गुणराज लुइँटेल

गुणराज लुइँटेल

पढेर होइन परेर पत्रकार

शनिबार, २५ साउन २०७६

पत्रकार भैरव रिसाल अहिले पनि लेखिरहेका छन्। साउन २९ गते उनी ९२ वर्ष प्रवेश गर्दै छन्। यसै दिन उनको संस्मरणात्मक कृति समेत प्रकाशित हुँदैछ। अखबारमा नियमित लेख्दै आएका सक्रिय पत्रकार रिसालसँग इतिहासका अनेकन रोचक घटना छन्।

फेरिएकै हुन् त ओली ?

आइतबार, १९ साउन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शासनको डेढ वर्षमा बनाएको ‘दम्भी नेता’ को छविमा पुनरवलोकन गर्न थालेको देखिँदैछ। आफ्नो गुटभन्दा बाहिर जानै नचाहने, आलोचकलाई ‘थला पार्ने’ र अडानबाट हलचल नगर्ने उनको स्वभाव हो। अहिले आएर उनले आफूमा केही परिवर्तन गरेको अनुभूति हुँदैछ। यी परिवर्तन यथार्थ हुन् वा केही समयका लागि रणनीति, समयक्रममा खुल्ने नै छ।

सूचनामै समस्या

आइतबार, २२ असार २०७६

अहिले जतासुकै सरकार विरोधी देखिन थालेका छन्। सरकारका सबैभन्दा ठूला विरोधी ती हुन् जो सडकमा मास्क लगाएर हिँडिरहेका छन्। यो मैले भनेको होइन।

वर्तमानका तीन विकल्प

आइतबार, ०१ असार २०७६

मानिस उद्वेलित छन्। सहरमा फेरि मसाल जुलुस निस्कन थालेका छन्। स्थिरताको आकांक्षाले रन्थमोलमा पारेको अभिशप्त वर्तमान छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको सरकार र पार्टीको नेतृत्वले मुलुकलाई अप्ठ्यारो अवस्थामा पु¥याएका छन्। अहिलेकै स्थिति कायम हुने हो भने चाँडै मुलुक अर्को अस्थिरतातर्फ धकेलिने संकेत पर्याप्त देखिन थालेका छन्। स्थिर सरकार बनेपछि जनताले मुलुकको विकासमा कायाकल्प हुन्छ भन्ने अपेक्षा गरेका हुन्। त्यसकारण मागअनुसार मुलुकमा दुईतिहाइ बहुमतको सरकार बनेको छ। सरकार बनेको डेढ वर्षमै सुषुप्त अवस्थामा रहेका सर्वसाधारणले फेरि जाग्नुपर्ने स्थिति आएको छ। बलियो सरकार मुलुकमा शान्ति र लोकतन्त्रका निम्ति हो तर यसका पाइला अधिनायकत्व स्थापनातर्फ उन्मुख हुन थालेका छन्।

हो/हल्ला मच्चाउने हो !

आइतबार, १९ जेठ २०७६

अचेल प्रश्न गर्ने गरिएको छ, सरकारले यसरी काम गरिरहेको छ– हो÷हल्ला मच्चाउने हो ? भाषण, लेख आदिमा सोधिन्छ– किन हो÷हल्ला मच्चाएको ? सरकारले यति पनि गर्न नपाउने ?

कृष्ण खोजीका दुर्गा दुर्दशा

शनिबार, ११ जेठ २०७६

पर्दामा दृश्य घुमिरहेका छन्। आफैंमाथि बनेको वृत्तचित्र हेरिरहेका छन् पर्दाका पात्रहरू। त्यो पीडा देखेर अरू रोइरहेका छन्। पात्रहरू विगततिर फर्किरहेका छन्। दृश्य अगाडि बढ्दै गर्दा लामो उच्छवास छोड्छन् पात्रहरू, ‘त्यस्ता पनि दिन थिए !’

