एजेन्सी

गर्भवती महिलाकालागि सार्वजनिक यातायातमा अलर्टको व्यवस्था

सोमबार, २७ असार २०७३

दक्षिण कोरियाले बुसान सहरमा गरेको सफल परीक्षणपछि गर्भवती महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्दा सिटको व्यवस्थाकालागि ब्लुटुथ–पावर सिस्टमको गोजना अघि बढाउने भएको छ।

एन्टिनो ग्रिजम्यानले जिते गोल्डेन बुट

सोमबार, २७ असार २०७३

फ्रान्सका स्ट्राइकर एन्टिनो ग्रिजम्यानले युरोकप २०१६ को गोल्डेन बुट जितेका छन्। गए राति स्टाडे फ्रान्समा सम्पन्न पोर्चुगल विरुद्धको फाइनलमा उल्लेख्य प्रदर्शन गर्न नसकेपनि उनले उत्कृष्ट स्ट्राइकर हुदै गोल्डेन बुल जितेका हुन्।

काश्मिरमा हिंसा भड्कियो २३ जनाको मृत्यु

सोमबार, २७ असार २०७३

भारत प्रशासित क्षेत्र काश्मिरमा भड्किएको दंगामा मृत्यु हुनेको संख्या २३ पुग्नुका दुई सय भन्दा बढी मानिस घाइते भएको भारतीय संचार माध्यमले जनाएका छन्।

म्यानचेस्टर सिटी इ–स्पोर्टस खेलाडीसँग सम्झौता गर्ने पहिलो क्लब

आइतबार, २६ असार २०७३

इङलिस प्रिमियर टोली म्यानचेस्टर सिटीले एक नयाँ खेलाडीसँग सम्झौता गरेको छ। तर ती खेलाडी सिटीको जर्सीमा भने कहिले मैदानमा उत्रने छैनन् ।

चर्चित फुटबल खेलाडी पेलेले गरे तेस्रो विवाह

आइतबार, २६ असार २०७३

ब्राजिलियन फुटबल लिजेन्ड पेलेले तेस्रो विवहा गरेका छन् । शनिबार सान पाउलोस्थित गारुजामा सम्पन्न एक पारिवारिक समारोहकाबीच ७५ वर्षीय पेलेले आफूभन्दा २५ वर्ष कम उमेरकी जापानिज प्रेमीका मार्सिया सिबिलि आओकीसँग लगनगाठो कसेको दि सनले जनाएको छ । उनीहरु विगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए।

दक्षिणी सुडानमा भएको झडपमा १५० भन्दा बढिको मृत्यु

आइतबार, २६ असार २०७३

दक्षिणी सुडानको जुवामा भएको झडपमा परी १ सय ५० भन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गत शुक्रबार राष्ट्रपति साल्भा किरले उपराष्ट्रपति रिक मर्चासँग भेटवार्ता गर्ने क्रममा त्यहाँ गोली चलेको थियो। उनीहरुका अंगरक्षकहरुले एक आपसमा गोली चलाउन थालेपछि दंगा भड्केको थियो । सो घटनापछि अन्य स्थानमा पनि उनीहरुका समर्थकबीच झडप सुरु भएको थियो।त्यहाँका अधिकारीहरुले मृतकको संख्या अझ बढी हुनसक्ने बताए।

आलियाको पति र ब्वाईफ्रेन्ड छुट्टा छुट्टै

आइतबार, २६ असार २०७३

बलिउड जगतमा त्यसै पनि स्टारहरुको प्रेमको चर्चा सँधै रहिरहन्छ । को सेलिब्रेटी कोसँग डेटका छन् , कसको मन मुटाव कोसँग छ ? भारतीय संचार माध्यमामा सँधै हट मसलाका रुपमा रहने गर्दछ ।

मेसीले स्पेन छाड्ने !

शनिबार, २५ असार २०७३

स्पेनिस फुटबल लिग ला लिगाका अध्यक्ष जाभिएर टावेसले लियोनल मेसीले कर छली प्रकरणमा जेल सजाय पाएपछि स्पेनिस लिग छाड्ने डर भएको बताएका छन्। यता स्पेनिस संचार माध्यमहरुले मेसीका पिता जर्जले इङलिस प्रिमियर टोली चेल्सीका मालिकलाई भेटेको समाचार बाहिर ल्याएपछि यो सम्भावना अझ चुलिएको देखिन्छ।

सोनाक्षीको बोल्ड अवतार

शनिबार, २५ असार २०७३

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बोल्ड स्वभावका अभिनेताको चकलेटी जोडी भएर धेरै फिल्ममा काम गरिसकेकी छिन् । सलमान खानसँग फिल्म ‘दबंग’मा, अक्षय कुमारसँग फिल्म ‘राउडी राठोर’मा र अजय देवगनसँग फिल्म ‘एक्सन ज्याक्सन’ र ‘सन अफ सरदार’मा उनले काम गरिसकेकी छिन् । यी सबै फिल्ममा अभिनेता बोल्ड खालका छन् भने सोनाक्षी रुन्चे सुन्दरी ।

फेसबुकले गर्यो गोप्य सन्देश सेवाको परिक्षण

शनिबार, २५ असार २०७३

फेसबुकमा अब व्यक्तिगत सन्देश लुकाउन मिल्ने भएको छ। उसले मेसेन्जर एपको प्रयोग गरी गोप्य सन्देश सोवाको परिक्षण गरेपछि व्यक्तिगत सन्देश लुकाउन मिल्ने भएको हो।

शंकास्पद व्यक्तिको घरमा बम भेटियोःप्रहरी

शनिबार, २५ असार २०७३

डल्लास हमलामा संलग्न भनिएका व्यक्तिको घरमा बम बनाउन प्रयोग गरिने सामाग्री, राइफल तथा अन्य हातहतियार भेटिएको प्रहरी अधिकारहरुले बताएका छन्।

एप्पलले अंग दानका लागि स्वास्थ एप ल्याउँदै

शुक्रबार, २४ असार २०७३

काठमाडौं– विश्व बजारमा सर्वाधिक लोकप्रिय मोबाइल कम्पनी एप्पलले छिटै स्वास्थसम्बन्धी नयाँ एप ल्याउने जनाएको छ। यसै वर्षको अन्त्य सम्ममा प्रयोगमा ल्याइने उक्त स्वास्थ एपमा साइइ अप गरेर आइफोनका प्रयोगकर्ताहरुले अंग दाता बन्नका लागि रजिस्टे«शन गर्न सक्ने कम्पनीले जनाएको छ। प्रयोग गप्रयोगकर्ताहरुले आखाँ र टिस्य¬ दान गर्न सक्नेछन्।

मुसासँग सर्प पराजित

बिहिबार, २३ असार २०७३

अठोट गरी संघर्षमा उत्रियो भने आफूभन्दा कैयौँ गुणा बलियो शत्रुलाई पनि पराजित गर्न सकिन्छ भन्ने कुरा एउटा मुसाले प्रमाणित गरिदिएको छ । एउटा सर्पले मुसाको बच्चालाई खान लाग्दा मुसाकी आमा आएर सर्पसँग लडाइँ गरी विजयी भएको भिडियो अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ ।

बंगलादेशमा इदको प्राथनाबीच गोली चल्यो, तीन जनाको मृत्यु, १४ जना घाइते

बिहिबार, २३ असार २०७३

बंगलादेशमा बन्दुकधारीले इदको प्राथना चलिरहँदा गोली चलाएपछि तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

नक्कली तस्विरका लागि माफी

बिहिबार, २३ असार २०७३

चाइनिज स्मार्ट फोन कम्पनी हुवाईले बजारमा आउन लागेको आफ्नो नयाँ स्मार्ट फोनको प्रचारका लागि अनलाइनमा पोस्ट गरिएको तस्बिर भ्रमक भएको भन्दै माफी मागेको छ। हुवाईले गुगल प्लसमा आफ्नो नयाँ स्मार्ट फोनले लिएको तस्बिर भन्दै राखेको तस्बिर प्रोफेशनल क्यामेराले खिचिएको पाइएपछि माफी मागेको हो।

बेलायत इयूबाट बाहिरिनु मुख्य कारण मूल्य वृद्धि

बिहिबार, २३ असार २०७३

अमेरिकी कम्पियुटर उत्पादक कम्पनी डेल र चाइनिज स्मार्टफोन कम्पनी वान प्लसले बेलायतमा आफ्नो उत्पादको मूल्य वृद्धि गर्ने बताएकाछन्। उनीहरुले मूल्य बढ्नुको प्रमुख कारण बेलायत युरोपियन युनियन (इयू)बाट बाहिरिनु रहेको पनि बताएका छन्। बेलायतमा आफ्नो उत्पादन पुर्याइरहेका अन्य कम्पनीले पनि चाँडै नै आफ्नो उत्पादको मूल्य बढाउने बताएका छन्। अर्थबिद्ले भने मूल्य अझै उच्च विन्दुमा पुप्ने बताएका छन्।

अमेरिकी सरकारद्वारा उत्तर कोरियाली नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध

बिहिबार, २३ असार २०७३

अमेरिकी सरकारले उत्तर कोरीयाली सर्वेच्च नेता किम जोङ उन विरुद्ध प्रतिबन्ध लगाएको छ। कोरियाली जनता विरुद्ध गम्भीर मानव अधिकार उल्लंघन गरेको भन्दै बाराक ओबामाको नेतृत्वको सरकारले उनसहित अन्य दश सरकारी अधिकारीहरुलाई प्रतिबन्ध लगाएको हो।

खुनी महिना !

बिहिबार, २३ असार २०७३

आइतबार इराकमा भएको आक्रमणमा १६५ जनाको ज्यान गयो । गत महिना यता आइएसले गरेका आठ वटा आक्रमण मध्ये आइतबारको आक्रमण सबैभन्दा भयंकर थियो । रमदान सुरु भएदेखिनै आइएसले विभिन्न देशमा आक्रमण तिब्र बनाएको छ । यसरी रमदान सुरु भएयता अमेरिकाको ओल्र्यान्डोदेखि ढाका आक्रमण सम्ममा ३०० भन्दा बढीको ज्यान गइसकेको छ ।

रोनाल्डोको नयाँ रेकर्ड

बिहिबार, २३ असार २०७३

पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले युरोकपमा सर्वाधिक गोलकर्ताका रुपमा रहेका फ्रान्सका मिचेल प्लाटिनीको कीर्तिमान बराबरी गरेका छन्।

निर्दोष हिलारी

बिहिबार, २३ असार २०७३

अमेरिकाको गुप्तचर संस्था एफबीआईले सरकारी कामका लागि हिलारी क्विंटनले इमेल दुरुपयोग गरेको हुन सक्ने सम्बन्धमा गरेको अनुसन्धानमा हिलारी निर्दोष देखिएको बताएको छ । योसँगै गुप्तचर संस्थाले हिलारी विरुद्ध मुद्दा दायर नगर्ने फैसला गरेको छ ।

Ncell Footer Ad