महेशकुमार दास

धुलो नियन्त्रणको माग गर्दै जनप्रतिनिधि नै आन्दोलित

सोमबार, ३० बैशाख २०७६

निर्माणाधिन भिटामोड जलेश्वर जनकपुर सडक खण्डमा उड्ने धुलोका कारण सर्वसाधारणलाई श्वास लिन पनि समस्या देखिन थालेपछि धुलो नियन्त्रणका लागि जलेश्वर नगरपालिकाको वडा नं. २ का  जनप्रतिनिधिले आन्दोलन सुरु गरेका छन्।

टिप्पर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २ घाइते

सोमबार, ३० बैशाख २०७६

रोकिराखेको टिप्परलाई तिव्र गतिमा आएको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

फेरिएन सामुदायिक विद्यालयको अवस्था

आइतबार, २९ बैशाख २०७६

जलेश्वर नगरपालिका–३ खैरास्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक नवलकिशोर साहलाई एक स्थानीयले विवाह जन्ती राख्नका लागि विद्यालयको कक्षा कोठा उपलब्ध गराइ दिन अनुरोध गरे।

बोरा बोकेर पढ्न जान्छन् विद्यार्थी

बुधबार, २५ बैशाख २०७६

निजी र धेरै सामुदायिक विद्यालयले पनि आफ्नै पहलमा सुविधासम्पन्न कक्षाकोठा बनाइसकेका बेला महोत्तरी सदरमुकामकै एउटा आधारभूत विद्यालयका विद्यार्थी भने घरबाटै बोरा बोकेर पढ्न जान्छन्। स्कुलमा बस्ने सुविधा नहुँदा उनीहरू आफू बस्न घरबाटै केही न केही जोहो गरेर जान्छन्।

जबरजस्ती करणी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

बिहिबार, २८ चैत २०७५

महोत्तरी प्रहरीले १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना भारतीयलाई पक्राउ गरेको छ।

मुसलमानी गर्ने क्रममा दुई महिने बालकको ज्यान गयो

मङ्गलबार, २६ चैत २०७५

फिरोजलाई उपचारारार्थ जनकपुर लगिएको थियो। उपचार क्रममा सोमबार राति नै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

दलित बस्तीमा सेनाद्वारा सामुदायिक भवन निर्माण

आइतबार, २४ चैत २०७५

सधैभरी बन्दुक भिरेर सुरक्षार्थ खटिने नेपाली सेना अचेल मटिहानीमा रहेको दलित (दुसाध) बस्तीमा सामुदायिक भवन निर्माणमा जुटेको छ। नेपाली सेना र स्थानीय बासिन्दाको सहयोग निर्माण हुन लागेको सामुदायिक भवनमा अहिले नेपाली सेनाका जवान खटिरहेको हेर्दा स्थानीयवासी खुसी भएका छन्।

लागुऔषधसहित दुई युवक पक्राउ

शनिबार, १६ चैत २०७५

महोत्तरीको सम्सी गाउँपालीका ६ कन्हमा बोर्डरबाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा ललितपुर बज्रबराही नगरपालिका १२ का २९ वर्षीय कमल बुढाथोकी  र सिन्धुली कमलामाई नगरपालिका ४ का ३० वर्षीय राजु नेपाली रहेका छन्।

लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएकाे छ : अध्यक्ष थापा

आइतबार, १९ फागुन २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिएको आरोप लगाएका छन्। मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको अगुवाई गर्दै महोत्तरीको सदरमूकाम जलेश्वर आइपुगेका थापाले देशमा बढ्दै गएको भ्रष्टाचार विरुद्ध आक्रोश व्यक्त गर्दै स्वयम प्रधानमन्त्रीले समेत भ्रष्टाचारीको संरक्षण गरेकोमा आपत्ती जनाए।

न कलेज बन्यो न रह्यो धान खेत

सोमबार, १३ फागुन २०७५

महोत्तरीको दक्षिणी क्षेत्रलाई शैक्षिक हव बनाउने सपना बोकेर मणिपाल ईन्जीनियरीङ्ग कलेज निमार्ण गर्न विक्रि गरेको जग्गामा कलजे निर्माण नभए जग्गा ‘कब्जा’ गर्ने स्थानीयले चेतावनी दिएका छन्।

लागुऔषधसहित २ जना पक्राउ

बिहिबार, ०२ फागुन २०७५

प्रहरीले लागुऔषधसहित २ युवकलाई पक्राउ गरेको छ। भारतीय बजारबाट लागुऔषधसहित नेपाल छिरेका भंगाहा नगरपालिका १ का ३१ वर्षीय अजय मण्डल र सोही ठाउँका २० वर्षीय रामजी मण्डललाई सम्सी गाउँपालिका ७ स्थित शंकर चोकबाट पक्राउ गरिएको हो।

महोत्तरीमा अख्तियारका कर्मचारी र स्थानीयबीच झडप

मङ्गलबार, २९ माघ २०७५

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट गएको टोलीले औरही प्रहरी चौकी इन्चार्ज असई रामनरेश साह तेलीलाई नियन्त्रणमा लिन खोज्दा तनाव उत्पन्न भएको छ।

दश हजार घुससहित नासु पक्राउ

शनिबार, १९ माघ २०७५

दश हजार घुस रकम सहित मालपोत कार्यालय जलेश्वरका नायव सुब्बा ढक बहादुर कार्की पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले गौशाला नगरपालिका १ बाट घुस वापत लिएको १० हजार नगद सहित कार्कीलाइ पक्राउ गरेकाे हाे।

भन्सार छली ल्याएको कपडा सहित २ जना पक्राउ

मङ्गलबार, ०८ माघ २०७५

भन्सार छली नेपाल भित्र्याउन लागेको अवस्थामा महोत्तरी प्रहरीले कपडा सहित २ जनालाई पक्राउ गरेको छ।

ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु, एक गम्भीर घाइते

मङ्गलबार, ०८ माघ २०७५

महोत्तरीको बर्दिवास नगरपालिका १० स्थित बाँके जंगलमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। घटनामा अर्का १ गम्भीर घाइते भएका छन्।

धराप बन्दै राजमार्गका पुल

शनिबार, २८ पुष २०७५

महोत्तरीका बर्दिबास, सीतापुर भंगहा र गौशाला नगरपालिकाले आन्तरिक आयका लागि भन्दै ठेक्का लगाएर अनुमति दिने र ढुंगा, गिट्टी, बालुवा उत्खन्नबाट वार्षिक करोडौं राजस्व उठाउने गर्दछ। तर नदीजन्य सामग्री निकाल्न प्रयोग गरिने ठूला एक्साभेटर, लोडर र सामान ढुवानी गर्ने टिपर दौडँदा जिल्लाका राजमार्ग र सहायक सडक जीर्ण बन्दै मात्र छैनन्, पुलहरू त धराप नै भइसकेका छन्।

अस्तव्यस्त सडक विकासको बाधक

शुक्रबार, २७ पुष २०७५

जिल्लाका सडकहरू अस्तव्यस्त भएपछि महोत्तरी विकासमा पछाडि पर्दै गएको छ। जिल्लाका भिटामोड–जलेश्वर–जनकपुर सडक, जलेश्वर–बर्दिबास सडक, जलेश्वर–हर्दी सडक, जलेश्वर–मटिहानी सडकलगायत अधिकांश सडक सञ्जाल वर्षौंदेखि अस्तव्यस्त हुँदा विकासको ढोका खुल्न नसकेको जिल्लावासीहरू बताउँछन्।

कटुवा पेस्तोल र सीमा कटाउन लागेको रक्सी बरामद

मङ्गलबार, १७ पुष २०७५

प्रहरीले लुकाई छिपाई राखिएको एक थान पेस्तोल बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी सम्सीबाट खटि गएको प्रहरी टोलिले सम्सी गाउँपालिकाबाट कटुवा पेस्तोल बरामद गरेको हो।

किसान महतोको हत्या आरोपमा थप २ पक्राउ

आइतबार, १५ पुष २०७५

औरही नगरपालिका २ फुलवरियाका ४०वर्षीय किसान बेचु महतोको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रेम जालमा पारेर जवरजस्ती करणी गर्ने पक्राउ

सोमबार, ०२ पुष २०७५

बर्दिवास ४ की १४ वर्षीया एक नबालिकालाई प्रेम जालमा पारेर ललाई फकाई जंगलमा लागि जवरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सोही गाउँका रबिशंकर क्याप्छाकी मगरलाई बालिकालाई प्रेम जालमा पारेर जंगलमा लगेर जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।