स्वतन्त्र प्रेस ‘थला पार्ने’ व्यवस्था

आइतबार, ०५ जेठ २०७६

जनआन्दोलन २०६२/०६३ पछि फेरि नागरिक समाजका अगुवासहित पत्रकार सडकमा आउनुपर्ने अवस्था सिर्जना भएको छ। यो अवस्था चित्रण गर्दै नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले शुक्रबार सडकबाटै आफूहरू फेरि आउनुपर्ने अवस्था सिर्जना नगर्न आग्रह गरेका छन्। ‘सरकारले गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरे त्यसको विरोधमा नागरिक अगुवा सडकमा आउनुपर्ने हुन्छ, सरकारले त्यस्तो अवस्था सिर्जना नगरोस्’– उनले भनेका छन्। तत्कालीन राजा ज्ञानेन्द्रविरुद्ध सडकमा आएका नागरिक समाजका अगुवा नै अहिलेको जननिर्वाचित सरकारले ल्याउन लागेको मिडिया विधेयकविरुद्ध आउनुपर्ने अवस्था आफैंँमा अप्रिय छ।

अलमलिएका अवसर

आइतबार, २२ बैशाख २०७६

नेपाल वायु सेवा निगमले २ वाइड बडी जहाज खरिद गर्दा भएका अनियमितता छानविन गर्न सरकारले उच्चस्तरीय आयोग गठन गरेको ४ महिना पुगिसके पनि प्रतिवेदन आउन सकेको छैन। प्रतिवेदन नआएको मात्र होइन, आयोगका सदस्य नै यसबारे बेखबर छन्। सरकारले २०७५ पुस १९ गते पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको नेतृत्वमा ३ सदस्यीय शक्तिशाली छानबिन आयोग गठन गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ४५ दिनभित्र आयोगले प्रतिवेदन दिने घोषणा गरेका थिए। अहिले उनैंलाई थाहा छैन कि आयोग के गर्दैछ।

अनि म सत्यमोहन भएँ...

शनिबार, १४ बैशाख २०७६

सत्यमोहनका निम्ति भने कहिल्यै फुर्सदी भएर बस्नु पर्ने समय आएन। जीवन आफैंमा एउटा संस्था बन्न पुगेको छ। कृष्ण मन्दिरकै पछाडि एउटा साँगुरो गल्लीमा रहेको उनको घरमा जानकारीका निम्ति धाउने व्यक्तिहरूको कमी हुँदैन। यतिका धेरै मानिसलाई समय दिएर, कार्यक्रमहरूमा पुगेर र अरूलाई प्रेरणा दिएर उत्साहका साथ उनको जीवन अघि बढेको छ।

वैशाखका बेला

आइतबार, ०१ बैशाख २०७६

२०७५ साल हामीबाट बिदा भएको छ। आजैबाट नयाँ वर्ष २०७६ लाई स्वागत गर्दैछौँ। धेरे अर्थमा यो वर्ष हाम्रा निम्ति महत्वपूर्ण रह्यो। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना आन्दोलनको सफलतासँगै मुलुक प्रजातान्त्रिक बाटोमा हिँडेको यो सालबाट ३० औँ वर्षमा प्रवेश गरेको छ। प्रजातान्त्रिक आन्दोलनका हिसाबले बितेका ३० वर्ष हाम्रा निम्ति निकै आरोहअवरोहयुक्त भए। यी वर्षमा पनि प्रजातन्त्र प्राप्ति, गुमाइ र पुनप्र्राप्तिका हिसाबले स्मरणीय छन्।

न्यायाधीश सम्मेलनमा रेजा पहल्वी

आइतबार, २४ चैत २०७५

‘मेरा सल्लाहकारले म र मेरा जनताबीच पर्खाल खडा गरेका थिए। के हुँदैछ भन्ने मैले थाहै पाइन। जतिबेला म ब्युँझिएँ त्यतिखेर मैले मेरा जनता गुमाइसकेको थिएँ’– इरानका अन्तिम राजा मोहम्मद रेजा पहल्वीको यो भनाइ यसपटक न्यायाधीश सम्मेलनको अन्तिम दिन सम्झनामा आएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई आफू पदमा हुँदै सचेत भएर काम गर्न न्यायाधीश प्रकाश राउतले सुझाव दिँदै यो भनाइ उद्धृत गर्दा समारोहमा तालीको गड्गडाहट सुनियो। यसबाट राणालाई पक्कै प्रभाव परेको हुनुपर्छ। मोहम्मद रेजा शाहका नामले समेत चिनिने यिनी सेप्टेम्बर १६, १९४१ मा राजा भएका थिए। उनलाई इलामिक क्रान्तिले फेब्रुअरी १९७९ मा सत्ताच्युत गरेको थियो।

बोझिलो वर्तमान

आइतबार, ०३ चैत २०७५

दुई पात्रका कारण गत सातादेखि मुलुकको राजनीति फेरि तरंगित छ। त्यसले मुलुकलाई पक्ष र विपक्षमा पनि उभ्याएको छ। इतिहास दोहोरिन्छ भनेजस्तो दुई दशकपछि फेरि मुलुकमा उस्तै परिस्थिति सिर्जना हुँदैछ। २०५२ पछि मुलुकको राजनीति जसरी ध्रुवीकरण भएको थियो, ठीक त्यसैगरी फेरि राजनीतिक ध्रुवीकरणका तरंग पनि देखिन थालेका छन्।

सुन्ने कि शून्य ?

आइतबार, ०५ फागुन २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुलुकका गन्यमान्य व्यक्तिहरूकहाँ घुसकाण्डको एउटा भिडियो चार महिनाअघि पुगे पनि कार्यान्वयनको साइत जुर्न सकेन। खर्दार–सुब्बाहरू थोकको भाउमा हरेक दिन केही हजार घुसको बल्छीमा पर्छन्। तर, भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएकै व्यक्तिमाथि तत्काल कारबाही गर्न रोक्ने तत्व के हो ? प्रधानमन्त्रीले भन्ने गरेको ‘शून्य सहनशीलता’ यस्ता काण्डमा कारबाही नहुँदा ‘सुन्ने सहनशीलता’मा अनूदित हुने खतरा छ। समयमै त्यो काण्डबारे छानबिन भएको भए सरकारको एक वर्षे प्रगतिमा चार चाँद लाग्ने थियो।

दलको छवि नेताको छायाँ

आइतबार, २७ माघ २०७५

धेरैअघिको कुरा होइन। तत्कालीन नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा अमेरिकी राजदूतले भ्रमण गर्ने भएपछि बैठक कक्षमा रहेका माक्र्स, लेनिन, माओ आदि अन्तर्राष्ट्रिय कम्युनिस्टका तस्बिर हटाइएको थियो। त्यसले निकै लामो समयसम्म चर्चा चलाइरह्यो।  अहिले तीन सातादेखि मनोरञ्जनका साथ चलिरहेको त्यही नेकपाको आधुनिक रूप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र– भेनेजुएला प्रकरण।

डा. केसीसँगको साइनो

आइतबार, २० माघ २०७५

मानिसहरू देखेर अचेल छक्क लाग्छ। कसैले विवेकको बोली बोल्यो भने त्यसलाई उल्याइन्छ। चिकित्सा शिक्षा सुधारको अभियानमा निरन्तर खबरदारी गर्ने डा. गोविन्द केसीजस्तो निस्वार्थ व्यक्तिको सत्याग्रहमा पनि खोट खोजिन्छ। कताबाट उचालिएका होलान् भन्ने सोच्छन् हुलका हुल अरिंगालहरू !

‘गोपी’को गोठमा किसानका कुरा

बुधबार, १६ माघ २०७५

कृषिप्रधान मुलुकमा सबैभन्दा परित्यक्त कोही छन् भने ती किसान नै हुन्। तिनै किसानका नाममा सबैभन्दा धेरै राजनीति हुन्छ। तर, सुविधा पाउने बेलामा सबैभन्दा बढी किसान हेपिन्छन्।

नागरिक नोस्टाल्जिया

आइतबार, २२ पुष २०७५

सरकार कानुनी प्रक्रिया मान्दैन किनकि योसँग दुईतिहाइको बहुमत छ। पछिल्ला दुई निर्णयबाट सरकारले आफूलाई कानुन र प्रक्रिया मिचाहाका रूपमा स्थापित गरेको छ– पहिलो, कैलाली निर्वाचन क्षेत्र १ का सांसद रेशम चौधरीलाई डिल्लीबजार कारागारबाट सिधै संसद् सचिवालयमा पुर्‍याइ गरिएको पद तथा गोपनीयताको शपथ।

खोजी जारी छ...

बिहिबार, ०६ मङि्सर २०७५

छाडेर काम सारा एक काम रोजिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु भेटे कहीँ बताइ हे राष्ट्रका बटोही रक्षार्थ जन्मिएका छन् कि सपुत कोही यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु यो देशमा म एउटा मानिस खोजिरहेछु...

रेलको रन्को

आइतबार, २५ कार्तिक २०७५

भारतको बथनाहाबाट विराटनगर–१८ स्थित बुधनगरमा गत कात्तिक १८ गते परीक्षणका लागि रेल आइपुग्यो।

के सोच्यौँ के भयो

आइतबार, ११ कार्तिक २०७५

चीनले बनाएको ५५ किलोमिटर लामो पुल उद्घाटन भइरहेका बेला यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीले घुँडा टेकाएर आफ्नो हातको टीका ‘बक्स’ भएको सन्दर्भ चर्चा चुलिइरहेको थियो ।

Ncell Footer Ad