अरूण बम

राजधानी गुम्दाको पीडा : हामीमाथि ऐतिहासिक अन्याय भयो

बुधबार, ०३ माघ २०७४

नेपाली कांग्रेसकै सभापतिले नेतृत्व गरेको सरकारले डोटीको ऐतिहासिक बिरासत खोस्दै ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढी तोकिदियो। गणतन्त्रका लागि लडेको आफ्नै पार्टीले गरेको निर्णय उनलाई ‘ऐतिहासिक अन्याय’ लाग्यो।

डोटीमा राजधानी माग्दै फेरि हड्ताल

बुधबार, ०३ माघ २०७४

केही दिनअघि उच्च अदालत रहेकै ठाउँमा सरकारले अस्थायी मुकाम तोक्ने सूचना बाहिरिएपछि आन्दोलन रोकी बिश्राम लिएर बसेका डोटेली फेरि आन्दोलनमा उत्रिएका छन् ।सात नम्बर प्रदेशको अस्थायी मुकाम धनगढी तोकिन लागेको भन्ने खबर प्राप्त गरेपछि डोटेलीहरू पुनःआन्दोलित भएका हुन् ।

अदुवाले मूल्य नपाउँदा किसान चिन्तित

मङ्गलबार, ०२ माघ २०७४

किसानले उत्पादन गरेको अदुवाले बजार मूल्य नपाउँदा घरमै थन्किएको छ । बिचौलियाले सोचेजस्तो मूल्य नदिएपछि अदुवा घरमै थन्किएको हो । अदुवाले भनेजस्तो मूल्य नपाएपछि धेरैजसो किसानले बारीबाट संकलन पनि गरेका छैनन् ।

सुदूरपश्चिममा ‘माघेत्यार’को रौनक

आइतबार, ३० पुष २०७४

हिन्दू धर्मालम्बीहरुले मकरसंक्रान्ती (माघेसंक्रान्ती) पर्व धुमधामका साथ मनाइरहेका छन्। सबैजसो हिन्दुधर्मालम्बीहरुले माघेसंक्रान्ती मनाइरहँदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ।

डोटीमा निर्वाचन अधिकृत कार्यालय स्थापना

आइतबार, ३० पुष २०७४

राष्ट्रियसभा निर्वाचनका लागि शनिबार डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकोछ । आगामी माघ २४ गते हुने निर्वाचन सम्पन्न गर्न प्रदेश ७ को निर्वाचन अधिकृतको कार्यालय डोटीमा स्थापना गरिएको हो । कार्यालयको डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गरे ।

राजधानी माग्दै क्षेत्रीय प्रशासन कार्यालयमा धर्ना

मङ्गलबार, २५ पुष २०७४

प्रदेश नम्बर ७ को राजधानी दिपायल माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा धर्ना दिईएको छ । विगत १३ दिनदेखिको आमहड्तालसहितको विभिन्न कार्यक्रम गर्दै आएको संघर्ष समितिले मंगलबारबाट धर्नाका कार्यक्रम अघि सारेको हो ।

प्रदेश राजधानी आन्दोलनको स्वरुप फेरियो

सोमबार, २४ पुष २०७४

सात नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १३ दिनदेखि जारी आन्दोलनको स्वरुप फेरिने भएको छ। बन्द हड्तात जस्ता कार्यक्रमको सर्वत्र विरोध र वर्तमान सरकारले अस्थायी मुकाम नतोक्ने बताएपछि संघर्ष समितिले सोमबार सार्वजनिक भेलाको आयोजना गरेर स्वरुप फेर्ने निर्णय गरेको हो।

दिपायलमा जनस्तरबाट राजधानी घोषणा

शनिबार, २२ पुष २०७४

७ नम्बर प्रदेशको राजधानी डोटीको दिपायललाई तोक्न माग राखेर आन्दोलन चर्किएको छ । बुधबारदेखि आन्दोलन जारी छ । बजार तथा सरकारी कार्यालय, गैरसरकारी संघसंस्था सबै बन्द छन् ।

थाल ठटाएर राजधानी माग

शुक्रबार, २१ पुष २०७४

७ नम्बर प्रदेशको राजधानी माग्दै डोटीमा आन्दोलन झन् चर्कदै गएको छ। आन्दोलन दिनप्रतिदिन बिशाल बन्दै गैरहेको छ । दिपायल, सिलगढी, गोपघाट, बुडर लगायतका क्षेत्रमा आन्दोलनहरु भैरहेका छन्। दिपायल र सिलगढीमा दिनहुँ प्रदर्शनका कार्यक्रमहरु भैरहेका छन्।

दिपायल राजधानीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र (भिडियो)

शुक्रबार, २१ पुष २०७४

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै डोटीको एक प्रतिनिधि मण्डलले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

दीपायललाई प्रदेश राजधानी तोक्न माग गर्दै डोटीमा हडताल

बुधबार, १९ पुष २०७४

७ नम्बर प्रदेशको राजधानी दिपायल माग्दै ‘हड्ताल’ शुरु भएको छ। मंगलबारसम्म शान्तिपूर्ण रुपमा भैरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत गरिएको छ।

प्रदेश राजधानी तोक्न ‘रचनात्मक’ दबाब

मङ्गलबार, १८ पुष २०७४

युवा गजलकार केशवचन्द्र महरा (पवन) मंगलबार क्षेत्रीय प्रशासन अघि यसरी कुर्लिए। उनका यी दुई शेरमा प्रदेश राजधानी तराईमा कसरी हुनसक्छ ? भन्ने ‘प्रश्नचिन्ह’ छ । उनले ७ नम्बर प्रदेशको राजधानी तराईमा राख्ने प्रस्तावको विरुद्धमा यो गजल लेखेका हुन ।

समानुपातिक तर्फ डोटीमा नेपाली कांग्रेस पहिलो

बिहिबार, २८ मङि्सर २०७४

प्रतिनिधि र प्रदेश सभा निर्वाचन अन्तर्गत डोटीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणाम अनुसार दुबै निर्वाचनमा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको छ। नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ।

चुनाव जित्न सबै ‘हत्कण्डा’

आइतबार, १७ मङि्सर २०७४

बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदरवार प्रेम बहादुर आलेमगर ‘पैसावाल’ नेता मानिन्छन्। दोस्रो संविधान सभा निर्वाचन–२०७० मा उनले डोटी क्षेत्र नम्बर–२बाट ‘पैसाको प्रभाव’ले निर्वाचन जितेको आरोप छ।

सदाबहार चुनावी अजेण्डा : ‘बोगटान सडक’

शनिबार, १६ मङि्सर २०७४

शुक्रबार पहिलोपल्ट बहालवाला प्रधानमन्त्रीको रुपमा डोटीको बोगटान क्षेत्रमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बोगटान सडक’को नाम बिशेष ‘महत्व’का साथ लिए । उनले ‘बोगटान सडकलाई ट्रयाक जोडेर पीच गर्ने’ प्रतिबद्धता जनाए । साथै पूर्बमन्त्री सिद्धराज ओझाको नामबाट सो सडकको नामाकरण गर्ने पनि ‘प्रतिज्ञा’ गरे ।

कम्युनिष्ट शासन ‘राणा शासन' भन्दापनि भयानक : प्रधानमन्त्री देउवा

शुक्रबार, १५ मङि्सर २०७४

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान असफल पार्न बामगठबन्धन भएको दाबी गरेका छन् । नेपाली कांग्रेसले डोटीको शुक्रबार बोगटानमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

सुरक्षामा हाइअलर्ट

शुक्रबार, ०८ मङि्सर २०७४

१० गते मतदान हुने ७– नम्बर प्रदेशका ४ वटा जिल्लाहरु (बाजुरा, बझाङ, बैतडी र दार्चुला)मा सुरक्षा स्थिती मजबुत बनाउन यतिबेला क्षेत्रीय सुरक्षा समिति सक्रिय भएर लागिरहेको छ । केही दिनदेखी हवाईयात्रा मार्फत सबैजसो जिल्लाका दुर्गम तथा अति संबेदनशील क्षेत्रहरुमा पुगेर सुरक्षा स्थितीको बारेमा निरीक्षण गरिरहेको छ ।

प्रचण्ड ‘बृहत शान्ति सम्झौता’प्रति बफादार छैनन् : मन्त्री बलायर

बिहिबार, ०७ मङि्सर २०७४

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘बृहत शान्ति सम्झौता’प्रति बफादार नभएको आरोप लागेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रचण्डलाई यस्तो आरोप लगाएका हुन् ।

देउवा डडेल्धुरा पुग्दा कांग्रेसको ‘शक्ति प्रदर्शन’

बिहिबार, ३० कार्तिक २०७४

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा स्थानीय तहको मतपरिणाम अनुसार वामगठबन्धन कांग्रेसभन्दा झण्डै साढे आठ हजार मतले अघि छ । सोही मतपरिणामलाई आधार मानेर देउवालाई यसपटक चुनाव जित्न कठिनाई हुने विश्लेषण हुने गरेको छ ।

डाेटीमा बस दुर्घटना हुँदा तीनकाे मृत्यु, १० घाइते

बिहिबार, ०२ कार्तिक २०७४

बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।  बसमा सवार १० जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन्।

Ncell Footer Ad