एजेन्सी

अमेरिकालाई चीनको चेतावनी

शुक्रबार, १३ मङि्सर २०७६

हङकङका सरकारविरोधी प्रदर्शनकारीलाई समर्थन गरिरहे अमेरिकाविरुद्ध ‘दृढ प्रतिक्रियात्मक कदम’ चाल्ने चेतावनी चीनले दिएको छ। पछिल्लो पाँच महिनादेखि हङकङमा लोकतन्त्र पक्षधरले सरकारविरोधी प्रदर्शन गरिरहे पनि मुखै खोलेर चीनले अमेरिकालाई चेतावनी दिएको यो पहिलो पटक हो।

श्रीलंकामा ३५ राज्यमन्त्री नियुक्त

बिहिबार, १२ मङि्सर २०७६

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबय राजापाक्षेले बुधबार ३५ जना राज्यमन्त्री नियुक्त गरेका छन्। केही दिनअघि आफ्नै दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएका राष्ट्रपति गोताबयले तीन उपमन्त्री पनि नियुक्त गरेका छन्।

सात जनालाई मृत्युदण्डको फैसला

बिहिबार, १२ मङि्सर २०७६

सन् २०१६ को जुलाईमा राजधानी ढाकास्थित होली आर्टिजन बेकरी क्याफेमा अत्याधुनिक राइफलसहितका इस्लामिक जिहादी युवाले अन्धाधुन्ध गोली चलाई विदेशी नागरिकको हत्या गरेका थिए।

सोनिया गान्धीको नेतृत्वमा प्रदर्शन

मङ्गलबार, १० मङि्सर २०७६

भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसद्मा प्रदर्शन भएको छ। महाराष्ट्र राज्यमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन्। काँग्रेसका नेताहरुले ‘लोकतन्त्रको हत्या बन्द गर’ भनेर नारा लगाएका थिए।

उत्सुक कट्रिना

सोमबार, ०९ मङि्सर २०७६

बलिउड अभिनेत्री कट्रिना कैफ आफ्नो अभिनयको स्तरलाई फराकिलो पार्न लागिपरेकी छिन्। भारतीय सञ्चारमाध्यसँग कुराकानी गर्दै उनले फरक भूमिकाहरूमा अभिनय गर्ने इच्छा व्यक्त गरेकी थिइन्।

राजीनामा दिन नेतान्याहुलाई आग्रह

सोमबार, ०९ मङि्सर २०७६

इजरायलको ‘ब्लु एन्ड ह्वाइट’ पार्टीका नेता बेनी गान्जले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दल लिकुड पार्टीका नेताहरूलाई सरकार गठनमा आफूलाई सघाउन आग्रह गरेका छन्। उनले प्रधानमन्त्री नेतान्याहुलाई सरकारको नेतृत्वको दौडमा पछि हट्न सुझावसमेत दिएका छन्।

लिटिल किमको यस्तो मस्ती

शुक्रबार, ०६ मङि्सर २०७६

अमेरिकन -यापर लिटिल किम प्रेमी द ग्रेटसँग हालै वेस्ट हलिउडमा मस्ती गर्दै गरेको बेला फोटोग्राफरको नजरमा परिन्। प्रेमीसँग निकै मायालु व्यवहार गरिरहेकी ४५ वर्षीया -यापरले फोटोपत्रकारले पछ्याएको चाल पाए पनि कुनै नकारात्मक प्रतिक्रिया देखाइनन्। प्रेमीसँग झन टाँसिइन् र मायालु व्यवहार बढाइन्।

गृहयुद्ध अन्त्यको नेतृत्व गरेका दाजुभाइ शक्तिमा

शुक्रबार, ०६ मङि्सर २०७६

राजापाक्षे दाजुभाइले देशमा विखण्डनवादी समूह तमिल टाइगर (लिट्टे) नेतृत्वमा भएको दशकौं लामो गृहयुद्धलाई सन् २००९ मा अन्त्य गराएको विरासत छ। दशकौं लामो गृहयुद्धका बेला दुवै पक्षका गरी श्रीलंकामा कम्तीमा एक लाख मानिस मारिएका थिए।

‘आसियान’ सम्मेलनमा सहभागी हुन गरिएको आग्रह उत्तर कोरियाद्वारा अस्वीकार

शुक्रबार, ०६ मङि्सर २०७६

आसियानको शिखर बैठकका लागि दक्षिण कोरियाले गरेको निमन्त्रणलाई धन्यवाद दिँदै प्योङयाङले ‘सो सम्मेलनमा नेता किम सहभागी हुनका लागि उचित कारण नभेटेको’ बताएको छ।

