शिवहरि घिमिरे

शिवहरि घिमिरे

सन्दर्भ सामग्री खोज्नै सकस

शनिबार, २१ असार २०७६

एउटी गर्भवती महिलाले पेटमा भएको शिशुको बारेमा जति कल्पिन्छे त्यति नै प्रकाशोन्मुख सिर्जनाबारे कल्पिन्छ लेखक। उसले एउटा किताब जन्माउन कम्तिमा ३/४ वर्ष खर्चिन्छ। यो समयमा उसको तन–मन त्यसमै केन्द्रित हुन्छ।

सवारीसाधनबाट धैरै प्रदूषण

सोमबार, १६ असार २०७६

काठमाडौं उपत्यकामा सबैभन्दा बढी वायुप्रदूषण यातायातका साधनका कारणबाट हुने गरेको छ। वन तथा वातावरण मन्त्रालयले गरेको अध्ययन अनुसार मानव स्वास्थ्यमा हानि पु¥याउने धुवाँ सवारीसाधनले फ्याँकिरहेका छन्। थोत्रा सवारीसाधनका कारण वायुप्रदूषण बढेको अध्ययनले देखाएको छ।

लोकदोहोरीमा एकोहोरिँदै युवा

शनिबार, १४ असार २०७६

अहिले सहरबजारका आम युवा लोकदोहोरीमा एकोहोरिन थालेका छन्। रमाइला र मौलिक लय शब्दमा बनेका गीत युवा जमातले रुचाएको छ। सहर बजारका होटल, डान्स बार, पिकनिक, रोधी घरतिर पनि तिनै गीत घन्कन्छन्।

गुठीका गुण

मङ्गलबार, १० असार २०७६

‘गुठीका काम असीमित छन्, गुठीबिना कुनै पनि जात्रा पर्व सभ्य र भव्य हुनै सक्दैन, गुठी जात्रा/पर्वको लागि मुटु नै हो।’

भावुक सुसाइट नोट लेखेर आत्महत्या गरे ११ वर्षीय बालकले

सोमबार, ०९ असार २०७६

ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन्।

नाटकीय बिहे, सातामै विच्छेद,सम्पत्तिको लोभमा आफन्तकै चलखेल

बुधबार, ०४ असार २०७६

सम्बन्ध–विच्छेद गरेका दुवै केटी पक्ष अर्थात् माया र सुस्मिताका आफन्तले ६ वर्षदेखि करोड हाराहारीमा सम्पत्ति माग गर्दै आएका छन्।

पर्यावरण तहसनहस हुने खतरा

मङ्गलबार, ०३ असार २०७६

शिवपुरी क्षेत्र काठमाडौं उपत्यकाबाट बग्ने मनहरा, बाग्मती, विष्णुमती, रुद्रमतीजस्ता नदीहरूको मुख्य मुहान हो।

सडकले जोडिँदै ललितपुरका गाउँ

आइतबार, ०१ असार २०७६

निर्माण सम्पन्न भएपछि सो सडक गिम्दीको साहुँमाराको चमेरेगुफासम्म पुग्नेछ। सो स्थान पर्यटकीय स्थल हो। मगरगाउँ, बाँजगाँउ, हुलाक भन्ज्याङ्लाई सो सडकले जोड्नेछ। सडक सञ्जाल नहुँदा गाउँको पर्यटकीय र कृषि सम्भावना ओझेल परेको छ। ‘बाटो नहुँदा गाउँमा उत्पादन भएको कृषि सामग्री बजारसम्म लान कठीन छ। बाटो बनेपछि सजिलो होला,’ स्थानीय माया तामाङले भनिन्।

गुमनाम हरिराम

शनिबार, ३२ जेठ २०७६

संस्कृति, साहित्य र भाषा क्षेत्रका अब्बल व्यक्तित्व सत्यमोहन जोशीको तीन÷चार वर्षयता चर्चा निकै चुलियो।राज्य र समाजले उनलाई छुट्टै बरियतामा राख्यो।सायद, सत्यमोहन उमेरले मात्रै सय प्रवेश गरेका भए यतिका सम्मान पाउने थिएनन्।उमेरले सय प्रवेश गर्नु अनि संस्कृति–इतिहास, भाषा–कला र साहित्यमा योगदान पु¥याउनु जोशीको गर्भिलो र फरक पक्ष थियो।तर, सत्यमोहनलाई राज्यले बुझिरहँदा उनीभन्दा कम उमेरका तथा उत्तिकै योगदान पु¥याएका हरिराम जोशी (८४) लाई बिर्सन मिल्दैन।उमेर केही वर्ष कम होला, हरिरामको कर्म र मगज भने सत्यमोहनको भन्दा कमचाहीँ छैन।इतिहास–संस्कृति, भाषा–साहित्य, वेद–वेदांग एवम् हिन्दू पुराणका अनेकौं विषयमाथि उनको गहिरो खोज छ।ती विषयमा उनले अनेक ढंगले अनुसन्धान गरेका छन्।

धर्म संस्कृतिमाथि दह्रो प्रहार

बिहिबार, ३० जेठ २०७६

धार्मिक र सांस्कृतिक चेतना नभएका कारण सरकारले गुठीमाथि यस्तो प्रहार गर्न लागेको बताए।

आज भोटो जात्रा, साँझ ५ः१५ को साइत

आइतबार, २६ जेठ २०७६

उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै छ। साझँ ५ः१५ बजे गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत राज्यका उच्च पदस्थ व्यक्तिहरूलाई भोटो देखाउने छन्।

किनेरै पढौं पुस्तक

शनिबार, २५ जेठ २०७६

‘पुरानो कोट लगाऊ नयाँ पुस्तक पढ’, दार्शनिक हेनरी डेविट थोरोको यो भनाइलार्ई प्लसटु पढ्दा अंग्रेजी विषयका शिक्षक विनोद प्रजापतिले कक्षाकोठामा ज्यादै प्रयोग गर्नुहुन्थ्यो। सायद विद्यार्थीले किताब पढून् भनेर त्यसलाई बरोबर उच्चारण गर्नु भएको होला !

