अशाेक दाहाल

तत्काल निर्वाचन घोषणा गर : ओली

बिहिबार, २३ मङि्सर २०७३

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचन घोषणा गर्न माग गरेका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बिहीबार बोल्दै कानुन बनाउने कार्यलाई तीब्रता दिनुपर्ने औंल्याए।

प्रतिपक्ष दलद्वारा संसद बैठक अबरुद्ध

बुधबार, २२ मङि्सर २०७३

–सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित अन्य प्रतिपक्ष दलले संसद अबरुद्ध पारेका छन्। बुधबार बसेको संसद बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखसँग समय लिएर आफ्नो धारणा राखेका थिए। केसीले मुलुकलाई सिक्किमिकरण गर्ने डिजाइन अन्तर्गत संविधान संशोधन प्रस्ताव दर्ता भएको दाबी गरे।

किन उठ्यो संसद बैठकमा 'रअ'का पूर्व प्रमुखद्धारा लिखित किताबको प्रसंग ?

आइतबार, १९ मङि्सर २०७३

मजदुर किशान पार्टीकी सांसद अनुराधा थापा मगरले संविधान संशोधन प्रस्ताव भारतको डिजाइन नेपाललाई सिक्किमीकरण गर्ने योजनाको साथ आएको आरोप लगाएकी छन्।

संसदमा प्रधानमन्त्रीलाई 'बहुला कुकुरले टोकेको' भनेपछि...

शुक्रबार, १७ मङि्सर २०७३

नेकपा मालेका महासचिव सीपी मैनालीले प्रधानमन्त्रीलाई बहुला कुकुरले टोकेको आरोप लगाएपछि संसदमा होहल्ला भएको छ।

सरकारका प्रवक्ताले जनतालाई ढाँटे : प्रकाश ज्वाला

सोमबार, २९ कार्तिक २०७३

व्यवस्थापिका संसदको अर्थसमितिका सभापति प्रकाश ज्वालाले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई ५० लाख दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्। यसअघि उपचार खर्च १५ लाखभन्दा बढी नदिने कार्यविधि तयार भएपनि क्याबिनेटले पास नगरी मनपरी रकम बाँडेको भन्दै आपत्ति जनाए।

लोकमानविरुद्धको महाभियोग प्रस्तावमा छलफल हुँदै, मोर्चाद्वारा बैठक बहिष्कार

शुक्रबार, २६ कार्तिक २०७३

मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धन आबद्ध सांसदहरुले संसद बैठक बहिष्कार गरेको छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा छलफल सुरु हुनै लाग्दा गठबन्धनका सांसदहरुले बैठक बहिष्कार गरेका हुन्।

सांसदको सुविधा बढाउन विधेयक संसदमा

शुक्रबार, २६ कार्तिक २०७३

सांसदको तलब सुविधा बढाउन कानुन बनाउने प्रक्रिया अघि बढेको छ। सांसदहरुको तलब भत्ता बढाउन शुक्रबार संसदमा विधेयक पेश हुन लागेको हो। शुक्रबार बस्ने संसद बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री शंकर नायकले सांसदहरुको पारिश्रमिक र सुविधा बढाउने विधेयक पेश गर्ने कार्यसूचि छ।

भारतीय राष्ट्रपति मुखर्जी कात्तिकमा नेपाल अाउने

सोमबार, १७ असोज २०७३

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्ने भएका छन्।

भारत-पाकिस्तान शान्तिवार्ता नेपालले गराउनुपर्छ : सांसद भण्डारी (भिडियो)

शुक्रबार, १४ असोज २०७३

भारतले ६ महिनासम्म आफ्नै देशमाथि नाकाबन्दी गर्दा मौन रहेको संसदमा शुक्रबार भारत-पाकिस्तान मुद्दाले चर्चा पाएको छ। भारत र पाकिस्तानबीच बढ्दै गएको तनाब मत्थर पार्न नेपालले वार्ता गर्नुपर्ने आवाज संसदमा उठेको छ।

अख्तियारले लडाकु शिविरको घोटाला छानवीन थाल्यो, प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति पुन समेत अनुसन्धान दायरामा

शुक्रबार, ३१ भदौ २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकू शिविरमा भएको घोटालाको छानवीन अघि बढाएको छ। राति ७:१५ बजे पत्रकार सम्मेलन गरी अख्तियारले यस्तो निर्णय सार्वजनिक गरेको हो।

दश दिनसम्म संसद नगए सांसद पद खारेज

आइतबार, २६ भदौ २०७३

सभामुख ओनसरी घर्तीले विना सूचना लगातार दशवटा संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको सदस्यता खारेज गर्ने चेतावनी दिएकी छन्। शुक्रबारको संसद बैठकमा महत्वपूर्ण विधेयक पारित गर्ने क्रममा गणपूरक संख्या (कोरम) नपुगेपछि सभामुख घर्तीले संविधानको धारा ८९ प्रयोग गरेर सदस्यता खारेज गर्ने बताएकी हुन्।

हाजिर गरेर सांसद अाइएनजिअाेकाे कार्यक्रममा, संसदमा काेरम पुगेन

शुक्रबार, २४ भदौ २०७३

संसदमा हाजिर गरेर सांसद अाइएनजिअाेकाे बैठकमा गएपछि संसदमा काेरम पुगेन। संसदभित्र जनाउ घण्टी बजेपछि बैठक हलमा रहेका सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत बाहिर निस्किएका थिए। जनाउ घण्टी बझ्दा सांसदहरु राजन भट्टराई, सरिता प्रसाईं, फरमुल्लाह मनसुर, राजीवविक्रम शाहीलगायतका सांसद संसद परिसर भित्रै थिए।

प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक, साउन १९ गते निर्वाचन हुने

सोमबार, १७ साउन २०७३

काठमाडौं- प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिका अनुसार वुधबार साउन १९ गते प्रधानमन्त्रीको लागि व्यवस्थापिका संसदमा निर्वाचन हुनेछ।

सिफारिस भएका राजदूतको सुनुवाई अन्योलमा

आइतबार, १६ साउन २०७३

सरकारले प्रस्तावित राजदूतको संसदीय सुनुवाई नहुँदै एग्रिमोका लागि सम्बन्धित मुलुकमा पठाएको भन्दै सुनुवाई समितिले मुख्य सचिव र परराष्ट्रसचिवसँग छलफलगर्ने भएको छ। संवैधानिक परिषदको गत बैशाख १० बसेको बैठकले विभिन्न २२ मुलुकमा राजदूत नियुक्तीकालागि सिफारिस गरेको थियो। परिषदले सिफारिस गरेका राजदूतको आजदेखि सुनुवाई प्रक्रिया सुरु गर्ने कार्यतालिका तय गरेको थियो।

अविश्वास प्रस्ताव दर्ता, २८० को हस्ताक्षर

बुधबार, २९ असार २०७३

काठमाडौं—नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेपका संयुक्तका सांसदहरुले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध संसदमा अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

सरकार विघटन गर्न सघाउँछाैं, सरकारमा जाने सम्भावना छैनः उपेन्द्र यादव

बुधबार, २९ असार २०७३

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाका संयाेजकसमेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। व्यवस्थापिका–संसद भवन परिसर नयाँबानेश्वरमामा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने तर नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले बताए।

संसदीय समितिमा भाग लिन नदिएको भन्दै सांसदले गरे सभामुखलाई उजुरी

मङ्गलबार, २१ असार २०७३

काठमाडौं- एमाले सांसद तथा ट्रेड युनियन नेता चुडामणी जंगलीले संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा भाग लिन नदिएको भन्दै आपत्ति प्रकट गरेका छन्।

कांग्रेसद्वारा संसद बैठक अबरुद्ध

आइतबार, १२ असार २०७३

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार बसेको व्यवस्थापिका संसद बैठकमा अवरोध गरेको छ। बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारको चर्को आलोचना गर्दै आफूहरुले उठाएका माग पूरा नभएसम्म संसद चल्न नलिने बताएका थिए।

संसद नियमावली पारित, संसदीय सुनवाई समिति १५ सदस्यीय

आइतबार, ०५ असार २०७३

दलहरुबीच सहमति नहुँदा लामो समयदेखि रोकिएको व्यवस्थापिका संसद कार्यसंचालन नियमावली पारित भएको छ । आइतबार बसेको व्यवस्थापिका संसद बैठकले नियमावली पारित गरेको हो । योसँगै संसदीय सुनुवाई समितिमा सहमति जुटेको छ।

Ncell Footer Ad