विजय यादव

विजय यादव

काठमाडौंमा नेपाल–भारत मैत्री मेला हुने

शुक्रबार, ०१ पुष २०७३

काठमाडौंमा नेपाल–भारत मैत्री मेला कार्यक्रम अयोजना हुने भएको छ। नेपाल–भारत युथ मैत्री संघको आयोजनामा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। मेलामा नेपाल तथा भारतको सांस्कृतिक तथा पर्यटन प्रदर्शनी समेत हुने भारतीय संस्था क्रेजी चेप्सका अध्यक्ष अमिन चन्द्रकारले बताए।

प्रदुषण नियन्त्रणको रणनीति मस्यौदा सार्वजनिक

शुक्रबार, ०१ पुष २०७३

वातावरण विभागले बढ्दै गएको प्रदुषण नियन्त्रण गर्न राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति तथा कार्ययोजनाको अन्तिम मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार राजधानीको होटल याक एण्ड यतिमा वतावरण मन्त्रालयद्वारा आयोेजित कार्यक्रममा मन्त्रालयले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति र कार्ययोजनाको अन्तिम मस्यौंदा सार्वजनिक गरेका छन् ।

मानव तस्करी पाँचवर्ष यताकै उच्च

बिहिबार, ३० मङि्सर २०७३

पछिल्लो वर्ष मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दो क्रममा रहेको देखिएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका अनुसार आ.व २०७२-०७३ मा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी २ सय १२ उजुरी दर्ता भए ।

वसन्तलाई ‘एक्सलेन्स इन्जिनियरिङ अवार्ड’

बुधबार, २९ मङि्सर २०७३

२४ देशका इन्जिनियरहरुलाई पछि पार्दै वसन्त कुशवाहाले ‘होस्पिटालिटी एक्सेलेन्स अवार्ड २०१६’ जितेका छन् । कुशवाहाले यसै वर्ष विश्वका १७ वटा देशका इन्जिनियरहरुलाई पछि पार्दै ‘इन्जिनियर अफ् द यर २०१६’को पुरस्कार पाएका थिए ।

वसन्तपुरको महादेवमन्दिर पुनर्निर्माण सकियो

बुधबार, २९ मङि्सर २०७३

राजधानीको वसन्तपुर दरबार क्षेत्रको महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । मन्दिरको पुनर्निर्माण काठमाडौं उपत्यका संरक्षण कोष (केभिपिटी)ले गरेको हो । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका महादेव मन्दिरको पुनर्निर्माण भदौमा सुरु भएको जानकारी केभिपिटीका आर्किटेक्ट इन्जिनियर पद्मसुन्दर महर्जनले दिए ।

प्रमोद र मनोज सुजाता बचाउ अभियानमा

शनिबार, २५ मङि्सर २०७३

गायक प्रमोद खरेलको पहलमा असारमा दोलखाको सुन्दरावतीमा रहेको सरस्वीत प्राथमिक विद्यालयको पुनः निर्माण भयो। त्यसपछि असोजमा प्रमोदले म्यागासासे पुरस्कार विजेता महावीर पुनको आविष्कार केन्द्र निर्माण अभियानका लागि क्यानडामा कन्सर्ट गरेर एक लाख २१ हजार रुपैयाँ जुटाए।

चार सम्पदा पुनर्निर्माणको तयारी

शनिबार, २५ मङि्सर २०७३

भूकम्पमा क्षतिग्रस्त सम्पदामध्ये चार वटा सम्पदाको पुनर्निर्माण गर्न भारतसँग अन्तिम चरणमा छलफल भैरहेको छ ।

नेफ्टा अवार्डमा नाच्न राजेश हमालको तयारी

बिहिबार, २३ मङि्सर २०७३

‘रातो टिका निधारमा’ बोलको गीत बजिरहेको थियो। अभिनेता राजेश हमाल अभिनेत्री मलिना जोशीसँग कम्मर मर्काइ–मर्काइ नाच्दै थिए। उनको डान्स स्टेपले चिसिएको मौसमलाई तताइरहेको थियो। बुधबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा डान्स रिहर्सलका लागि हमाल क्याजुअल गेटअपमा पुगेका थिए। जहाँ उनले पुस ८ गते दुबईमा हुने नेफ्टा फिल्म अवार्डमा आफूले डान्स प्रस्तुत गर्ने बताए । तर, गीतको बोल खुलाएनन् ।

सकिन लाग्यो मञ्जुश्रीको मूर्ति निर्माण

सोमबार, २० मङि्सर २०७३

कीर्तिपुर नगरपालिका-१४ चोभारमा मन्जुश्रीको ३३ फिटको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ। चोभार गल्छीनजिक स्थानीयको सहयोगमा तीन वर्षयता मन्जुश्रीको मूर्ति निर्माण भैरहेको छ। अग्लो मूर्तिको निर्माण ११ खण्डमा गरिएको छ।

अपांगता दिवसमा दृष्टिविहीनको र्याली

शनिबार, १८ मङि्सर २०७३

२५ औ अन्तर्राष्ट्रिय अपांगता दिवसमा दृष्टिविहिनहरुले राजधानीमा बृहत जनचेतना र्याली निकालेर मनाइएको छन् । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपांगता दिवस मनाइन्छ ।

