग्रेसले खाता खोलेको छ । कांग्रेसका उम्मेदवारले अलिताल र भागेश्वर गाउँपालिकामा जित निकालेका छन् ।

दलहरुलाई ‘अन्तरघात’को डर

आइतबार, २८ जेठ २०७४

संविधान सभा निर्वाचन २०७०मा डोटी क्षेत्र नम्बर–२ लाई कांग्रेसले आफ्नो पकड क्षेत्र मानेको थियो । निर्वाचन क्षेत्र नम्बर–१ को तुलनामा दुईमा आरामैसंग निर्वाचन जितिने कांग्रेसको अनुमान थियो।

किन नेपाल पसे भारतीय प्रहरीका डिएसपी नागराज ?

शुक्रबार, १९ जेठ २०७४

छापामार शैलीमा आएका पाँचजना भारतीय प्रहरीका डिएसपी नागराज सहितको टोलीले बुधबार राती दिपायल सिलगढी नगरपालिका–७ लडागडाका लाल बहादुर आउजीलाई अपहरणको प्रयास गरे।

फेरिँदै चुनावी ‘अजेण्डा’

आइतबार, १४ जेठ २०७४

ऐतिहासिक पहिलो आमनिर्वाचन २०१५ मा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमूख चुनावी ‘अजेण्डा’ नुनको सहज उपलब्धता थियो । वर्षौको जहाँनिया राणाशासनमा पिल्सिएको समाजले भर्खर प्रजातन्त्रको बीउ छर्दै थियो । जनताले पहिलोपल्ट आफ्नो जनप्रतिनिधि चुनेर राज्य व्यवस्था चलाउने पद्धतीको शुरुवात हुँदै थियो । जसमा सुदूरपश्चिमेली जनता आफ्नो मतको साटो जनप्रतिनिधिसँग माग्दैथिए–नुनको सहजता।

वर्षेनी बाढीको कहर

बिहिबार, २८ बैशाख २०७४

बुधबार साँझ अकस्मात भारी वर्षा भयो । वर्षापछि शिखर नगरपालिका–८ तिल्तालीमा बाढीले ‘अनौठो’ रुप धारण ग¥यो । ‘यस्तो बाढी आफ्नो जीवनकालमा दोस्रो पटक देखें । पोहोर पनि त्यसरी नै आएको थियो,’ स्थानीय ६३ वर्षिया वृद्धा चन्द्रा बलायरले भनिन्, ‘एकैपटक ठूल्ठूला ढुंगा, माटो, रुखसँगै बगाएर घरैमाथिबाट बगेर गयो ।’ आफुले भागेर ज्यान जोगाएको उनी बताउँछिन् ।

सुदूरपश्चिममा दलीय गतिविधि सुस्त

शनिबार, १६ बैशाख २०७४

केहीदिन अघिसम्म निकै सक्रिय रहेका सुदूरपश्चिमका जिल्लाका सदरमूकामहरू सुस्ताएका छन् । पार्टीको आधिकारिक टिकटका लागि दलहरू निरन्तर छलफलमा थिए । सबैजसो पार्टीका नेताकार्यकर्ताहरू सदरमुकाम केन्द्रित थिए । आकांक्षी नेताहरू आफ्नो पक्षमा टिकट पार्न नेता देखि मतदाताहरूसम्म रिझाउने क्रममा थिए । यसले जिल्लाको राजनीतिक माहौल निकै तातेको थियो ।

घाेषणाकाे नौ वर्षपछि दिपायलमा निजामती विद्यालय

शुक्रबार, १५ बैशाख २०७४

सरकारले घोषणा गरेको ९ वर्षपछि दिपायलमा निजामती कर्मचारी आवासीय विद्यालय स्थापना भएको छ । चालु शैक्षिक सत्रबाट कक्षा ६ र ७ मा पठन–पाठन शुरु गर्नेगरी विद्यालय स्थापना भएको छ ।

पिपल्ला बजारमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा

आइतबार, २० चैत २०७३

दिपायलको पिपल्ला बजारमा आइतबार दिउँसो लागेको  आगो करिव दुई घण्टापछि नियन्त्रणमा आएको छ ।

दिपायलकाे पिपल्ला बजारमा भीषण आगलागी

आइतबार, २० चैत २०७३

दिपायलको पिपल्ला बजारमा आज दिउँसो भएको आगलागी अझै पनि नियन्त्रण लिन सकिएको छैन् ।

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

शनिबार, १२ चैत २०७३

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुई जना घाईते भएका छन्। शनीबार दिउसो धनघाट–कोटेली सडक अन्तर्गत अमरगढी नगरपालिका–११ धनघाट नजिकै से १ त ८९०८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।

अन्योल र पीडाका तीन दशक

सोमबार, ०७ चैत २०७३

पश्चिम सेती परियोजना बेला–बेला चर्चामा आइरहन्छ। सात सय ५० मेगावाटको 'मेगा प्रोजेक्ट' भएकाले पनि यो परियोजनामा सबैको ध्यान जाने गर्छ। पहिलो कारण, ऊर्जा संकट खेपिरहेको मुलुकमा यस्तो परियोजना निर्माणले लोडसेडिङ हटाउन सक्छ भन्ने अपेक्षा राखिन्छ।

Ncell Footer Ad