एजेन्सी

ट्रम्पले हिरालीलाई राक्षससँग तुलना गरेपछि...

बुधबार, १९ साउन २०७३

रिपब्लिकन उमेद्वार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई राक्षससँग तुलना गरेका छन्। ओहायो कोलम्बसमा आयोजित र्यालीलाई सम्वोधन गर्ने क्रममा उनले क्लिन्टनलाई राक्षसको संज्ञा दिएका हुन्। उनले भने, ‘क्लिन्टनका प्रत्यासी बर्नी स्यान्डर्सले राक्षरसँग सम्झौता गरे।’

सलमान खानका समर्थकलाई खुशीको खबर

मङ्गलबार, १८ साउन २०७३

बलिउड चर्तित अभिनेता सलमान खानको यतिबेला धेरै माग छ। सलमानको फिल्म ‘सुल्तान’ बक्सअफिसमा सुपरहिट सावित भयो। उनको आउने फिल्म ‘ट्युबलाइट’ को अहिलेदेखि नै चर्चा सुरु भएको छ।

डोनाल्ड ट्रम्पकी श्रीमतीको नांगो फोटो सार्वजनिक भएपछि...

मङ्गलबार, १८ साउन २०७३

रिपब्लिक पार्टीबाट अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पको नांगो फोटो भाइरल भएको छ। मेलानियाको नांगो फोटो न्युयोर्क पोष्टमा प्रकाशित भएको छ। तर मेलानियाको सो नांगो फोटो डोनाल्ड ट्रम्पसँग विवाह गर्नुपूर्व मेलानिया मोडलिङ गर्दाताकाको रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

राष्ट्रपतिलाई नियन्त्रणमा लिन खोज्ने सैनिकहरु पक्राउ

सोमबार, १७ साउन २०७३

अंकारा— जुलाई १५ मा भएको सैनिक कुको प्रयासका क्रममा टर्कीका राष्ट्रपतिलाई उनी बसेको होटलबाट नियन्त्रणमा लिन खोज्ने सैनिक अधिकारीहरुलाई पक्राउ गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति रिसेफ तेययव एर्दोआन छुट्टी मनाइरहेको होटल नियन्त्रणमा लिन खोज्ने उनीहरुलाई उक्त होटल नजिक रहेको जंगलमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिइएको संचार माध्यमले जनाएका छन्।

पापराजीलाई कट्रिनाको चेतावनी

आइतबार, १६ साउन २०७३

बलिउड सुन्दरी कट्रिना कैफ प्राय संचार माध्यमबाट टाढै बस्न रुचाउँछिन्। अझ आफ्नो सहमति बिना कुनै फोटोपत्रकारले आफ्नो तस्बिर लिएको उनलाई पटक्कै मनपर्दैैन।

संजय दत्त बलिउडमा कमब्याक गर्दै

आइतबार, १६ साउन २०७३

लामो जेल जीवन विताएर केही समय अगाडि छुटेका बलिउड चर्चित अभिनेता संजय दत्तले छिटै बलिउडमा कमब्याक गर्ने भएका छन्।

अर्जेन्टिनाको ओलम्पिक फुटबल टिम मेक्सिकोमा लुटियो

आइतबार, १६ साउन २०७३

ओलम्पिक खेलअघि अभ्यासका क्रममा मेक्सिकोमा रहेको अर्जेन्टिनाको ओलम्पिक फुटबल टिमले आफू बस्ने होटलबाट पैसा तथा केही विद्युतीय सामान लुटिएको जनाएको छ।

चेल्सी रियल मड्रिडसँग स्तब्ध

आइतबार, १६ साउन २०७३

स्पेनिस जायन्ट रियल मड्रिडले इङलिस प्रिमियर टोली चेल्सीलाई पराजित गरेको छ। अमेरिकामा जारी इन्टरनेशनल च्याम्पियन कप अन्तर्गतको खेलमा रियलले चेल्सीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। रियलको जितमा मार्सेलोले खेलको १९ र २६ औं दुई गोल तथा मारिनोको ३७ औं मिनेटको गोलबाट पहिलो हाफमा ३–० गोल अन्तरले लिएको थियो।

टेक्ससमा हट एयर बेलुन दुर्घटनागस्त, बेलुन सवार सबै यात्रुको मृत्यु

आइतबार, १६ साउन २०७३

अमेरिकी सहर टेक्ससमा शनिबार एउटा एयर बेलुन उडिरहेकै समयमा आगलागी हुँदा दुर्घटनास्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

टर्की सरकारद्वारा पक्राउ गरिएका ७ सय ५८ जना रिहा

आइतबार, १६ साउन २०७३

टर्की सरकारले जुलाई १५ मा भएको सैनिक ‘कू’ को प्रयासमा संलल्न भएको भन्दै पक्राउ गरेको ७ सय ५८ लाई रिहा गरेको सरकारी संचार माध्यमले जनाएको छ।

राजपाल यादवलाई ६ दिनको जेल सजाय

शनिबार, १५ साउन २०७३

बलिउड हाँस्यकलाकार राजपाल यादवले ६ दिन जेलमा बिताउनु पर्ने भएको छ। शुक्रबार भारतको सर्वोच्च अदालतले एक व्यापारीसँग लिएको ऋृणको रकम फिर्ता गर्न नसकेपछि यादवलाई ६ दिनको जेल सजाय सुनाएको भारतको समाचार सँस्था पिटिआईले जनाएको छ।

चुम्बनमग्न दीपिका

शनिबार, १५ साउन २०७३

बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रेमी तथा अभिनेता रणवीर सिंहलाई किस गर्नु नौलो कुरा होइन । फिल्ममा उनीहरूले अनस्क्रिन किस सिन थुप्रै पटक दिइसकेका छन् । पर्दापछाडि उनीहरूको किस सिनको साक्षी भने अहिलेसम्म कोही हुन पाएको छैन ।

मरियाना टापुमा ७.७ भूकम्प

शनिबार, १५ साउन २०७३

अमेरिकाको मरियाना टापुमा ७.७ रेक्टर स्केलको भूकम्प आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युएस जियोलोजिकलका अनुसार शनिबार अरिगन टापु भन्दा १९ किमी दक्षिणी –पश्चिम मरियाना टापुमा ७.७ रेक्टरको भूकम्प आएको जनाएको छ।

टर्कीका राष्ट्रपतिले मानहानीका मुद्दा फिर्ता लिने

शनिबार, १५ साउन २०७३

र्कीका राष्ट्रपति रिसेफ तैयप एर्दोआनले विगतमा आफ्ना विरुद्ध अपमान गर्ने नागरिक विरुद्ध दर्ता भएका सबै मुद्दा सबै फिर्ता लिने बताएका छन्।

फेसबुकभन्दा पोकेमन गोका प्रयोगकर्ता दोब्बर

शुक्रबार, १४ साउन २०७३

अमेरिका— विश्वको चर्चित सामाजिक संजाल फेसबुललाई हालै मात्र बजारमा भाइरल भैरहेको मोवाइल खेल पोकेमन गोले पछि पारेको छ। हालै सार्वजनिक गरिएको एक अध्ययनले विश्वमा दैनिक फेसबुक चलाउने प्रयोगकर्ताको संख्याभन्दा पोकेमन गोको प्रयोगकर्ताको संख्या दोब्बर भएको देखाएको छ।

मार्केलद्वारा जर्मनको शरणार्थी नीतिको बचाउ

शुक्रबार, १४ साउन २०७३

बर्लिन— जर्मन चाल्सलर एन्जेला मार्केलले आफ्नो देशको शराणार्थी नीतिको बचाउ गरेकी छन्। हालैका दिनमा जर्मनमा भएको लगातार चार आतंककारी आक्रमणपछि जर्मले आफ्नो शरणार्थी नीतिमा तत्काल परिवर्तन गर्नुपर्ने आवाज उठ्दै आएको छ।

चश्मा लगाउने मानिसमा एक्लोपन तथा डिप्रेशनको खतरा बढी

शुक्रबार, १४ साउन २०७३

लण्डन—लण्डनमा गरिएको एक अध्ययनले चश्मा लगाउने मानिसलाई एक्लोपन तथा डिप्रेशनको खतरा बढी हुने देखाएको छ। बेलायतको युनिर्भसीटी कलेज लण्डनले गरेको नयाँ सर्वेक्षणले चश्मा लगाउने मानिसले आफ्नो स्वस्थ्यमा समस्या भएको महसुस गर्ने देखाएको छ।

धेरै बाँच्न मन भए यसो गर्नुस्

बिहिबार, १३ साउन २०७३

व्यस्त जीवनशैली एवं दैनिक व्यायममा ध्यान नदिदाँ स्वास्थ्यमा नकारात्कम असर पर्ने चिकित्सकले बताउँदै आएका थिए। हाल मानिसहरु लामो समयसम्म एउटै कुर्सीमा बसेर काम गर्ने जीवनशैलीका कारण कम उमेरमा हुने मृत्युदरको दर बढेको छ।

वियोगमा संयोगः एउटा यस्तो प्रेम

बिहिबार, १३ साउन २०७३

आफ्नो छोरोको मृत्यु संस्कारमा ७१ वर्षीया अल्मेडा इरेल शोकाकुल थिइन् । तर, त्यही दिन उनको जिन्दगीले अनौठो मोड लियो । छोरालाई अन्तिम बिदाइ गर्न पुगेकी उनले सोचेकी पनि थिइनन्, समवेदना व्यक्त गर्न आएका १७ वर्षीय गेरी हार्डविकसँग उनले लगनगाँठो कस्नेछिन् ।

किमको अर्काे हट तस्बिर सार्वजनिक

बिहिबार, १३ साउन २०७३

बोल्ड छविका कारण प्रसिद्ध रियालिटी टीभी स्टार किम कार्दासियनले हालै आफ्नो एकदमै हट तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् । खबरका अनुसार किमले एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीबाट साढे दुई करोड डलरको अफर पाएकी छिन् ।

Ncell Footer Ad