यी हुन्– सक्षम दृष्टिविहीन

शनिबार, १८ मङि्सर २०७३

काठमाडौं महानगरपालिका बौद्ध–६, सिमलटार निवासी वासुदेव अधिकारीसँग यो संसार हेर्न सक्ने क्षमता छैन । तर पनि उनले हरेस खाएनन् । आफ्नो बहुआयामिक व्यक्तित्व प्रस्फुटन गर्न आँखाको कमजोरी अधिकारीका लागि तगारो बन्न सकेन ।

नेफ्टाका लागि १ सय २० फिल्मकर्मी दुबई जाने

बिहिबार, १६ मङि्सर २०७३

चलचित्र प्राविधिक संघ (नेफ्टा) अवार्डको तयारीले तीव्रता पाएको छ। मध्यपूर्वको आर्थिक राजधानी युएईस्थित दुबईमा हुने अवार्डका लागि काठमाडौंबाट १ सय २० सिनेकर्मीले भाग लिने जनाइएको छ।

हिंसामा विवाहित महिला बढी

बिहिबार, १६ मङि्सर २०७३

महिला हिंसाविरुद्ध २५ औं अन्तर्राष्ट्रिय १६ दिने अभियान चलिरहँदा एक प्रतिवेदनले बढी संख्यामा विवाहित महिला हिंसामा परेको देखाएको छ।

तलेजु पुनर्निर्माण अन्तिम चरणमा

बुधबार, १५ मङि्सर २०७३

राजधानीको हनुमानढोकास्थित तलेजु मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पले क्षतिग्रस्त तलेजु मन्दिर पुनर्निमाण तीव्र गतिमा भइरहेको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले दाबी गरे।

पशुपतिमा ६ लाख भक्तजनले शतबीज छरे

सोमबार, १३ मङि्सर २०७३

बाला चर्तुदशीको अवसरमा ६ लाख भक्तजनले दीप बालेर पशुपतिमा शतबीज छरेका छन्। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.गोविन्द टण्डनका अनुसार पशुपति क्षेत्रस्थित मृगस्थलीमा मृतकका आफन्तले आत्माको चिरशान्तिका लागि आइतबार बेलुका दीप प्रज्वलन गरी सोमबार विहान देखी शतबीज छरेर ६ लाख भक्तजनले बाला चतुर्दशी मनाएका छन्।

महिला हिंसाविरुद्ध हटलाइन सुरु

शुक्रबार, १० मङि्सर २०७३

महिला हिंसाका घटनालाई न्युनिकरण गर्नको लागि ‘महिला हटलाइन’ सेवा सुरु भएको छ। घरेलु, समाजिक, राजनैतिक, यौनिक, मानसिक वा अन्य जुनसुकै प्रकारको हिंसाबाट पीडित महिलालाई तत्काल राहत दिनको लागि ओरेक नोपलले ‘महिला हटलाइन’ सेवा सुरु गरेको छ।

दृष्टिविहीनले अब सहजै पुस्तक पढ्न सक्ने

बिहिबार, ०९ मङि्सर २०७३

दृष्टिविहीनले अब सूचना प्रविधिको प्रयोग गरी पुस्तक पढ्न पाउने भएका छन् । राजधानीको दृष्टिविहीन कल्याण संघमा अपांगता अधिकार र विकासका लागि क्रियाशील संस्था नेपालका अध्यक्ष विरेन्द्रराज पोखरेलले एडोब इनडिजाइन सफ्टवेयरबाट प्रकाशित पाठ्यपुस्तक दृष्टिविहीनले सजिलै पढ्न सक्ने प्रविधि प्रयोग गर्न आग्रह गरे ।

गायिका वली राप्रपा प्रवेश !

सोमबार, ०६ मङि्सर २०७३

लोक दोहरीका चर्चित गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छिन् । नेपाली लोक दोहरी गायनमा निकै प्रख्यात रहेकी वलीले सोमबार काठमाडौंमा आयोजित दुई राप्रपाबिचको पार्टी एकताको उद्घोषसभामा उक्त पार्टीमा प्रवेश गरेकाे जनाइन्।

रोकिएन पशुपति परिसरमा अवैध निर्माण

आइतबार, ०५ मङि्सर २०७३

मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोषको अधिकार क्षेत्रभित्र पर्ने जग्गामा अवैध निर्माण गरिरहेको छ। गौशालास्थित पशुपति गौशाला धर्मशाला परिसरभित्र अवैध रुपमा थालेको भवन निर्माण कार्य रोक्न कोष, पुरातत्व विभाग र प्रहरीले दिएको निर्देशनसमेत नटेरी जारी छ।

उपत्यकामा सामाचकेवा

मङ्गलबार, ३० कार्तिक २०७३

राजधानीमा थारु समुदायले सामाचकेवा पर्वको अन्तिम दिन सोमबार दिउँसो सामाचकेवाको मूर्ति नदीमा विसर्जन गरी सकिएको छ। राजधानीमा बसोबास गर्ने थारु समुदायको थारु महिला सभा, थारु महिला समाजको संयुक्त आयोजनामा सामाचकेवा मनाइएको थियो।