अरूण बम

मानवता मरेको त्यो दिन !

बुधबार, १९ बैशाख २०७५

‘मरेर बाँचेका’बडिकेदार गाउँपालिका–२, छेडाका चक्रबहादुर मटेली(५४)को मन डेढ दशकयता दिनहुँ मरिरहन्छ । मान्छेले देखाएको ‘बर्बर’ रूपको झल्कोले उनलाई बारम्बार सताउँछ । जसको उनलाई अझै विश्वास नै लागिरहेको छैन।

डोटी जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

आइतबार, ०९ बैशाख २०७५

डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो।

डोटीमा जीप दुर्घटना अपडेट : ३ जनाकाे मृत्यु, १६ घाइते (तस्बिरसहित)

शनिबार, ०८ बैशाख २०७५

डोटीको शिखर नगरपालिका–३ आली गाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

हावाहुरीले ब्यापक क्षती

शनिबार, ०८ बैशाख २०७५

केहिदिनदेखी मौसममा आइरहेको फेरबदलसँगै पटक–पटक चल्ने हावाहुरीले डोटीमा ब्यापक क्षती पु-याईरहेको छ। हावाहुरीका कारण कृषकका बालीनालीहरुमा क्षती पुगेको छ।

मुख्यमन्त्रीका छोरा संस्थागत विद्यालयमा

बिहिबार, ०६ बैशाख २०७५

सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरे। भर्ना अभियानकै क्रममा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा पुगेर कान्छी छोरी पुष्पा भट्टलाई कक्षा ८ मा भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट भने डोटीको केआईसिँह गाउँपालिका–६ मा रहेको देवस्थल माध्यामिक बिद्यालयमा कक्षा १० मा पढ्छिन्।

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

बुधबार, २८ चैत २०७४

डोटीको जोरायलमा चट्याङ्ग लागेर बुधबार दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ डाँडाखालीमा खेम भण्डारीको घरको भान्साकोठामा दिउँसो दुई बजे चट्याङ्ग परेको हो।

‘हेलो सरकार’ उपयोगी तर प्रयोग कम

शनिबार, १० चैत २०७४

२०७३ चैत्र १२ गते गुलरिया–२ कञ्चनपुरका भुपेन्द्र सिँहले स्थानीय हरियाली सामुदायिक वनबाट भएको काठ चोरीका दोषि तस्करहरु खुल्लम्खुल्ला हिडिरहेको गुनासो ‘हेलो सरकार’मा गरे। टेलिफोनका आधारमा आएको गुनासोलाई क्षेत्रीय प्रशासन कार्यालय दिपायलले तत्कालै जिल्ला वन कार्यालय कञ्चनपुरलाई लेखि पठायो। त्यसको दोस्रो दिनमै दोषि तस्कर समातिए।

प्रहरी अस्पतालमा फिजियोथेरापी सेवा शुरु

मङ्गलबार, ०६ चैत २०७४

क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा फिजियोथेरापी सेवा शुरु भएको छ। मंगलबारबाट अस्पतालले यो सेवा शुरु गरेको हो। एक समारोहका बीच ७ नम्बर प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक माधव प्रसाद नेपालले फिजिथेरापी कक्षको उद्घाटन गरे। डोटीका अस्पतालहरुमध्ये पहिलोपल्ट क्षेत्रीय प्रहरी अस्पतालले यो सेवा शुरु गरेको हो।

प्राविधिक बिषय सञ्चालनमा खर्च जुटाउन धार्मिक महोत्सव

आइतबार, ०४ चैत २०७४

प्रसिद्ध शैलेश्वरी मन्दिरमा ‘शैलेश्वरी धार्मिक महोत्सव, ज्ञान महायज्ञ’ शुरु भएको छ। आइतबार लक्ष्मीनाराण मन्दिर धनगढीका धर्मगुरु श्री १००८ देबराज आचार्यले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका छन्।

पश्चिम नेपाल भ्रमण बर्ष २०७५ को तयारी

शुक्रबार, २५ फागुन २०७४

पश्चिम नेपालको पर्यटन प्रबर्द्धनका लागि सरोकारवालाहरुले २०७५ लाई ‘पश्चिम नेपाल भ्रमण बर्ष’का रुपमा मनाउने तयारी थालेका छन्। यहि फागनु १४ र १५ गते कञ्चनपुरको शुक्लाफाँटामा बसेको पश्चिम नेपाल पर्यटन सञ्जालको बैठकले भ्रमण बर्ष मनाउने निर्णय गरेको हो। ‘बोर्डले आन्तरिक तयारी थालिसकेको छ,’ नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण बहादुर महराले भने, ‘दुई साताभित्रै कार्यक्रम सार्वजनिक हुन्छ।’

‘कम्युनिष्टहरु कांग्रेसबिना एक कदम पनि अघि बढ्न नसक्ने’

आइतबार, २० फागुन २०७४

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण प्रसाद सिटौलाले नेपालको लोकतन्त्र अझै संकटमा रहेको बताएका छन्। नेपाल प्रेस युनियन डोटी शाखाले आइतबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

खप्तड प्रवेशद्वार बगलेगमा चैतदेखी ‘होमस्टे’

शनिबार, १९ फागुन २०७४

खप्तडको प्रवेशद्वारको रुपमा रहेको बगलेगमा चैत महिनादेखी ‘होमस्ट’ संचालन गरिने भएको छ। पूर्विचौकी गाउँपालिका–२ र होटल ब्यवसायी संघ डोटीको संयुक्त पहलमा होमस्टे संचालन हुन लागेको हो।

‘प्रि–टास’मा सुदूरका सात जिल्ला सफल, दुई असफल

शनिबार, १२ फागुन २०७४

सुदूरपश्चिमका नौ वटै जिल्लामा हात्तीपाईले रोग बिरुद्धको अभियान छैठौ चरणमा चलिरहेको छ। लगातार छ बर्ष हात्तीपाईले बिरुद्धको औषधि सेवन गरे रोग संक्रमण हुने सम्भावना निर्मुल हुने विश्व स्वास्थ्य संगठनको मान्यता छ। सोही मान्यता अनुसार नै नेपालमा एउटै ठाउँमा लगातार छ बर्षसम्म औषधि खुवाउने चलाउने गरिएको छ।

दिपायलमा नगर बस सञ्चालन

शुक्रबार, ११ फागुन २०७४

डोटीको दिपायल सिलगढी नगरपालिकाले नगर बस सञ्चालन गरेको छ। नगरपालिकाले नगर क्षेत्रका लागि पहिलोपल्ट नगरबस शुरु गरेको हो। ७३ लाखको लगानीमा नगरपालिकाले दुईवटा नगरबस सञ्चालनमा ल्याएको छ।

संघीयताको भविष्य हाम्रो हातमाः मुख्यमन्त्री भट्ट

शुक्रबार, ११ फागुन २०७४

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको जग बसाउनु अहिले प्रदेश सरकारको मुख्य दायित्व रहेको बताएका छन् । दिपायलमा १२ दिनदेखि चलिरहेको ‘७ नम्बर प्रादेशिक महोत्सव’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राजधानी माग्दै निरन्तर धर्ना

मङ्गलबार, ०८ फागुन २०७४

निजामती सेवाबाट निवृत्त दिपायलका अनन्तबहादुर कठायत करिब दुई महिनायता दिनहुँ क्षेत्रीय प्रशासन कार्यालय दिपायल धाउँदैछन् । युवा उमेर सरकारी सेवामा बिताएका उनी अहिले सरकाको विपक्षमा छन् । पहिले आम्दानीका लागि सरकारी कार्यालय धाउने उनी अहिले राजधानी माग्दै धर्ना दिइरहेका छन्।

खप्तडमा केबुलकार चलाउन कस्सिए जनप्रतिनिधी

सोमबार, २९ माघ २०७४

प्रदेश नम्बर ७ को आर्थिक समृद्धिको आधारको रूपमा हेरिने खप्तडलाई केवुलकारबाट जोड्न अभियान सुरू गरिएको छ। सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा रहेको खप्तडलाई केबुलकारबाट जोड्ने चर्चा बर्षौदेखि चल्दै आएको छ।

प्रदेश ७ मा बाम गठबन्धनका स्नेही र महरा विजयी

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा दुईजनाका लागि भएको निर्वाचनमा  बाम गठबन्धनका उम्मेदवार बिजयी भएका छन्। अल्पसंख्यक/अपाङ्गतर्फ नेकपा माओबादी केन्द्रका महेश कुमार महरा र दलित तर्फ एमालेका चक्रप्रसाद स्नेही बिजयी भएका हुन्।

राष्ट्रियसभा निर्वाचन : प्रदेश ७ मा मतगणना शुरु

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा मतगणना शुरु भएको छ। डोटी जिल्ला अदालतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना शुरु भएको हो। अहिले पौने पाँच बजेदेखि मतगणना शुरु भएको छ।

७ नम्बर प्रदेशमा राजपा सांसद बाहेक सबै मत खस्यो

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टीका दुईजना सांसद बाहेक सबै मत खसेको छ। राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सांसद कृष्ण बहादुर चौधरी र मालमती राना थारुले मतदान गरेका छैनन्।

Ncell Footer Ad