कर्मनासाको ७ रोपनी जग्गा भूमाफियाको कब्जामा

शनिबार, ११ जेठ २०७६

२०२२ को नक्सा अनुसार कर्मनसा खोला रहेको क्षेत्रमा ७ रोपनीभन्दा बढी सार्वजनिक जग्गा रहेपनि पछिल्लो २०७० को नक्सा अनुसार त्यही जग्गा मुस्किलले ६ आना पनि छैन।

शृंगारमा अल्झिएको साहित्य

शनिबार, ०४ जेठ २०७६

उन्नाइसौं शताब्दीबाट सुरु भएको नेपाली साहित्य आधुनिक कालसम्म प्रवेश गर्दा धेरै आयाम थपिए। यस अवधिमा साहित्यले आफ्नो क्षेत्रलाई थप फराकिलो बनायो। र प्रत्यक्ष होस् वा अप्रत्यक्ष समाजका विविध पक्षलाई डो-यायो पनि। समाजलाई परिवर्तनको संघारसम्म ल्याइदियो। फरक–फरक समुदायबाट प्रतिनिधिमूलक लेखक जन्मायो। आमनागरिक तहमा साहित्यिक चेतना भ-यो।

चार वर्षदेखि धराप ठेचो–चापागाउँ सडकखण्ड

बिहिबार, ०२ जेठ २०७६

चार वर्षयता खाल्डाखुल्डी, हिलाम्य र धुलाम्य सडकको सामना गर्दै आएका स्थानीयवासीले आइतबारदेखि बुधबारसम्म गाडी ठप्प पारी आन्दोलित बने।

‘मेरो जीवन ईश्वरको वरदान’

मङ्गलबार, ३१ बैशाख २०७६

संस्कृति राष्ट्रको गहना हो। यसले देशको समृद्धिमा उल्लेखनीय भूमिका खेलेको हुन्छ। भाषा, साहित्य, कला–संस्कृतिलाई माध्यम बनाएर देशको प्रचारप्रसार गर्नु हाम्रो दायित्व हो।

जनता जाग्छन्, सुन्दैन सरकार

सोमबार, ३० बैशाख २०७६

उपत्यकाभित्र सडक सुधारको माग राख्दै स्थानीयले दिनहुँजसो प्रदर्शन र आन्दोलनका कार्यक्रम गर्न थालेका छन्।

सयमा सत्यमोहन

सोमबार, ३० बैशाख २०७६

ठमठमी हिँड्दै कुरा गरिरहेका उनलाई देख्दा सय वर्षमा टेकेजस्तो लाग्दैन। उनको बोलीमा तन्नेरी ओज छ। फोनमा मज्जैले गफिन सक्छन्। पाटन मंगलबजार आसपासमा हुने कार्यक्रममा लौरीबिनै हिँडेर पुग्छन्। उनीसँग बसेर भलाकुसारी गर्दा पाँच बीस उमेर पुगेको महसुस हुँदैन। उनी हुन्– संस्कृतिविद् एवं शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी।

कहाँ जान्छन् उपत्यका सफा गर्ने आठ सय कर्मचारी ?

शुक्रबार, २७ बैशाख २०७६

काठमाडौं र ललितपुर महानगरपालिकाभित्र सहर सरसफाइ गर्ने कर्मचारी संख्या आठ सय हाराहारीमा छ। फोहर उठाउने, बढार्ने, सडकमा पानी छ्याप्ने, सडक आसपास र बगैंचामा रोपिएका फूल तथा बिरुवामा पानी राख्नेलगायत काम यिनै कर्मचारीको हो। तर, सहरको धुलो–धुवाँ र प्रदूषणको अवस्था हेर्दा सहरवासी जोसुकैलाई लाग्न सक्छ– महानगरका आठ सय कर्मचारीले के गर्छन् होला ? सरकारी तलब खाएर बिहानको दुई घण्टा ड्युटी पनि किन गर्दैनन् होला कर्मचारी ? बिहान सबेरै सर्वसाधारण सडकमा ननिस्कँदै सहर सफा गरिसक्ने जिम्मेवारी महानगरले दिए पनि कर्मचारी हप्ता दिनमा एक पटक पनि सहर राम्ररी सफा गर्दैनन्।

उपत्यका विकास प्राधिकरण खारेजीको माग

बिहिबार, २६ बैशाख २०७६

काठमाडौं उपत्यकाका मेयरहरूको साझा बैठकले उपत्यका विकास प्राधिकरण खारेजसहितका ५ वुँदे प्रस्ताव पारित गरेको छ। उपत्यका नगरपालिका फोरम काठमाडौंको बुधबार बसेको बैठकमा उपत्यका विकास प्राधिकरण खारेज, सार्वजनिक खरिद ऐन संशोधन, कर्मचारी समायोजन, आधारभूत तथा माध्यमिक शिक्षा व्यवस्थापन, जनप्रतिनिधिको मर्यादाक्रम संशोधन र काठमाडौं उपत्यका नगरपालिका फोरमको लोगो स्वीकृतिसहितका विषयमा मेयर उपमेयरले ऐक्यबद्धता जनाएका हुन्।