गुणराज लुइँटेल

गुणराज लुइँटेल

चरित्रनायकको जीवनरक्षा (विशेष टिप्पणी)

बिहिबार, १६ मङि्सर २०७३

डा. केसीले यस क्षेत्रको सुधारका लागि उठाएका माग उनका मात्र होइनन् । हामी सम्पूर्ण रुपमा उनका माग पूरा गर्दै यस क्षेत्रमा सुधारका लागि जोडदार माग राख्छौं।

त्यहीँ पर ललितपुर

आइतबार, १२ मङि्सर २०७३

काठमाडौँबाट केवल ३४ किलोमिटर टाढा भए पनि बाघभैरव स्कुलको अवस्था कुनै दुर्गमको भन्दा फरक छैन । विद्यार्थीका निम्ति काठमाडौँ धेरै टाढा छ, नजिकैको बस्ती चापागाउँ सबैभन्दा ठूलो फड्को हो जस्तो लाग्छ ।

त्यो हस्ताक्षरको मूल्य

आइतबार, ०५ मङि्सर २०७३

एउटा हस्ताक्षर जसले नेपाली राजनीतिको दिशा कोर्‍यो– बृहत् शान्ति सम्झौता। आजभन्दा ठीक १० वर्षअघि मंसिर ५, ३०६३ मा सम्पन्न यो सम्झौताले तत्कालीन विद्रोही माओवादीलाई राजनीतिको मूलप्रवाहमा ल्याउने काम गर्‍यो।

प्रधानमन्त्रीका सीमा र परिधि बुझ्न गाह्रो भयो

बिहिबार, २५ कार्तिक २०७३

कांग्रेस–माओवादी केन्द्र गठबन्धनमा कामप्रति जति तदारुकता देखिनुपर्ने हो, देखिएको छैन। यसो भन्नुको अर्थ गठबन्धनको औचित्य समाप्त भयो भन्ने होइन तथापि त्यसको निरन्तरताका लागि केही विषयमा आम चासो स्वाभाविक हो।

मुखर्जी भ्रमणपछि

आइतबार, २१ कार्तिक २०७३

लैनचौरस्थित भारतीय राजदूतावासको विशाल चौरमा बर्सेनि कम्तीमा एकपटक हुने जमघटलाई देख्नेहरूको प्रतिक्रिया हुने गर्छ– सिंगै नेपाल यहाँ छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमण थालनीको दिन बुधबार फेरि त्यही र त्यस्तै दृश्य दोहोरियो त्यहाँ ।

किन प्रधामन्त्रीहरू सधैँ भयभित ?

आइतबार, १४ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निवास बालुवाटारमा कात्तिक १० गते साँझ निम्त्याइएका सम्पादकहरूसँग सुरुमै खुल्दै भने– ‘पहिलोचोटी तीन दलका नेताबीच करिब डेढ घण्टा छलफल भयो ।’

अर्कै 'लोक' को रजाइँ

आइतबार, ०७ कार्तिक २०७३

लोकमानका नाममा 'अर्कै लोक' को रजाइँ हुन जनताले दिने छैनन्। अहिलेका प्रमुख दलबाट यो काम फत्ते भएन भने नागरिकको तहबाट हुनेछ। त्यो बेला मध्यरात कुरिराख्नु पर्दैन, निर्णय दिउँसै हुनेछ।

शक्ति रूपेण संस्थिता

शनिबार, २२ असोज २०७३

या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।। या देवी सर्वभूतेषु मातृ रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।। नेपाली समाजले वर्षौंदेखि यो शारदीय याममा टुप्लुक्क आइपुग्ने दसैं पर्वमा शक्ति सम्पन्न देवीहरूको आराधना गर्दै आएको छ। दुर्गा शप्तसति पाठका यी पंक्तिले देवतालाई समेत आसुरी शक्तिबाट आपत् आइलाग्दा यिनै मातृ स्वरुपका देवीहरूले रक्षा गर्दै आएको हामीलाई सम्झाउँदै आएको छ।

प्रतीक्षा नयाँ खेलाडीको

आइतबार, १६ असोज २०७३

विवेकशील र नयाँशक्ति पार्टीप्रतिको चासो उल्लेख्य छ। कतै नलहसिएका युवा राजनीतिमा आए भने सर्वसाधारणको मत तान्ने अवस्था बन्नेछ। आउने चुनावले राजनीतिमा नयाँ खेलाडीहरू ल्याउने तयारी गरिरहेको अनुभूति हुँदैछ।

सन्तुलित सम्बन्धको सेतु

आइतबार, ०९ असोज २०७३

नेपालले चीन र भारत दुवैसँग सन्तुलनको सम्बन्ध राख्न नसक्दा त्यो नोक्सानदायक हुन्छ। भारतसँग हाम्रो राम्रो सम्बन्ध हुनुको अर्थ चीनसँग सम्बन्ध नराख्नु भन्ने होइन।

संविधानको वर्षदिन

सोमबार, ०३ असोज २०७३

संविधानसभा भवनको भव्य समारोहबीच तत्कालीन राष्ट्रपति रामवरण यादवले आकाशे नीलो रंगको गाता भएको संविधानलाई पटक–पटक ढोगेर राष्ट्रवासीलाई हस्तान्तरण गर्दाको क्षण एक वर्ष पुरानो भइसकेको छ। त्यो अवसरको सम्झनाले अहिले पनि मुलुकवासीको छाती ढक्क फुल्छ, जसले यो मुलुकमा स्थापित लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको थियो।

कांग्रेस माओवादीको पुच्छर भएर हिँड्दा दुःख लाग्छ

आइतबार, १९ भदौ २०७३

बेलायतको लन्डन सहरका लर्ड मेयरले काठमाडौं महानगरपालिकाका तत्कालीन नगरपिता पिएल सिंहलाई 'लर्ड मेयर' भनेर सम्बोधन गर्दा आफूलाई 'किङ अफ स्विपर' अर्थात् 'कुचीकारका राजा' भनी ब्यङ्ग्य गर्ने पिएल सिंहलाई अहिले चटारो छ। उनले त्यतिबेला भनेका थिए– आइ एम लोकल अथोरिटी विथआउट अथोरिटी (म स्थानीय सरकार विना अधिकारको सरकार)।

डा. गोविन्द, गगन र गन्तव्य

आइतबार, १२ भदौ २०७३

गरिबको स्वास्थ्य सेवालाई ध्यानमा राखी केही काम भइदिए स्वास्थ्य मन्त्री गगनलाई मुलुकले कालान्तरसम्म सम्भि्करहन पाउने थियो। त्यो कामको थालनी डा. गोविन्द केसीका मागबाटै गर्नुपर्छ।

'प्रणव र जिनपिङलाई ल्याउन नेपाल गम्भीर'

शनिबार, २९ साउन २०७३

'प्रधानमन्त्रीका रुपमा चीन र भारतमा मेरो भ्रमण हुने नै छ,' केही बुद्धिजीवी, लेखक र सम्पादकहरूसँग शुक्रबार बेलुका बालुवाटारमा अन्तरक्रिया गर्दै दाहालले भने, 'उहाँहरू (उपप्रधानमन्त्रीद्वय) को भ्रमणको उद्देश्य दुवै देशका राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने हो।' भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमण नभएको धेरै वर्ष भएको उनले सुनाए।

कति पुष्पित, कति पल्लवित!

आइतबार, २३ साउन २०७३

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल आफ्नो सत्ता पुनारागमनप्रति जति उत्साही देखिन्छन् त्यो उत्साह आमजनमानसमा भने त्यसरी देखिएको छैन। एक हिसाबले भन्ने हो भने सर्वसाधारण सत्ता परिवर्तनको यो खेलप्रति निरपेक्ष देखिन्छन्।

ओली हट्नुको सुर्ता

आइतबार, ०९ साउन २०७३

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमाथि पहिलो दिनको छलफल समाप्त गरी शनिबार बिहानसम्मका लागि सभामुख ओनसरी घर्तीले स्थगित गरेपछि उनीतिर हेर्दै नहेरी कांग्रेस सभापति शेरबहादुर देउवा बाहिरिए। त्यस्तै व्यवहार अन्य नेताको पनि थियो। उनको छेउमा नेकपा–मालेका सीपी मैनाली र राप्रपा नेपालका अध्यक्ष कमल थापामात्र थिए।

अवसर गुमाउँदै ओली

बिहिबार, ०६ साउन २०७३

आफ्नै कारण ओलीले यो अवसर गुमाएका हुन्। आफू प्रधानमन्त्री नरहने भएपछि त्यसलाई कम क्षति गराउनुभन्दा पनि उनले सम्पूर्ण रुपमा मुठभेडको स्थितिमा राजनीतिलाई धकेले। यो परिस्थितिले सबैभन्दा खुसी तिनैलाई तुल्याएको छ, जो संविधान र पछिल्ला परिवर्तनप्रति खुसी थिएनन्। त्यति मात्र होइन, संविधानको पूर्ण कार्यान्वयनका निम्ति कांग्रेस, एमाले र माओवादी केन्द्रबीच हुनुपर्ने सहमतिको वातावरण पनि सम्पूर्ण रुपमा धुमिल भएको छ।

डा. केसीको पक्षमा

आइतबार, ०२ साउन २०७३

डा. केसीको सत्याग्रहको आठौँ दिन हुँदैछ आइतबार। भोक लाग्दा आठ मिनेट पनि सहन गाह्रो पर्ने हाम्रा निम्ति उनी भोकभोकै बसेको आठ दिन पुग्दा पनि हामीमध्ये धेरैलाई त्यो पीडाले छुनै सकेको छैन। अझ हामीमध्ये धेरै उनको उदात्त भावनामाथि प्रश्नसमेत गरिरहेका छौँ!

सत्ता छाड्न ओलीलाई किन सकस?

आइतबार, ०२ साउन २०७३

संसदीय गणितका हिसाबले प्रधानमन्त्री ओली प्रस्ट रूपमा अल्पमतमा परिसकेका छन्। उनीविरुद्ध संसद्मा दर्ता अविश्वास प्रस्ताव सहजै पारित हुनेछ। यो ओलीलाई पनि राम्ररी थाहा छ। तैपनि सरकार कामचलाउ हुने भएकाले आगामी माघ ७ गतेसम्म त्यसरी नै चलाउन पाउने तर्क गरेर सत्ता लम्ब्याउने चाहना देखाइरहेका छन्।

राजेन्द्रका कथाको राज

शनिबार, ०१ साउन २०७३

साहित्यकार एवं नागरिक सहकर्मी राजेन्द्र पराजुलीको पछिल्लो कृति 'शुक्रराज शास्त्रीको चस्मा' कथा–संग्रहले झल्झली देवकोटाका तिनै अमर अभिव्यक्ति मानसपटलमा आइरहेका छन्। एउटा सानो परिघटना समाजका व्यापक व्यवहार र आयाम बुझ्न सहायक हुन्छ। पराजुलीका २० थान कथा हामीले भोगेको पछिल्लो सामाजिक–राजनीतिको 'सोकेस' रहेको अनुभव हुन्छ।

Ncell Footer Ad