दिलीप पौडेल

महन्त निलम्बित, छानबिन सुरु

बुधबार, ०१ साउन २०७६

विभिन्न मठमन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको आरोप लागेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवलाई गुठी संस्थानले निलम्बन गरेर छानबिन सुरु गरेको छ। जगन्नाथले सरकारी जग्गा बिक्री गरेर दुरुपयोग गरेको आरोप लागेपछि छानबिनका लागि निलम्बन गरिएको संस्थानका अध्यक्ष मीनराज चौधरीले बताए। ‘विभिन्न जिल्लामा जग्गा बिक्री गरेको सञ्चारमाध्यमबाट थाहा पाएपछि जगन्नाथलाई निलम्बन गरेका छौं,’ चौधरीले मंगलबार नागरिकसँग भने, ‘जग्गा बिक्रीको विषयमा छानबिन गरेर कारबाही गर्छौं।’

८० प्रतिशत विषादीको परीक्षणनै हुँदैन

शुक्रबार, २७ असार २०७६

यातित तरकारीको विषादी परीक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला नेपालीले उपभोग गर्ने तरकारीमा प्रयोग हुने विषादीमध्ये ८० प्रतिशतको परीक्षण नै नहुने गरेको पाइएको छ।

‘बूढो बेर्ना रोप्दा आठ प्रतिशतसम्म उत्पादन घट्छ’

बुधबार, २५ असार २०७६

यो वर्ष समयमा बर्खा सुरु नहुँदा अहिलेसम्म एक चौथाइ मात्र धान रोपाइँ भएको छ। असार मसान्तसम्म पनि धान रोपाइँ गर्न नसके बूढो बेर्ना रोप्दा उत्पादनमा आठ प्रतिशतसम्मले कमी आउन सक्ने अनुमान विज्ञहरुले गरेका छन्।

अर्गानिक कृषि अभियानमा हिराचन

सोमबार, २३ असार २०७६

गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष देवमान हिराचनले ‘अर्गानिक कृषि अभियान’ सञ्चालन गरेका छन्। जापानमा साढे चार दशक बिताएका हिराचनले स्वदेशमा कृषि उत्पादन वृद्धिसहित विषादीरहित तरकारी उत्पादन अभियानमा लागेका हुन्।

अब आठ ठाउँमा विषादी परीक्षण केन्द्र

सोमबार, २३ असार २०७६

भारततर्फका ६ र चीनतिरका दुई गरी आठ नाकामा विषादी परीक्षण केन्द्र स्थापना प्रस्ताव गरिएको छ।

४४ वर्षदेखि मुआब्जा विवाद

शुक्रबार, २० असार २०७६

नेपाल आयल निगमको नाममा लालपुर्जा रहेको बबरमहलको तीन रोपनी चार आना तीन पैसा एक दाम जग्गा ४४ वर्षदेखि मुआब्जा विवादमा छ। विवादका कारण निगमले १२ करोड आठ लाख ३५ हजारमा किनेको उक्त जग्गा १० वर्षदेखि भोगचलन गर्न पाएको छैन।

लगानी थपियो, बजार बढेन

बुधबार, १८ असार २०७६

दुई तिहाइको सरकार बनेपछि मुलुकमा पूर्वाधार विकास निर्माणले गति लिनेमा सबै विश्वस्त थिए। सडक, सिँचाइ, जलविद्युतलगायत पूर्वाधार परियोजना सुरु हुने आसमा सिमेन्ट तथा डण्डी उत्पादन उद्योगमा धमाधम नयाँ लगानी थपियो।

भैरहवामा ठूलो हवाई इन्धन डिपो बनाउँदै निगम

बुधबार, १८ असार २०७६

नेपाल आयल निगमले भैरहवामा अहिलेसम्मकै सबैभन्दा ठूलो एक करोड लिटर (१० हजार किलोलिटर) क्षमताको हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ।

९० हजार मेट्रिक टन मल ल्याइँदै

मङ्गलबार, १७ असार २०७६

मध्य असारमा रासायनिक मल अभाव भइरहेको बेला सरकारी स्वामित्वको संस्थानले ९० हजार मेट्रिक टन मल किनेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेडले ५० हजार टन युरिया र ४० हजार टन डिएपी मल खरिद गरेर ल्याउन लागेका हुन्।

चामल आयात वार्षिक २५ अर्बको

सोमबार, १६ असार २०७६

मुलुकभर खेती गरिने कुल क्षेत्रफलको ४८.३ प्रतिशत जमिनमा धान खेती हुन्छ। क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा वढी छ। यो वर्ष आइतबारसम्म करिब १४.२५ प्रतिशतमात्र रोपाइँ भएको छ।

वर्षा ढिला हुँदा धान रोपाइँ कम

बुधबार, ११ असार २०७६

मुलुकभर समयमा वर्षात् नहुँदा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार गत वर्षको तुलनामा साढे तीन प्रतिशत कम रोपाइँ भएको हो।

कर छल्नेविरुद्ध तीन अर्ब बिगो दाबी

शनिबार, ०७ असार २०७६

राजस्व अनुसन्धान विभागले गोपालप्रसाद भट्टराई, रिम्बरध्वज कार्कीसहित १५ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत काठमाडौंमा कर छलेको अभियोगमा मुद्दा दायर गरेको छ। अभियोगपत्रमा दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँ बिगो कायम गरी तीन वर्ष कैद र बिगोको दुई गुणा जरिवाना माग दाबी गरिएको छ।

होटलमा लगानी गर्ने आधा चिनियाँ

शुक्रबार, ०६ असार २०७६

नेपालमा चिनियाँ पर्यटक आगमन बढेपछि चिनियाँहरुले होटलमा लगानी बढाएका छन् । चालु वर्षको वैशाखसम्ममा अनुुमति लिएका होटलमा आधा चिनियाँ लगानीका छन् । उद्योग विभागका अनुसार यो वर्ष ८४ वटा होटल खोल्न विदेशी लगानीकर्ताले अनुमति लिएका छन् । तीमध्ये ४० वटा चिनियाँ लगानीकर्ताको रहेको विभागले जनाएको छ । करिब आठ सयजनालाई रोजगारी दिने र ५८ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धतासहित अनुमति लिएको विभागले जनाएको छ ।

होटलमा लगानी गर्ने आधा चिनियाँ

बिहिबार, ०५ असार २०७६

नेपालमा चिनियाँ पर्यटक आगमन बढेपछि चिनियाँहरुले होटलमा लगानी बढाएका छन्। चालु वर्षको वैशाखसम्ममा अनुुमति लिएका होटलमा आधा चिनियाँ लगानीका छन्। उद्योग विभागका अनुसार यो वर्ष ८४ वटा होटल खोल्न विदेशी लगानीकर्ताले अनुमति लिएका छन्। तीमध्ये ४० वटा चिनियाँ लगानीकर्ताको रहेको विभागले जनाएको छ। करिब आठ सयजनालाई रोजगारी दिने र ५८ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धतासहित अनुमति लिएको विभागले जनाएको छ।

पाइपमा पानी पठाएर गरिएको परीक्षण सफल

बुधबार, ०४ असार २०७६

अहिले भारतबाट करिब १५ सय ट्यांकरले तेल ढुवानी गर्दै आएका छन्।

भारतबाट ५० हजार टन मल किन्दै सरकार

शुक्रबार, ३१ जेठ २०७६

बजारमा रासायनिक मल अभाव भएपछि सरकारले भारतीय सरकारसँग ‘जिटुजी’ गरेर ५० हजार टन रासायनिक मल खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को हालैको बैठकले भारतसँग जिटुजी गरेर रासायनिक मल खरिद गर्न कृषि तथा पशुपक्षी मन्त्रालयलाई अनुमति दिएको हो। यो अनुमतिपछि भारतका सरकारी कम्पनीबाट ५० हजार मेट्रिक टन रासायनिक मल किन्ने तयारी मन्त्रालयले गरेको हो।

दैनिक जीवनका सारथी विद्युतीय उपकरण

बुधबार, २९ जेठ २०७६

हरेक व्यक्तिको व्यस्तता बढेको छ। प्रविधिमा आएको परिवर्तनले उपभोगको शैली पनि फेरिएको छ। मान्छेले गर्ने धेरै काम उपकरणले गर्न थालेका छन्।

नेपाली रेल कोलकाता जान पाउने

मङ्गलबार, २८ जेठ २०७६

तेस्रो मुलुकबाट आयातित सामान ढुवानी गर्न नेपालले भारतको कोलकाता बन्दरगाहसम्म आफ्नो रेल सञ्चालन गर्न पाउने भएको छ । विराटनगर र वीरगन्जबाट कोलकाताको हल्दियासम्म कार्गो ढुवानीका लागि दुईतर्फी रेल सञ्चालन गर्न दिन भारतले सैद्धान्तिक सहमति जनाएको हो । भारतको नयाँ दिल्लीमा यसै साता सम्पन्न नेपाल भारत रेलसेवा सम्झौता पुनरावलोकन बैठकमा नेपाली अधिकारीको प्रस्तावलाई भारतले स्वीकार गरेको हो।अब नेपालले कार्गो ढुवानी गर्र्न आफ्नै रेल सञ्चालन गर्न सक्नेछ ।

१८ सय ट्यांकरबाट ‘क्यालिब्रेसन’ नगरी इन्धन ढुवानी

सोमबार, २७ जेठ २०७६

नेपालको कानुन अनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने हरेक ट्यांकरले बर्सेनि क्यालिब्रेसन गनुपर्ने भए पनि १८ सय हाराहारी ट्यांकरले क्यालिब्रेसन नगरी इन्धन ढुवानी गर्दै आएका छन्। इन्धन ढुवानी गर्न नेपाल आयल निगमबाट अनुमति लिएका करिब १९ सयमध्ये एक सय ट्यांकरले मात्र क्यालिब्रेसन गराएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार निगमबाट अनुमति लिएका एक सय ट्यांकरले मात्र यो वर्ष क्यालिब्रेसन गराएका छन्। ‘प्रत्येक ट्यांकरले क्यालिब्रेसन गर्नुपर्ने भए पनि १८ सयले अटेर गरेका छन्,’ पुडासैनीले भने, ‘निगमका डिपो प्रमुख र ट्यांकर चालकको मिलेमतोमा क्यालिब्रेसन नगराएका हुन्।’

असी कम्पनीबाट साढे तीन अर्ब राजस्व छली

शुक्रबार, २४ जेठ २०७६

मजदुर अथवा कुनै सामान्य अशिक्षित व्यक्तिका नाममा कम्पनी खडा गरेर करिब सात अर्ब रुपैयाँका नक्कली बिल बिक्री गरेर राजस्व छली।

Ncell Footer Ad