अरूण बम

डोटीमा राजधानी माग्दै बन्द

शुक्रबार, १२ असोज २०७५

७ नम्बर प्रदेशको स्थायी राजधानी माग्दै आज डोटी बन्द गरिएको छ। विहानैदेखी सडक, बजार, सरकारी तथा गैह्र सरकारी कार्यालय, शिक्षण संस्था लगायत बन्द गरिएका छन्। बिहान नौबजेबाट सडक समेत बन्द गरिएको छ। जसले पुरै जिल्ला ठप्प पारेको छ।

स्थायी राजधानी माग्दै दिपायलवासी फेरि सडकमा

बिहिबार, ११ असोज २०७५

७ नम्बर प्रदेशको स्थायी राजधानी माग्दै दिपायलमा फेरि आन्दोलन शुरु भएको छ। प्रदेश नामाकरण गर्न बनेको विशेष समितिले प्रदेश सभामा आफ्नो प्रतिवेदन पेश गरेसंगै फेरि दिपायलबासी आन्दोलनमा उत्रिएका छन्।

पिच गरेकाे एक साता नवित्दै भत्कियो सडक

शुक्रबार, १८ साउन २०७५

दिपायलमा सडक पिच गरीएको एक साता नवित्दै भत्किएको छ। दिपायलको राजपुरबाट सुदूरपश्चिम पृतना हेडक्वार्टरको गेटसम्म वर्षातको समयमा गरिएको पिच एक साता नबित्दै भत्किएर हिलाम्मे हुन थालेको हाे।

अख्तियारको कार्यालय सारेपछि दिपायलबासी आक्रोशित

मङ्गलबार, १५ साउन २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दिपायलस्थित कार्यालय सरेको छ। दिपायलको कार्यालयलाई कञ्चनपुरको महेन्द्रनगरस्थित कार्यालयमा मिलाईएको छ। कार्यालय सरेपछि दिपायलबासीमा आक्रोशित बनेका छन्।

एकै परिवारका चार जनाले सेतीमा हाम फाले, एकको उद्दार

शनिबार, ०५ साउन २०७५

डोटीमा आमा, दुई छोरा र एक छोरी सहित चारजनाले नदीमा हामफालेका छन्। जसमध्ये तीनजना बेपत्ता भएका छन् भने, एकको उद्दार गरिएको छ।

बडीकेदारको आफ्नै शिक्षा ऐन

शनिबार, ३० असार २०७५

डोटीको बडीकेदार गाउँपालिकाले गाउँपालिकाको शैक्षिक स्तर सुधारका लागि आफ्नै शिक्षा ऐन वनाएको छ।

डोटीमा भेटियो ‘टुटा एब्सोलुटा’

बुधबार, २० असार २०७५

डोटीको जोरायल क्षेत्रमा तरकारीमा लाग्ने खतरनाक किरा ‘टुटा एब्सोलुटा’ भेटिएको छ। जोरायल गाउँपालिका–१, गैराका किसानका बारीमा लगाईएको गोलभेँडामा सो किरा भेटिएको हो।

करेन्ट लागेर डाेटीमा चारको मृत्यु

मङ्गलबार, १९ असार २०७५

डोटीमा मंगलबार साँझ करेन्ट लागेर एकैसाथ चारजनाको मृत्यु भएको छ।

विपक्षीलाई नगरसभा छाड्न मेयरको उर्दी

शनिबार, १६ असार २०७५

दिपायल सिलगढी नगरपालिका नगरसभाको बन्दसत्र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिस्कार गरेका छन्।

जोखिम घटाउन पूर्वअभ्यास

शनिबार, ०२ असार २०७५

एकाएक टहरा भत्कियो। एक हुल किशोर–किशोरी दबिए। साईरन बज्यो । ‘रेडक्रस स्वयम् सेवक टोली’का टिम लिडरले सबै सदस्यहरुलाई उद्धार कार्यमा खटिन आह्वान गरे । बिधिसम्मत् तवरबाट घाईतेहरुको बर्गिकरण र प्राथमिक उपचार गरेर सबैलाई उद्धार गरि एम्बुलेन्स मार्फत अस्पताल पठाईयो।

डोटीमा जीप दुर्घटना, तीनको मृत्यु

सोमबार, १४ जेठ २०७५

डोटीको गगुडामा यात्रु बोकेको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ९ जना घाइते भएका छन्।

मानवता मरेको त्यो दिन !

बुधबार, १९ बैशाख २०७५

‘मरेर बाँचेका’बडिकेदार गाउँपालिका–२, छेडाका चक्रबहादुर मटेली(५४)को मन डेढ दशकयता दिनहुँ मरिरहन्छ । मान्छेले देखाएको ‘बर्बर’ रूपको झल्कोले उनलाई बारम्बार सताउँछ । जसको उनलाई अझै विश्वास नै लागिरहेको छैन।

डोटी जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

आइतबार, ०९ बैशाख २०७५

डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो।

डोटीमा जीप दुर्घटना अपडेट : ३ जनाकाे मृत्यु, १६ घाइते (तस्बिरसहित)

शनिबार, ०८ बैशाख २०७५

डोटीको शिखर नगरपालिका–३ आली गाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

हावाहुरीले ब्यापक क्षती

शनिबार, ०८ बैशाख २०७५

केहिदिनदेखी मौसममा आइरहेको फेरबदलसँगै पटक–पटक चल्ने हावाहुरीले डोटीमा ब्यापक क्षती पु-याईरहेको छ। हावाहुरीका कारण कृषकका बालीनालीहरुमा क्षती पुगेको छ।

मुख्यमन्त्रीका छोरा संस्थागत विद्यालयमा

बिहिबार, ०६ बैशाख २०७५

सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार आफ्नी छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरे। भर्ना अभियानकै क्रममा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी स्थित राष्ट्रिय माध्यामिक विद्यालयमा पुगेर कान्छी छोरी पुष्पा भट्टलाई कक्षा ८ मा भर्ना गरेका हुन्। उनकी जेठी छोरी लक्ष्मी भट्ट भने डोटीको केआईसिँह गाउँपालिका–६ मा रहेको देवस्थल माध्यामिक बिद्यालयमा कक्षा १० मा पढ्छिन्।

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

बुधबार, २८ चैत २०७४

डोटीको जोरायलमा चट्याङ्ग लागेर बुधबार दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ डाँडाखालीमा खेम भण्डारीको घरको भान्साकोठामा दिउँसो दुई बजे चट्याङ्ग परेको हो।

‘हेलो सरकार’ उपयोगी तर प्रयोग कम

शनिबार, १० चैत २०७४

२०७३ चैत्र १२ गते गुलरिया–२ कञ्चनपुरका भुपेन्द्र सिँहले स्थानीय हरियाली सामुदायिक वनबाट भएको काठ चोरीका दोषि तस्करहरु खुल्लम्खुल्ला हिडिरहेको गुनासो ‘हेलो सरकार’मा गरे। टेलिफोनका आधारमा आएको गुनासोलाई क्षेत्रीय प्रशासन कार्यालय दिपायलले तत्कालै जिल्ला वन कार्यालय कञ्चनपुरलाई लेखि पठायो। त्यसको दोस्रो दिनमै दोषि तस्कर समातिए।

प्रहरी अस्पतालमा फिजियोथेरापी सेवा शुरु

मङ्गलबार, ०६ चैत २०७४

क्षेत्रीय प्रहरी अस्पताल दिपायलमा फिजियोथेरापी सेवा शुरु भएको छ। मंगलबारबाट अस्पतालले यो सेवा शुरु गरेको हो। एक समारोहका बीच ७ नम्बर प्रदेश प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक माधव प्रसाद नेपालले फिजिथेरापी कक्षको उद्घाटन गरे। डोटीका अस्पतालहरुमध्ये पहिलोपल्ट क्षेत्रीय प्रहरी अस्पतालले यो सेवा शुरु गरेको हो।

प्राविधिक बिषय सञ्चालनमा खर्च जुटाउन धार्मिक महोत्सव

आइतबार, ०४ चैत २०७४

प्रसिद्ध शैलेश्वरी मन्दिरमा ‘शैलेश्वरी धार्मिक महोत्सव, ज्ञान महायज्ञ’ शुरु भएको छ। आइतबार लक्ष्मीनाराण मन्दिर धनगढीका धर्मगुरु श्री १००८ देबराज आचार्यले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका छन्।

Ncell Footer Ad