अशाेक दाहाल

हिन्दु राष्ट्र माग गर्दै राप्रपाद्वारा संविधान संशोधन विधेयक दर्ता

आइतबार, ०६ चैत २०७३

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको माग गर्दै संविधान संशोधन विधेयक दर्ता गराएको छ।

सरकारबाट फिर्ता भएको औपचारिक पत्र सभामुखलाई

बिहिबार, ०३ चैत २०७३

मधेसी मोर्चाले आधिकारिक रुपमा सरकारबाट फिर्ता भएको पत्र सभामुख ओनसारी घर्ती समक्ष बुझाएको छ। सभामुखको सचिवालयमा उपस्थित भएर तराई आधारित चार पार्टीका नेताहरुले संयुक्त रुपमा पत्र सभामुखलाई हस्तान्तरण गरेका हुन्।

एसएसबीद्वारा मारिएका गौतमलाई सहिद घोषणा

शुक्रबार, २७ फागुन २०७३

भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट कञ्चनपुरको पुनर्बासमा मारिएका गोविन्द गौतमलाई सरकारले सहिद घोषणा गरेको छ।

सप्तरी घटनाको छानविन गर्न एमाले आग्रह

मङ्गलबार, २४ फागुन २०७३

नेकपा एमालेले सप्तरी घटनाको छानविन गर्न माग गरेको छ। एमाले केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव इश्वर पोखरेलले सप्तरी घटनाको राष्ट्रिय मानव अधिकार आयोगलाई छानविन गर्न आग्रह गरे।

आठ प्रदेशको माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता

आइतबार, १५ फागुन २०७३

आठ प्रदेशको माग गर्दै संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता भएको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहा राखेर आठौं प्रदेश बनाउनु पर्ने प्रदेशमा माग गरिएको छ।

संविधान संशोधन विधेयक संसदमा प्रस्तुत, एमाले माैन

बिहिबार, १२ फागुन २०७३

पाँच नम्बर प्रदेशको सिमांकन हेरफेर सहितका विषय समेटिएको संविधान संशोधन प्रस्ताव बिहीबारको संसद पेश भएको छ। व्यवस्थापिका संसदको बिहीकारको कार्यसूचिमा संविधान संशोधन छैठौं नम्बरमा थियो।

संसदको परिणाम मान्ने/नमान्ने अहिलै भन्न सकिन्न : मोर्चा नेता

बुधबार, ११ फागुन २०७३

संविधान संशोधनको माग गर्दै आएका मधेसी मोर्चाका नेताले संविधान संशोधनको परिणाम स्वीकार्ने वा नस्वीकार्ने अहिलै भन्न नसकिने बताएका छन्।

विपक्षीले मागे सत्ता पक्षको धारणा, के संसदको परिणाम मोर्चाले मान्छ?

बुधबार, ११ फागुन २०७३

विपक्षी ९ दलले संविधान संशोधन प्रस्ताव अघि बढाउँदा आउने परिणामलाई मोर्चाले स्वीकार्ने ग्यारेन्टी नभएसम्म संसद बैठक अगाडि नबढाउन आग्रह गरेका छन्। एमाले सहित ९ दलको अाग्रहपछि बुधबार २ बजेका लागि तोकिएको संसद बैठक स्थगित भएको छ।

संविधान संशोधनविरुद्ध एमाले उभिने, आवेशमा नअाउन ओलीको निर्देशन

बुधबार, ११ फागुन २०७३

नेकपा एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा उभिने भएको छ। संसद सुरु हुनु भन्दा अगाडी बसेको पार्टीको संसदीय दलको बैठकले प्रस्तावको सालिनतापूर्वक विरोध गर्ने निर्णय गरेको छ।

निर्वाचन घोषणाको स्वागत, संविधान संशोधनमा जुटेन सहमति

मङ्गलबार, १० फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरुले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने प्रयास गरेका छन्। बैठकमा प्रधानमन्त्री दाहालले तीन विषयमाथि पार्टीहरुको धारणा माग गरेका थिए।

फोरम लोकतान्त्रिक निर्वाचनमा जान सकारात्मक

मङ्गलबार, १० फागुन २०७३

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा जान सकारात्मक देखिएको छ।

सर्वोच्चले अयोग्य ठहर गरेपछि कार्कीलाई महाअभियोग लगाइराख्नु पर्दैन: समिति

शुक्रबार, २८ माघ २०७३

संसदको महाअभियोग सिफारिस समितिले आफ्नो प्रतिवेदन सभामुखलाई बुझाएको छ। शुक्रबार समितिका सभापति कुमारीलक्ष्मी राईले सभामुख ओनसरी घर्तीलाई प्रतिवेदन बुझाइन्। तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीका विरुद्व संसदमा महाअभियोग प्रस्ताव दर्ता भए पछि संसदले ११ सदस्यीय सिफारिस समिति गठन गरेको थियो।

गृहमन्त्री निधि समयमै संसद नपुग्दा…

सोमबार, १७ माघ २०७३

सोमबार दिउँसो १:३० बजेका लागि संसद बैठक आह्वान गरिएको थियो। संसद बैठकको मुख्य कार्यसूचिमा निर्वाचन कसुर सजाय ऐन विधेय पेश गर्ने तोकिएको बारे सांसदहरु सूचित थिए।

माघ १५ भित्र चुनाव घोषणा: प्रधानमन्त्री

आइतबार, ०९ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले बेलाबेलामा गम्भीर निर्णय लिने गरेको बताउँदै माघ १५ गतेभित्र चुनाब मिति घोषणा गर्ने बताएका छन्। उनले संसदीय मामिला पत्रकार समाजले प्रकाश गरेको संसदीय पत्रकारिता नामक पुस्तक विमोचन गर्दै उनले भने, 'आगामी वर्षको वैशाख २५ देखि ३० मा चुनाब हुन्छ।'

अघि बढ्नै कठिन, यस्तो छ प्रक्रिया

मङ्गलबार, २६ पुष २०७३

१४ मंसिरमा संसद सचिवालय सिंहदरवारमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव नयाँ बानेश्वरको संसद बैठकमा प्रवेश गराउन सरकारलाइ ४० दिन लाग्यो । लामो प्रयत्नका बावजुद सहमति बटुल्न नसकेपछि आइतबारको संसद बैठकमा विपक्षी दलहरुको नाराबाजीबीच संशोधन प्रस्ताव सरकारले टेबल गर्यो। तर संशोधन विधेयक अघि बढाउने सहज बाटो नभएपछि सोमबार र मंगलबारको संसद बैठकका कार्य सूचिमा संविधान संशोधनको विधेयक आएन ।

संविधान संशोधन अघि बढ्नै कठिन, यस्तो छ प्रकृया

मङ्गलबार, २६ पुष २०७३

१४ मंसिरमा संसद सचिवालय सिंहदरवारमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव नयाँ बानेश्वरको संसद बैठकमा प्रवेश गराउन सरकारलाइ ४० दिन लाग्यो। लामो प्रयत्नका पछि पनि सहमति बटुल्न नसकेपछि आइतबारको संसद बैठकमा विपक्षी दलहरुको नाराबाजीबीच संशोधन प्रस्ताव सरकारले टेवल गर्यो। तर संशोधन विधेयक अघि बढाउने सहज बाटो नभएपछि सोमबार र मंगलबारको संसद बैठकका कार्यसूचिमा संविधान संशोधनको विधेयक आएन।

तलव बढेको खबर सुनेपछि हाजिर गरेर सांसद कहाँ गए?

सोमबार, २५ पुष २०७३

व्यवस्थापिका संसदमा कोरम नपुगेपछि संसदको बैठक आधा घण्टा स्थगित भयो। बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक अघि बढाउने कार्यसूची थियो। विधेयकमा संशोधनका लागि पठाउने प्रस्ताव पारित हुनु अघि कोरम नपुगेपछि सभामुख ओनसरी घर्तीले बैठक आधा घण्टाकालागि स्थगित गरेकी थिइन्।

जलवायु अनुकुलनमा उत्कृष्ट संस्थाहरुलाई २ करोड राशीको पुरस्कार

शुक्रबार, ०१ पुष २०७३

जलवायु अनुकुलनका क्षेत्रमा काम गर्ने विभिन्न १५ वटा संस्थाले २ करोड रुपैयाँको पुरस्कार पाएका छन्। बेलायतको अन्तराष्ट्रिय विकास विभागको आर्थिक सहयोगमा एडेप्टेसन एट स्केल पुरस्कार परियोजनाअन्तर्गत आइडियाज टु इम्प्याक्ट कार्यक्रमले नेपालमा जलवायु अनुकुलनमा योगदान पु¥याउने उत्कृष्ट १५ वटा संस्थालाई एक लाख ५० हजार पाउण्ड नगद पुरस्कारबाट सम्मानित गरेको हो ।

स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक संसदमा दर्ता

बुधबार, २९ मङि्सर २०७३

प्रमुख दलहरुबीच पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने छलफल चलिरहँदा सरकारले नयाँ संरचना अनुसार गाउँ पालिका र नगरपालिकाको निर्वाचनकालागि संसदमा विधेयक दर्ता गराएको छ।

फोरमका पाँच केन्द्रीय सदस्य सहित ९२ एमाले प्रवेश

बिहिबार, २३ मङि्सर २०७३

विभिन्न पार्टी परित्या गरी ९२ जना नेकपा एमाले प्रवेश गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टीमा स्वागत गरे।

Ncell Footer Ad