गिरिराज बाँस्कोटा

कृषि उत्पादनमा बढ्दो विषादी

आइतबार, ०८ भदौ २०७६

तरकारी र अन्य कृषिजन्य उत्पादनमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने किसिमका विषादी प्रयोग बढिरहेको छ। भारतबाट आयात हुने तरकारी र खाद्यान्नको बिगबिगी भइरहेका बेला यहाँको उत्पादनमा पनि विषादी प्रयोग बढेर गएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्न पाइँदैनः मन्त्री भट्टराई

शनिबार, ०७ भदौ २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले संविधानलाई सबैलाई ठाउँ दिए पनि संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध जाने कुनै पनि कुरा स्वीकार्य नहुने बताएका छन्।

पाँचथरमा बढ्दै डेंगु संक्रमण

बिहिबार, ०५ भदौ २०७६

तराईका जिल्लामा फैलिएको डेंगु संक्रमण पूर्वी पहाडी जिल्ला पाँचथरमा पनि बढ्दै गएको छ। ज्वरो आएर स्वास्थ्य केन्द्रमा उपचारमा आउने बिरामीमध्ये डेंगु संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि जिल्लावासी चिन्तित हुन थालेका छन्।

पाँचथरमा ‘हिपहप’

आइतबार, ०१ भदौ २०७६

फिदिमको जिसस परिसरमा रहेको सिटिहलमा तन्नेरीहरु खचाखच भरिएको थिए। तन्नेरीहरु आवाजले हललाई उचाली रहेका थिए। गर्मीको समयमा पसिना निस्कने गरी नाँच्ने र उफ्रने भीडमा एक प्रकारको रौनक देखिन्थ्यो। नुतन फेसनमा सजिएका तन्नेरी माँझ ढल्किदै गरेकाहरु पनि रमाउँदै थिए।

नेकपाले थाल्यो उप–निर्वाचनको तयारी

शनिबार, ३२ साउन २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्लाका तीन स्थानमा हुने स्थानीय तहको उपनिर्वाचनको तयारी औपचारीक रुपमा थालेको छ। फाल्गुन्नद गाउँपालिकाको प्रमुख, फिदिम नगरपालिका वार्ड न. १ र हिलिहाङ ७ मा हुने निर्वाचनको लागि तयारी थालेको हो।

लेखगाउँ कलिङ

शनिबार, ३२ साउन २०७६

दिन ढल्किँदै जाँदा अर्गेलीको बोक्रा छोडाउन व्यस्त थिए गाउँले। औलतिर हप्हपाउँदो गर्मीले सताइरहेका बेला लेखगाउँमा ज्याकेट लगाउनु प¥यो। बस्ती पुग्नु अघि गोदालाबोजोला ताल छेउमा सुस्तायौँ एकछिन। पर्यटन प्रवद्र्धन गर्न गाउँलेले खनेको पोखरी। निकै आकर्षक छ। डाँडाहरूले घेरिएको बस्ती। काठ र जस्ताले बनाइएका घर। परम्परागत खेती प्रणाली। पहाडमा टाढाटाढा हुन्छन् घर। लेखगाउँमा पनि पातलै छन् घर। तर यहाँको बाक्लो वन क्षेत्र, खोल्सी र पोखरीहरूले घुमिरहूँझैं लाग्छ।

गाउँ पुग्दैछ विकासको लहर

शुक्रबार, ३१ साउन २०७६

एकात्मक राज्यव्यवस्था हुन्जेल भौतिक पूर्वाधार विकासको अवसर कमै मात्रै पाएको पूर्वी पहाडी जिल्ला पाँचथर संघीयता कार्यान्वयनपछि धमाधम त्यस्ता अवसर आत्मसात गर्दैछ। सानै सही, जिल्लाका विभिन्न स्थानमा भइरहेका विकास–निर्माणका कामले स्थानीयवासीमा उत्साह सञ्चार गरेको छ।

क्या सुन्दर तिम्बु पोखरी (फोटो फिचर)

बुधबार, २९ साउन २०७६

पछिल्लो समयमा पूर्वी पहाडका जिल्लामा चर्चित रहेको प्राकृतिक रुपमा अत्यान्त आर्कषक तिम्बु पाखेरी क्षेत्रको पदयात्रा गर्ने सिजन चलिरहेको छ। पाँचथर र ताप्लेजुङको सिमानामा समुन्द्र सतहदेखि ४ हजार ४ सय ८० मीटर उचाईमा रहेको तिम्बु पाखेरी र आसपासका हिमाली क्षेत्रको आर्कषक दृष्यमा घुम्न जानेको संख्यामा बर्षेनी बढोत्तरी भईरहेको छ।

बढ्दै डेंगु सङ्क्रमण

सोमबार, २७ साउन २०७६

पूर्वी पहाडी जिल्ला पाँचथरमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगका बिरामीको संख्यामा बढोत्तरी हुदै गएको हो। बिरामी भएकामध्ये कतिपयको जिल्लामै उपचार भएको छ भने कतिपय सुविधा सम्पन्न अस्पतालसम्म पुगेका छन्।

कोसी करिडोर ५५ प्रतिशत सकियो

शुक्रबार, २४ साउन २०७६

पूर्वी पहाडलाई तराई र काठमाडौसँग जोड्ने द्रुतसडक मार्गको रुपमा लिइएको ‘कोसी करिडोरको काम ५५ प्रतिशत पूरा भएको आयोजना कार्यालय फिदिमले जानकारी दिएको छ।

समयमा काम नगर्ने ठेकेदारलाई १ करोड २२ लाख जरिवाना

बिहिबार, २३ साउन २०७६

राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा समयमा काम नगर्ने ठेकेदार कारबाहीमा परेका छन्। सदरमुकाम फिदिममा रहेको आयोजना कार्यालयले पूर्वनिर्धारित प्रतिबद्धता अनुरुप काम नगर्ने ठेकेदारलाई कारबाही गरेको हो।

परीक्षण प्रसारणपछि १० मेगावाट थपिँदै

बिहिबार, २३ साउन २०७६

९.९ मेगावाट क्षमताको इँवा खोला जलविद्युत् आयोजनाको काम पूरा भएको छ। जिल्लाको याङवरक गाउँपालिकामा निर्माणाधीन आयोजना विद्युत् उत्पादनका लागि तयार भएको प्रवद्र्धक रैराङ हाइड्रो पावर कम्पनीले जानकारी दिएको छ। अबको केही दिनमै परीक्षण प्रसारण गर्ने तयारीमा भइरहेको छ।

बगरजस्तो सडक

बुधबार, २२ साउन २०७६

जिल्लाको उत्तरी याङवरक गाँउपालिकाको थर्पु देखि कावेली खोलासम्मको ग्राबेल सडक अव्यवस्थाका कारण क्षतविक्षत भएको छ। सडकमै पानी बग्दा ग्रावेल उक्किएर सडककाे दुरावस्था बनेको हो।

उप–निर्वाचनको चासो बढ्दै

शुक्रबार, १७ साउन २०७६

जनप्रतिनिधिको पद रिक्त हुँदा यहाँका एक स्थानीय तह र दुई वडाको सेवा प्रभाव असर पुगेको छ। निर्वाचित एक जना गााउँपालिका प्रमुख तथा दुई वडा अध्यक्षको निधन भए पनि कार्यवाहक मार्फत काम सम्पादन गर्नु पर्ने अवस्था छ। दोहोरो जिम्मेवारीले गर्दा कार्यवाहकहरु मार्फत स्थानीय तहमा अपेक्षाकृत काम सम्पादन गर्न कठिन भएको देखिन्छ।

२२ मेगावाट बिजुली केन्द्रीय प्रसारणमा थपियो

बिहिबार, १६ साउन २०७६

२२.२ मेगावाट क्षमता भएको तल्लो हेवा जलविद्युत् आयोजना केन्द्रीय प्रसारणमा जडान भएको छ। परीक्षण उत्पादनको रुपमा थापाटारस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमार्फत केन्द्रीय प्रसारणमा जडान गरिएको हो। आइतबारदेखि व्यावसायिक उत्पादन सुरु हुने प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ।

बर्सेनि रुवाउँछ तमोरले

आइतबार, १२ साउन २०७६

हिउँदमा निलो र शान्त बग्ने तमोर नदीसँग गाँसिएर अनेकन सम्झना र बिम्बहरू पाइन्छ। तर, जब बर्खा लाग्छ, यही शान्त नदी धेरैको आँसुको कारक बन्छ। यसपटक पनि यही क्रमले निरन्तरता पायो।

खतरा बन्दै कमजोर भौतिक संरचना

आइतबार, १२ साउन २०७६

जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपा मन्दिरको छत झरेर गत सोमबार दुईजनाको ज्यान गयो। आफंैले बनाएको संरचना गुणस्तरीय नहँुदा उनीहरूको ज्यान गएको थियो। अघिल्लो आर्थिक वर्षको बजेटमा गाउँपालिकाले मन्दिर निर्माण सम्पन्न भएको प्रतिवेदनका आधारमा भुक्तानी पनि दिइसकेको छ। योजना कार्यान्वयनका क्रममा गाउँपालिका तथा स्थानीय जनप्रतिधिको प्रभावकारी अनुगमन नहुँदा तथा उपभोक्ता समितिले गुणस्तरीय सामग्री प्रयोग नगर्दा सो दुर्घटना हुन पुगेको बताइएको छ।

मन्दिरको छतले थिच्दा दुईको मृत्यु

सोमबार, ०६ साउन २०७६

जिल्लाको हिलिहाङ गाँउपालीकामा निर्माणाधिन यलम्बर पार्कमा मन्दिरको छत खस्दा दुई जनाको मृत्यु भएको छ।

मेची राजमार्गमा अवरोध कायम, पूर्वी पहाडी जिल्ला सम्पर्कविहीन

आइतबार, ०५ साउन २०७६

मेची राजमार्गअन्तर्गत पाँचथरको पाङ्ग्रे भीरमा खसेको पहिरोका कारण बिहीबार बिहानदेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन। सडक खुल्न नसक्दा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दा ठूलो सास्ती खेप्न बाध्य छन्। फाल्गुनन्द गाउँपालिका–३ स्थित सो स्थानमा पहिरो खस्ने क्रम नरोकिँदा गाडी सञ्चालन हुन सकिरहेको छैन।

विकासले निम्त्यायो विनाश

बिहिबार, ०२ साउन २०७६

पर्याप्त प्राविधिक अध्ययन बेगरै जथाभावी बनाइएका सडक नै अन्ततः पहिरो खस्ने मुख्य कारण बनेका छन्। सडक बनाउने लोभमा जथाभावी पहाड खोतलिएको दुष्परिणाम पहिरोको रुपमा प्रकट भएको हो। यतिबेला पाँचथरमा यस्तै समस्या उत्कर्षमा छ।

Ncell Footer Ad