एजेन्सी

ससुरो न्युडिस्ट परेपछि...

बुधबार, १५ साउन २०७६

पश्चिमा संसारमा न्युडिस्ट एउटा लोकप्रिय व्यवहार हो तर सबै पश्चिमाले यसलाई रुचाउँछन् भन्ने छैन। यहाँ बताइदिई हालौँ, न्युडिस्ट भनेको नागाबाबा भनेजस्तै हो। उनीहरु नाङ्गै हिँड्न, बस्न रुचाउँछन्।

अब सार्वजनिक स्थानमा किस गरे सिधै जेल ! अश्लील शब्द बोल्नेले पनि छुट नपाउने

आइतबार, १२ साउन २०७६

तपाईहरुले आफ्नो प्रेमिका वा प्रेमीलाई अब सार्वजनिक स्थानमा किस अर्थात चुम्बन गर्नुभयो भने जेल सजाय हुन सक्छ। यो नियम भारतको हो। भारतीय दण्ड संहिता आइपीसीको धारा २९४ अन्तर्गत कुनै पुरुष वा महिलाले सार्वजनिक स्थानमा कुनै पनि प्रकारको अश्लील कार्य गरेमा प्रहरीले नियनत्रणमा लिएर कारवाही गर्ने छ। अश्लील गतिविधी अन्तर्गत किसलाई पनि समावेश गरिएको छ।

आर्चरलाई टोलीमा बोलाइयो

आइतबार, १२ साउन २०७६

इङ्ल्यान्डले इड्गावास्टनमा हुने अस्ट्रेलियाविरुद्धको एसेस शृंखलाअन्तर्गतको पहिलो टेस्टका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरलाई टोलीमा बोलाएको छ।

भूकम्पका कारण फिलिपिन्समा आठ जनाको मृत्यु

शनिबार, ११ साउन २०७६

स्थानीय अधिकारीहरुले दिएका जानकारीका अनुसार भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन्। उनीहरुले भूकम्पका कारण भत्किएका संरचनामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको पनि जनाएका छन्।

इरानद्वारा कब्जामा लिएका नौ जना भारतीयलाई रिहा

शुक्रबार, १० साउन २०७६

इरानले यही जुलाई १४ मा पानामाको ध्वजावहाक तेल ट्याङ्करलाई कब्जामा लिँदा नियन्त्रणमा लिएका १२ जना भारतीय नागरिकमध्ये नौ जनालाई रिहा गरेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ।

घाइते भइन् श्रद्धा

बुधबार, ०८ साउन २०७६

बलिउड अभिनेत्री श्रद्धा कपुर घाइते भएकी छिन्। ‘स्ट्रिट डान्सर थ्रीडी’ फिल्मको सुटिङको क्रममा उनको गोलीगाँठोमा चोट लागेको थियो। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले गोलीगाँठोको चोट कम गर्न फिलियोथेरापी गरिरहेको भिडियो राखेकी छिन्।

फेकिर बेटिसमा

बुधबार, ०८ साउन २०७६

विश्वविजेता फ्रान्सका मिडफिल्डर नबिल फेकिर फ्रेन्च क्लब लियोन छाड्दै ला–लिगा क्लब रियाल बेटिस जाने भएका छन्।

बोरिस जनसन बेलायतको भावी प्रधानमन्त्री

बुधबार, ०८ साउन २०७६

परिणाम सार्वजनिक भएपछि नयाँ नेताका रूपमा जनसनले पार्टी पंक्तिलाई सम्बोधन गरेका थिए। सम्बोधनमा उनले आफ्नो तीनवटा प्राथमिकता रहेको बताए।

ट्रम्पको भनाइप्रति भारतको असन्तुष्टि

बुधबार, ०८ साउन २०७६

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि देशको संसद्मा अमेरिकी राष्ट्रपतिले गरेको दाबी सत्य नभएको बताएका छन्।

चीनका पूर्व प्रधानमन्त्री ली फङको निधन

मङ्गलबार, ०७ साउन २०७६

चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङ को निधन भएको छ। उनी ९१  बर्षका थिए।

फेसएपले भेटायो १८ वर्षअघि हराएको बालक

सोमबार, ०६ साउन २०७६

रुसी फेसएप अहिले विश्वभरमा एकदमै चर्चामा छ। मान्छेहरू यो एपको प्रयोग गरेर आफ्नो वृद्ध अवस्थाको फोटो सामाजिक सञ्जालमा राखिरहेका छन्। तर, यही एपको सहायताबाट चीनमा बस्ने एउटा परिवारले आफ्नो १८ वर्ष अगाडि अपहरण भएका बच्चा फेला पारेका छन्।

म जेल जान तयार छु – प्रियङ्का गान्धी

शनिबार, ०४ साउन २०७६

भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताएकी छन्।

हङकङका विषयमा कुनै देशलाई बोल्न अनुमति छैनः चीन

शनिबार, ०४ साउन २०७६

हङकङका गतिविधिहरू चीनको आन्तरिक विषय भएकाले कुनै पनि देशलाई यसबारे बोल्न अनुमति नदिइएको चीनले बताएको छ।

पेन्गुइन पक्राउ !

शनिबार, ०४ साउन २०७६

न्युजिल्यान्ड वेलिंगटनमा प्रहरीले नीलो रङ्का दुई पेन्गुइन चरालाई मिठाइ पसलबाट पक्राउ गरेको छ। जापानी मिठाइ पसलभित्र ती साना चराहरू बारम्बार पसेका कारण प्रहरीले पक्राउ गरेको हो ।

चिनियाँ कम्पनीमाथि प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

शुक्रबार, ०३ साउन २०७६

इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ।

चिनियाँहरू नुहाउने बेलामा मोवाइल फोनबाट सेवा लिन्छन्ः अध्ययन

बिहिबार, ०२ साउन २०७६

चिनियाँ नागरिकहरूका लागि मोबाइल फोन यतिसम्म आवश्यक भइसकेको छ कि उनीहरूले स्नानकक्षमा पनि यसबाट विभिन्न सेवा लिने गरेका एक अध्ययनले देखाएको छ।

आयाक्सका डी लीट युभेन्टसमा अनुबन्धित

बिहिबार, ०२ साउन २०७६

नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन्।

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

बिहिबार, ०२ साउन २०७६

गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो।

साकिबबिनाको बंगलादेशी टोली

बुधबार, ०१ साउन २०७६

इङ्ल्यान्डमा सम्पन्न एकदिवसीय विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका बंगलादेशका ब्याट्सम्यान साकिब अल हसनलाई बाहिर राख्दै बंगलादेश क्रिकेट बोर्डले आगामी श्रीलंका टुरका लागि टोली सार्वजनिक गरेको छ। यस्तै बोर्डले साकिबसँग लिटन दासलाई पनि टोलीमा समावेश गरेको छैन।

अमेरिकी कम्पनीसँग सम्बन्ध तोड्ने चिनियाँ घोषणा

मङ्गलबार, ३१ असार २०७६

चीन सरकार र चिनियाँ कम्पनीहरुले ताइवानलाई हतियार बेच्दै आएका अमेरिकी कम्पनीसँगको व्यापार सम्बन्ध तोड्ने भएका छन्। वासिङ्टनसँगको सम्बन्ध खराब भइरहेकै बेला आएको चीनको यस्तो प्रतिबन्धबारे भने विस्तृत विवरण भने दिइएको छैन।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad