अशाेक दाहाल

राष्ट्रपतिका लागि महँगो गाडीको प्रस्ताव आएको छैनः प्रधानमन्त्री

सोमबार, २६ असार २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिबाट १६ करोड रुपैयाँको गाडी खरिदको प्रस्ताव नआएको बताएका छन्। संसदमा सोमबार विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदहरुले गाडी खरिदको विषय उठाएका थिए। त्यसको जवाफ दिँदै प्रधानमन्त्री देउवाले महँगो गाडी खरिद गर्ने प्रस्ताव नआएको दाबी गरेका हुन्।

बाढीपीडित परिवारलाई २५ हजार दिने सरकारको निर्णय, प्रमका परराष्ट्र सल्लाहकारमा भट्टराई

सोमबार, २६ असार २०७४

सरकारले सप्तरीका बाढी पीडित परिवारलाई जनही २५ हजार रुपैया दिने निर्णय गरेको छ। १५ हजार टहरा निर्माण र १० हजार जस्तापता खरिद गर्न राहतस्वरुप २५ हजार दिने मन्त्रपरिषद्ले निर्णय गरेको हो। दुई दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई सम्बोधन गर्दै २५ हजार राहत दिने घोषणा गरेका थिए।

संवैधानिक परिषद बैठक प्रधान न्यायाधीश चयन गर्न असफल

सोमबार, ०५ असार २०७४

संवैधानिक परिषद बैठक प्रधान न्यायाधीश चयन गर्न असफल भएको छ। सोमबार बसेको परिषद बैठकमा सर्वोच्चका बरिष्ठ न्यायाधीश गोपाल पराजुलीलाई प्रधान न्यायाधीश बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेको स्रोतले बतायो।

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

सोमबार, २२ जेठ २०७४

मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे सहमति भएको हो।

ओली अनुपस्थित बैठकमा एमालेलाई प्रश्नः फेल भएपछि रिजल्ट मान्दिन भन्न पाइन्छ?

आइतबार, २१ जेठ २०७४

भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई लिएर एमालेले सदन अवरुद्ध गरेपछि आइतबार बिहान सत्ता पक्ष र विपक्षी दलका नेताहरुको बैठक संसद भवन नयाँ वानेश्वरमा बसेको थियो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं प्रधानमन्त्रीका एक मात्र उम्मेदवार शेरबहादुर देउवा र एमाले नेताहरु सहभागी थिए।

एमालेले सदन चल्न दिएन, देउवाको चौथो सत्तारोहण प्रभावित

आइतबार, २१ जेठ २०७४

एमालेको विरोधले प्रधानमन्त्रीको निर्वाचन प्रभावति भएको छ। एमालेको विरोधका कारण अाइतबार सदन सञ्चालन हुन सकेको छैन। भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचन आयोगले शनिबार पुनः मतदानको निर्देशन दिएको थियो। आयोगको निर्णयप्रति आपत्ति जनाउँदै एमालेले पार्टीभित्र निर्णय गरेरै त्यसविरुद्ध मोर्चाबन्दी सुरु गरेको हो।

प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक

शुक्रबार, १९ जेठ २०७४

संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ। व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो।

प्रधानमन्त्रीको चुनाब जेठ २१ गते

बिहिबार, १८ जेठ २०७४

बहुमतीय प्रक्रियाबाट संसदमा प्रधानमन्त्रीको निर्वाचन जेठ २१ गते हुने भएको छ। सभामुख ओनसारी घर्तीले राष्ट्रपतिले बहुमतीय सरकारको आह्वान गर्दै संसदलाई पठाएको पत्र संसदका महासचिवलाई दिएर निर्वाचन कार्यतालिक सार्वजनिक गर्न निर्देशन दिएकी हुन्।

भरतपुरमा मतगणना सुरु नगरे आफैँ विजयी घोषणा गर्छौं : एमाले

बुधबार, १७ जेठ २०७४

एमालेको विरोधका कारण बुधबार संसद बैठक अवरुद्ध भएको छ। माओवादी बुथ प्रतिनिधिले पतपत्र च्यातेपछि स्थागित भएको भरतपुरको मतगणना सुचारु गर्न माग गर्दै एमाले सांसदहरुले संसद अवरुद्ध गरेका हुन्।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढाउन निवेदन

आइतबार, १४ जेठ २०७४

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदीय प्रक्रियामा अगाडि नबढाउन निवेदन दिएका छन्।

एमालेद्वारा संसद अवरुद्ध

शुक्रबार, १२ जेठ २०७४

प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबार पनि संसद अवरुद्ध गरेको छ। निर्वाचन मिति तोकिसकिएको अवस्थामा स्थानीय तह थप गर्ने सरकारको निर्णयविरुद्ध एमाले आन्दोलित भएको हो।

संसदको विजनेस आन्तरिक मामिला: सभामुख

आइतबार, २४ बैशाख २०७४

सभामुख ओनसरी घर्तिले संसदमा प्रवेश गरेको विजनेस कसरी अगाडी बढाउने भन्ने संसदको आन्तरिक मामिला र विशेष अधिकार भएको बताएकी छन्।

सर्वोच्चको आदेशविरुद्ध कांग्रेस-माओवादी सर्वोच्च जाने

शुक्रबार, २२ बैशाख २०७४

प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्रले आदेश पुनरावलोकलनका लागि सर्वोच्च जाने भएका छन्।

एमालेको तर्फबाट काठमाडौंको मेयरमा विद्यासुन्दर शाक्य

मङ्गलबार, १९ बैशाख २०७४

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उम्मेदवार गराउने निर्णय गरेको छ।

एमाले शीर्ष नेता बैठकमा एक्कासि कमल थापा प्रवेश गरे

मङ्गलबार, १९ बैशाख २०७४

काठमाडौं महानगरलगायत विभिन्न नगरमा उम्मेदवार टुंगो लगाउन बसेको नेकपा एमाले बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा एक्कसी प्रवेश गरे।

दाहाल-ओली आधा घन्टा छलफल

सोमबार, १८ बैशाख २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच आधा घन्टा छलफल भएको छ। सिंहदरबारस्थित सभुमखको कार्यकक्षमा भएको छलफल पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रित रहेको बताइएको छ।

मोर्चा चुनाबमा सहभागी हुने

शुक्रबार, ०८ बैशाख २०७४

मधेसी मोर्चा निर्वाचनमा सहभागी हुन सहमत भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र मोर्चाबीच भएको वार्तामा परिमार्जनसहित संविधान संशोधन गर्नेगरी मोर्चा चुनाबमा जान सहमत भएको हो।

कोरम नपुगेपछि संसद बैठक अाइतबार बस्नेगरी स्थगित

बिहिबार, ०७ बैशाख २०७४

व्यवस्थापिका संसदको बैठक वैशाख १० गते अाइतबार बस्ने गरी स्थगित भएको छ । बुधबार बस्ने भनिएको बैठक आवश्यक सदस्य संख्या(कोरम) नपुगेपछि बस्न नसकेकाे हाे।

संविधानमा नयाँ संशोधन प्रस्ताव दर्ता

मङ्गलबार, २९ चैत २०७३

सरकारले संविधानको नयाँ संशोधन प्रस्ताव दर्ता गराएको छ। पाँच महिना अघि संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिँदै सरकारले मंगलबार संसद सचिवालयमा नयाँ संशोधन प्रस्ताव दर्ता गरेको हो। कानुनमन्त्री अजयशंकर नायकले संसद सचिवालयमा प्रस्ताव दर्ता गराए।

चीनसँग कुनै सम्झौता नहुने, दाहालले सीसँग १५ मिनेट भेट्ने

मङ्गलबार, ०८ चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबारदेखि जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन्। चीन भ्रमणका अवसरमा उनले राष्ट्रपति सीसँग १२ मिनेट बैठक गर्ने निश्चित भएको छ।

Ncell Footer Ad