हिटलरको जन्मघरमा प्रहरी कार्यालय

शुक्रबार, ०६ मङि्सर २०७६

हिटलर जन्मिएको केही सातासम्म उनको परिवार सोही भवनको एउटा तल्लामा बसेको थियो। त्यसपछि उनीहरू अन्यत्रै सरेका थिए।

‘पागलपन्ती’को प्रमोशनमा व्यस्त उर्वशी

बिहिबार, ०५ मङि्सर २०७६

मिस युनिर्भस उर्वशी रौतेला बलिउड इन्डस्ट्रिमा हट एक्ट्रेसको रुपमा परिचित छिन्। उनको फिल्मको संख्या कम नै छ तर चर्चामा बस्ने मामलामा उनी कोही भन्दा कम छैनन्।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

शुक्रबार, २९ कार्तिक २०७६

इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी जारी गर्दै मानिसहरुलाई समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ।

राम मन्दिरको पक्षमा सर्वोच्चको फैसला, मस्जिद बनाउन वैकल्पिक भूमि दिन आदेश

शनिबार, २३ कार्तिक २०७६

राम मन्दिर–बाबरी मस्जिद विवादबारे भारतको सर्वोच्च अदालतले ४० दिन लामो ‘म्याराथन’ सुनुवाई गएको अक्टोबर १६ मा पूरा गरेको थियो। राजनीतिक रुपले अति संवेदनशील राम मन्दिर र बाबरी मस्जिदको जमिनको स्वामित्वलाई लिएर विवाद रहँदै आएको थियो।

इराकमा सरकार विरोधी प्रदर्शन जारी, ९३ जनाको मृत्यु

शनिबार, १८ असोज २०७६

इराकी राजधानी बग्दाद र इराकका अरु प्रान्तमा भडकिएको सरकार विरोधी प्रदर्शनका क्रममा मारिने व्यक्तिको संख्या ९३ जना पुगेको छ।

फेसबुकको लिब्रालाई झड्का, पेपल बाहिरियो

शनिबार, १८ असोज २०७६

अमेरिकाको सान जोजेमा मुख्यालय रहेको पेपलले जारी गरेको विज्ञप्तिमा कम्पनीले हालकै संरचना र विधिबाट बढीभन्दा बढी प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो सेवा प्रवाह गर्ने जनाएको छ।

जस्टिनले गरे पुनर्विवाह

बिहिबार, १६ असोज २०७६

गायक जस्टिन बिबरले पुनर्विवाह गरेका छन्। साउथ क्यारोलिनाको मोन्टेज पामेन्टो होटलमा पारिवारिक र निकट साथीहरुको उपस्थितिमा उनले पत्नी मोडल हेली बाल्डविनसँग पुनर्विवाह गरेका थिए।

हङकङका लागि ‘हिंस्रक र अराजकपूर्ण दिन’

बिहिबार, १६ असोज २०७६

मंगलबार पक्राउ पर्नेमा १२ वर्षदेखि ७१ वर्ष उमेरसम्मका थिए। सयजना भन्दा बढी मानिसलाई अस्पताल लगिएको थियो भने ३० प्रहरी पनि घाइते भएका थिए।

रहेनन् 'शोले'का कालिया

सोमबार, १३ असोज २०७६

चर्चित फिल्म 'शोले' मा कालियाको भूमिका निभाउने कलाकार विजु खोटेको निधन भएको छ। उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

‘ट्रम्प–जेलेन्स्की फोन वार्ताको विवरण लुकाउन खोजियो’

शुक्रबार, १० असोज २०७६

कंग्रेसको अनुसन्धान ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गरे वा गरेनन् तथा विदेशी सहयोगमा बाइडनलाई कमजोर पारेर आफू पुनः निर्वाचित हुन खोजेका हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित हुनेछ।

अमेरिकामा इमरान खानले भनेः काश्मिरमाथि भारतले अत्याचार गरेको छ

सोमबार, ०६ असोज २०७६

न्युयोर्कमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकी सांसदहरूलाई काश्मिर घटनाबारे जानकारी गराएका छन्। भारतले काश्मिर बिषयमा लिएको पछिल्लो कदमपछि भारतसँग व्यापारिक कारोबार बन्द गरेका खानले काश्मिरमाथि भारतले अन्याय र अत्याचार गरेको टिप्पणी गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad