गुणराज लुइँटेल

गुणराज लुइँटेल

लुक्ला विमानस्थलमा दोहोरिइरहने दुर्घटना

आइतबार, १४ जेठ २०७४

प्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन/अनुसन्धानमा सम्बन्धित पाइलटको 'गल्ती' भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ। तर, त्यही प्रकृतिका दुर्घटना दोहोरिइरहे पनि निराकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतको ध्यान जाँदैन।

मतदाताको मन

सोमबार, ०८ जेठ २०७४

साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले निर्वाचनअघि रेस्टुरामा गएर मेनु हेरिसकेपछि अन्तिममा मःमः अर्डर गर्ने नेपाली बानी सांकेतिकरूपमा उल्लेख गरेका थिए। तर मतदाताले मेनु हेरेर मःमः भन्दा अन्य परिकार पनि अर्डर गर्न खोजेको भने प्रस्ट देखिएको छ।

लय पक्रँदै लोकतन्त्र

आइतबार, ३१ बैशाख २०७४

करिब २० वर्षपछि सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनका लागि आइतबार प्रदेश ३, ४ र ६ का सर्वसाधारणले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचनको मुखमा एकाध घटना भए पनि तुलनात्मक रुपमा यो शान्तिपूर्ण रहेको छ । झन् मौन अवधिलाई निर्वाचनमा सहभागी दलले मात्र होइन, सञ्चार माध्यमले समेत सानदार रुपमा पालना गरेका छन् ।

संयमको समय

आइतबार, २४ बैशाख २०७४

सरकारमा कार्यकारी अधिकार छ भन्दैमा जेसुकै निर्णय गर्ने र त्यसलाई न्यायालय मान्नुपर्ने हो भने त्यहाँ सन्तुलन र नियन्त्रण कसरी हुन सक्छ? सरकारले गरेका निर्णय उचित छैनन् भने त्यसलाई हेर्ने ठाउँ सर्वोच्च हो।

दलीय द्वन्द्वको दावानल

आइतबार, १७ बैशाख २०७४

प्रमुख दलहरूबीचको असमझदारीले आन्तरिक राजनीतिमा पार्न सक्ने नकारात्मक प्रभावको सबैभन्दा पछिल्लो सिकार स्थानीय तह निर्वाचन बन्न लागेको छ । मुलुकमा यस्तो लोकतान्त्रिक अभ्यास भइरहेको छ, जहाँ निर्वाचन सम्पन्न गर्न दलहरूलाई हम्मे पर्छ । निर्वाचनलाई नियमित रूपमा सम्पन्न गर्न नसक्ने लोकतान्त्रिक अभ्यासका कारण मुलुकले भने प्रत्येक जसो गतिविधिका निम्ति विदेशीको मुख ताक्नुपर्ने अवस्था आइरहन्छ ।

नरोकौं निर्वाचन

आइतबार, १० बैशाख २०७४

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले गत मंगलबार दृढतासाथ निर्वाचन मिति नसर्ने बताउँदा विश्वास गर्नु नपर्ने कारण थिएन। निर्वाचन मिति घोषणा भइसकेपछि यससम्बन्धी निर्णयमा निर्वाचन आयोगभन्दा अर्को विश्वासिलो निकाय हुन सक्दैन। तर, हामीकहाँ निर्वाचन आयोगले मात्र भनेर पनि निर्वाचन हुन नसक्ने अवस्था छ।

‘घामपानी'मा भिज्दा

शनिबार, ०९ बैशाख २०७४

घामपानीमा जसरी तामाङ संस्कृति, बिहेबारी र अन्य चालचलनलाई प्रस्तुत गरिएको छ, त्यसले अरुलाई समेत आकर्षण दिन्छ। वास्तवमा जातजातिका कथा र संस्कार बोकेका यस्तै सिनेमा बने भने त्यसले हाम्रो राष्ट्रिय भावधारालाई अझ बलियो बनाउनेछ। घामपानी यस अर्थमा पनि सशक्त सिनेमा बन्न पुगेको छ।

‘वैशाख ३१ मै निर्वाचन निश्चित’

बुधबार, ०६ बैशाख २०७४

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन गन्तव्य (डेस्टिनेसन) मा पुग्ने बेलामा मिति पछि नसर्ने प्रस्ट पारेका छन् ।

साख जोगाउन चुनाव

आइतबार, २७ चैत २०७३

झन्डै दुई दशकदेखि स्थानीय तह खाली हुँदा सर्वसाधारणले विकास निर्माणका लागि सम्पर्क गर्नुपर्ने व्यक्तिको पहिचान हुनै सकेन। सर्वसाधारण रनभुल्लमा छन्– घरअगाडिको क्षतविक्षत सडक होस् वा अन्य समस्या, गुहार्ने निकायबारे भेउ पाइन्न।

आनन्दबजारमा अपहरित आनन्द

आइतबार, २९ फागुन २०७३

सप्तरीमा चार नेपालीको ज्यानमात्र गएन, हाम्रो मनसमेत खण्डित हुने अवस्था छ। यो परिस्थितिमा हामी नेपाली नै आपसमा मिलौं। आन्तरिक मामिलामा भारत वा अन्य कुनै मुलुकलाई प्रवेश गर्न नदिऔं।

लगानीको लगन

आइतबार, २२ फागुन २०७३

विभिन्न २३ देशका उद्योगी/व्यवसायी र सरकारका प्रतिनिधिको सहभागिता रहेको सम्मेलनले नेपाल वैदेशिक लगानीका लागि मखमली कार्पेट ओछ्याएर स्वागतमा रहेको विश्वस्त वातावरण दिन सफल भएको छ।

हो, आउनेछ कोही

आइतबार, १५ फागुन २०७३

मुलुक परिवर्तनका स्पष्ट अजेन्डा बोकेर आउने शक्तिलाई स्वागत गर्न सर्वसाधारण प्रतीक्षारत छन्। नेपाल फेर्न सक्ने गरी आउने नेताका लागि फेरि समय आएको छ।

'अर्थ' पूर्ण आइजीपी

आइतबार, ०१ फागुन २०७३

नेता र शक्ति दलाललाई परिक्रमा गरिरहने प्रहरीले संगठन र समाजलाई योगदान गर्न सक्दैन। प्रहरीलाई नेताको ढोके बनाउनु, मुलुकमा अमनचयन राख्ने मूल जिम्मेवारी भएको त्यस संगठनलाई निकम्मा पार्नु हो।

नहुने निर्वाचन!

आइतबार, २३ माघ २०७३

एउटा खबर आएको छ– संविधान संशोधन नगरी निर्वाचन नगराउन कांग्रेस सभापति शेरबहादुर देउवालाई बाह्य मुलुकको दबाब आएको छ। उनले त्यस्तो संकेत सार्वजनिक रूपमा नगरे पनि त्यो बुझ्न नसकिने छैन।

शीतलनिवासमा 'राजा' भेटियो

आइतबार, ०९ माघ २०७३

पूर्वराजासँग जोडिँदा राष्ट्रपति परिवारको 'खान्दानी इज्जत' त बढेको होला तर गणतान्त्रिक पद्धतिका हिसाबले फाइदा गरेको छैन। व्यक्तिका रूपमा पनि अहिलेको पद्धतिका उनी विरोधी हुन् र बेलाबेलामा असन्तुष्टि प्रकट गर्दै आएका छन्।

तीन यक्ष प्रश्न

आइतबार, ०२ माघ २०७३

प्रस्ट छ– सर्वोच्चले निर्णय गर्न लागेको बुझेपछि नेताहरूले आफ्नो लाज ढाक्ने उद्देश्यले मात्र प्रस्तावलाई महाभियोग समितिमा पठाएका थिए । यो घटनाले यथार्थमै संसद्लाई शक्तिविहीन, लुलो र अकर्मण्य संस्थाको परिचय मिलेको छ ।

कदीसँग बिजुली बात

शनिबार, २३ पुष २०७३

नागरिक दैनिक सुरु भएपछि उनीसँग धेरै पटक लेखको विषयमा छलफल भएको थियो । उनी आफूले लेख लेखिसकेपछि इमेलमार्फत् योग्य भए छापिदिन अनुरोध गर्दै पत्र पठाउने गर्थे । उनले लेखेका केही मेल अझै पनि मेरो ‘मेलबक्स’मा सुरक्षित रहेछन् । ती इमेल दोहो¥याएर पढ्दा उनको विनयी व्यवहार फेरि झल्झली भएर आएको छ ।

गणतन्त्रमा राजतन्त्रको सम्झना !

आइतबार, १७ पुष २०७३

राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायणका योगदानलाई राष्ट्रले महसुस गर्नुपर्छ। त्यो दिन राष्ट्रिय बिदा मनाएरै नेपाल राष्ट्रको अभ्युदयको महोत्सव मनाउँदा हामी प्रतिगमनको पक्षधर हुँदैनौँ। तर, उनको पंक्तिमा राखेर अन्य कुनै राजा–महाराजलाई पुजिरहनु पर्दैन।

लडखडाउँदो कूटनीति

आइतबार, १० पुष २०७३

बीपी कोइरालादेखिको नेपाली कांग्रेसको सम्बन्धमा पछिल्ला दिन सभापति शेरबहादुर देउवा र उनका मन्त्रीका व्यवहारले चीनलाई चिढ्याउँदै लगेको देखिन्छ । त्यही भएर धेरै कोसिस गर्दा पनि देउवाले भेट पाएनन् ।

हामी गोटी क्यारमबोर्डका

आइतबार, २६ मङि्सर २०७३

नयाँ समस्या आउनासाथ दिल्लीको पोल्टामा हालिदिँदा अनायासै सशंकित हुनुपर्ने अवस्था आएको छ। मधेसका मागलाई दलहरू बसेर यहीँ छलफल गर्दैनन्। अनि मधेसी दल पनि त्यसै विषयमा छलफल गर्न लैनचौर दरबारमा धाउँछन्!

Ncell Footer Ad