एजेन्सी

ह्ग्विोइन युभेन्टस जाने पक्का

आइतबार, ०९ साउन २०७३

अर्जेन्टिनाका स्ट्राइकर गोल्जालो ह्ग्विोइन इटालियन सिरी ए क्लब युभेन्टस जाने पक्का भएको छ। इटालीका संचारमा माध्यमले जनाए अनुसार युभेन्टस ह्ग्विोइनलाई अर्को सिरी ए टोली नेपोलीबाट ७९ मिलयिन युरोमा भित्र्याउन लागिएको हो।

जर्जीनो लिभरपुलमा अनुबन्धित

शनिबार, ०८ साउन २०७३

नेदरल्याण्डका मिडफिल्डर जर्जीनो विजालडम इङलिस प्रिमियर टोली लिभरपुलमा अनुबन्धन भएका छन् । २५ वर्षीय जर्जीनोलाई लिभरपुलले अर्को प्रिमियर टोली न्युकासल युनाइटेडबाट २५ मिलियन युरोमा अनुबन्धन गरेको हो ।सम्झौता अनुसार हाललाइै उनलाई क्लबले २३ मिलियन युरो दिने छ भने उनको प्रर्दशन हेरेर २ मिलियन युरो थप गर्ने बताइएको छ ।

म्युनिकमा गोली चल्दा ९ जनाको मृत्यु

शनिबार, ०८ साउन २०७३

म्युनिकको एक सपिङ सेन्टरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको जर्मन प्रहरीले जनाएको छ। प्रहरीले जर्मन–इरानी नागरिक १८ वर्षीय एक युवकले ओलम्पिया सपिङ सेन्टरमा चोली चलाउँदा ९ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना मानिस घाइते भएको जनाएको छ। घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ। प्रहरीले जवाफी कारबाहीमा बन्दुकधारी मारिएको पुष्टि गरेको छ।

आफ्नो बच्चालाई कुन उमेरमा स्मार्टफोन दिनु ठिक ?

शुक्रबार, ०७ साउन २०७३

केही समय पहिले धेरै अविभावकहरु आफ्ना छोराछोरीलाई कुन उमेरमा कारको साँचो दिने विषयमा चिन्तित थिए। तर, अहिले अविभावकहरु एउटै प्रश्नमा रुमल्लिरहेका छन, ‘आफ्ना बालबच्चालाई कुन उमेरमा स्मार्टफोनको प्रयोग गर्न दिने ?

ड्रयागन कार्गो क्राफ्ट आइएसएसको पोर्टमा पुग्यो

बिहिबार, ०६ साउन २०७३

स्पेस एक्सको ड्रयागन कार्गो क्राफ्ट बुधबार इन्टरनेशनल स्पेस स्टेशन आइएसएसमा पुगेको छ । पृथ्वीबाट ४ सय किलोमिटर टाढा रहेको स्पेस एक्सको उक्त ड्रयागन नयाँ डकिङ पोर्ट र अनुसन्धानकालागि प्रयोग हुने सामाग्रीसहित दुई दिन पहिला फाल्कन रकेटको साथमा इन्टरनेशनल स्पेस स्टेशनमा पठाएको थियो।

बेलायती माझ डेटिङ एप लोकप्रिय

बिहिबार, ०६ साउन २०७३

बेलायतमा गरिएको एक सर्वेक्षणले बेलायतीमा डेटिङ एपको प्रयोग गर्ने क्रम बढेको देखाएको छ। सर्वेक्षणमा सहभागी मध्य एकतिहाई मानिसले आफै गर्लफ्रेन्ड तथा व्वाईफ्रेन्ड खोज्नु भन्दा पनि स्मार्टफोनमा भएको डेटिङ एपको प्रयोग गरी सम्भावित पार्टनर खोज्न सहज हुने बताएका थिए।

टर्कीमा संकटकाल घोषणा

बिहिबार, ०६ साउन २०७३

टर्कीका राष्ट्रपतिले रिसेप ताइयप एन्र्दौेनले तीन महिनाको संकटकाल घोषणा गरेका छन्। अंकारास्थित राष्ट्रपति भवनबाट सम्बोधन गर्दै एन्र्दोनले गत शुक्रबार भएको असफल ‘कू’ को प्रयासपछि देशमा असहज परिस्थिति आएको भन्दै तीन महिने संकटकाल घोषणा गरिएको बताएका छन्।

विना तलब अर्जेन्टिनाको प्रशिक्षक बन्न तयार छु: म्यारोडोना

बुधबार, ०५ साउन २०७३

अर्जेन्टिनाका पूर्वकप्तान डिएगो म्यारोडोनाले आफू पुन प्रशिक्षकका रुपमा राष्ट्रिय टोलीमा फर्कन आतुर रहेको बताएका छन्। म्यारोडोनाले यसकालागि विना पारिश्रमिक काम गर्ने बताएका छन्।

रियल मड्रिडलाई लेभेन्डोस्कीको आवश्यकता छैन: कार्लोस एन्सिलोटी

बुधबार, ०५ साउन २०७३

बार्यन म्युनिखका मुख्य प्रशिक्षक कार्लोस एन्सिलोटीले आफ्ना स्ट्राइकर रोर्बट लेभेन्डोस्कीलाई तत्काल अन्य क्लबलाई बेच्ने कुनै सोच नभएको बताएका छन्।

दबंग—३ मा सोनाक्षीको सट्टा परिणिती !

बुधबार, ०५ साउन २०७३

निर्देशक कबिर खानको फिल्म ‘ट्युवलाइट’ मा दबंग स्टार सलमान खान शुटिङको तरखरमा रहेको खबर भारतीय संचार माध्यमा आइरहेका छन्।

‘कबाली’ प्रदर्शन हुने दिन सार्वजनिक बिदा!

बुधबार, ०५ साउन २०७३

दक्षिण भारतीय चलचित्रका सुपरस्टार रजनिकान्तलाई उनका समर्थक भगवानका रुपमा मान्दछन् र उनको पूजा पनि गर्छन्। उनका समर्थक हाल जुलाइ २२ बाट प्रर्दशनमा आउने उनको आगामी चलचित्र कबालीको व्यग्र प्रतिक्षा गरिरहेका छन्।

जिका भाइरसबारे विज्ञ थप चिन्तित

बुधबार, ०५ साउन २०७३

एक वृद्धाको जिका भाइरस संक्रमित भई मृत्यु भएपछि अमेरिकाका स्वास्थ विज्ञहरु थप चिन्तित बनेका छन्। हालसम्म लामखुट्टेको टोकाई तथा यौनसम्पर्कबाट जिका भाइरस फैलेने खतरा रहेको बताइएको थियो। साथै गर्भवती आमाबाट बच्चामा उक्त भाइसर गर्भमा नै सर्ने खतरा रहेको विश्वास गरिएको थियो।

ब्राजिलमा वाट्स एप तेस्रो पटक प्रतिवन्धित

बुधबार, ०५ साउन २०७३

ब्राजिललको एक अदालतले वाट्स एपलाई आफूहरुले एक अपराधिक घटनाको अनुसन्धानका लागि माग गरेको जानकारी नदिएको भन्दै उक्त एपलाई केही क्षण प्रतिबन्ध लगाएको छ।

महिला जिस्काएर जेल जानेमा ५० भन्दा बढी उमेरका

बुधबार, ०५ साउन २०७३

तथ्यांक उत्तर प्रदेशको हो । उत्तर प्रदेशमा महिलालाई जिस्काएर जेल जानेमा ५० भन्दा बढी उमेरका व्यक्ति रहेको तथ्यांक सार्वजनिक भएको हो । महिलाहरुको गुनासो सुन्न सुरु गरिएको ‘वुमन पावर’ हट लाइनमा आएका गुनासामाथि अनुसन्धान गर्दै महिला जिस्काउन यस्ता पुरुषको संलग्नता ज्यादा रहने गरेको तथ्यांक सार्वजनिक भएको हो । दोषी पाइएका यस्तालाई जेल पठाइएको छ ।

ट्रम्पकी श्रीमतिलाई बौद्धिक चोरीको आरोप

बुधबार, ०५ साउन २०७३

रिपब्लिकन पार्टीको तर्फबाट सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पकी श्रीमति मेलियन ट्रम्पलाई बौद्धिक चोरीको आरोप लागेको छ । रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाषण गरेकी ट्रम्पले वर्तमान राष्ट्रपति बाराक ओबामा पत्नी मिसेल ओबाले सन् २००८ मा गरेको भाषणको केही अंश दुरुस्त बोलेको भन्दै उनमाथि बौद्धिक चोरीको आरोप लागेको हो ।

टर्कमा ८ हजार प्रहरी निलम्बन

मङ्गलबार, ०४ साउन २०७३

टर्की सरकारले कू प्रयासमा संलग्न भएको आरोपमा ८ हजार प्रहरी निलम्बन गरेको जनाएको छ । आइतबार मात्र सरकारले सेना र न्याय व्यवस्थासँग जोडिएका ६ हजारलाई हिरासतमा लिएको थियो । सरकारले सेनाका जनरल सम्मलाई पनि नियन्त्रणमा लिएको थियो । राष्ट्रपति रेचप तैयव एड्रोगानले आइतबार सर्वसाधारणलाई सम्बोधन गर्दै कु प्रयास गर्ने भाइरसलाई खत्तम पार्ने घोषणा गरेका थिए ।

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको तयारी

मङ्गलबार, ०४ साउन २०७३

दक्षिण कोरियाले उत्तर कोरियाले फेरि पनि अर्काे क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको जानकारी प्राप्त भएको जनाएकोे छ । दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको छ ।

सिद्धार्थ र आलिया डेटिङमा !

सोमबार, ०३ साउन २०७३

भातीय संचार माध्यमले केही समय पहिलादेखि आलिया भट्ट र सिद्धार्थ मल्होत्राको प्रेम सम्बन्धमा रहेको बताउँदै आएका थिए। तर आलिया र सिद्धार्थले यस विषयमा आफ्नो मुख खोलेका थिएनन् । सामाजिक संजाल इन्ट्राग्राममा पोस्ट गरिएका तस्बिरका आधारमा उनीहरु रिलेशनमा रहेको अड्कलबाजी गरिँदै आएको थियो।

स्पेस एक्सको पाचौं रकेट स्पेसमा

सोमबार, ०३ साउन २०७३

सोमबार बिहान स्पेस एक्सले आफ्नो रकेट अन्तर्राष्ट्रिय स्पेस स्टेशन आइएसएसमा सफलता पूर्वक परिक्षण गरेको छ। विगत सात महिनामा स्पेस एक्सले स्पेसमा रकेट पठाएको यो पाचौं पटक हो ।

यासिर शाह चम्किँदा पाकिस्तानको सानदार जित

सोमबार, ०३ साउन २०७३

लेग स्पिनर यासिर शाहा चम्कदाँ पाकिस्तानले घरेलु टोली इङल्याण्डमाथि ७५ रनको सानदार जित हात पारेको छ । पहिलो टेस्टको चौथो दिन २ सय ८३ रनको विजयी लक्ष्यका साथ मैदनमा उत्रिएको इङल्याण्ड २०७ रनमा अलआउट भएको थियो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad