दुर्गा दुलाल

समानुपातिकमा 'तीन प्रतिशत थ्रेस होल्ड'

सोमबार, १० माघ २०७३

सरकारले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा कुल मतको तीनदेखि पाँच प्रतिशत मत नल्याउने पार्टीले समानुपातिक सदस्य नपाउने गरी निर्वाचन विधेयक मस्यौदा तयार गरेको छ। साना दल थ्रेस होल्डका विपक्षमा रहे पनि प्रमुख ठूला दलको दबाबमा मस्यौदा गरिएको हो।

कसले गर्छ सरकारको मुद्दामा वहश ?

आइतबार, ०९ माघ २०७३

उच्च अदालतमा भएको न्यायाधीश नियुक्तिको विरोध गर्दै महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका सरकारी वकिल र चारवटा ट्रेड युनियनले आइतबारदेखि सर्वोच्च अदालतलगायत मुलुकभरका अदालत र न्यायाधिकरणमा बहस पैरवीलगायत कार्य बहिष्कार गरेको छ।

अन्याय खेप्दै न्यायाधीश

शुक्रबार, ०७ माघ २०७३

न्याय नपाए, अदालत जानू, न्यायाधीशले न्याय दिलाउँछन्– कानुनी राज्यमा विश्वास राख्ने आम मानिसमा यो भर मात्र छैन, न्यायाधीशप्रति आस्था पनि उत्तिकै छ। कतिपयले त न्यायाधीशलाई ईश्वरकै प्रतिमूर्ति मान्छन्।

अघि बढ्यो महाभियोग

बिहिबार, ०६ माघ २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सर्वोच्च अदालतबाट अयोग्य ठहर भइसकेका लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव अघि बढाइने भएको छ। बुधबार बसेको महाभियोग सिफारिस समितिले थप अनुसन्धान गर्न उपसमिति गठन गरेको छ।

लोकमानविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्यो, समितिमा आउलान् कार्की?

बुधबार, ०५ माघ २०७३

सर्वोच्च अदालतबाट अयोग्य ठहर भएको अख्तियारका पूर्व प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढ्ने भएको छ। बुधबार बसेको महाभियोग सिफारिस समितिले थप अनुसन्धान गर्न उपसमिति गठन गरेको छ।

सरकारी वकिलद्वारा बहस बहिष्कार गर्ने चेतावनी

सोमबार, ०३ माघ २०७३

नयाँ संविधान अनुसार गठित ७ उच्च अदालत र ती मातहतका विस्तारित बेन्चका लागि रिक्त ८० न्यायाधीश नियुक्ति विवादमा परेको छ। न्यायपरिषद्ले न्यायाधीश नियुक्ति गर्दा सरकारी वकिल समूहबाट १ जना मात्र समावेश गरिएको विरोधमा सरकारी वकिल समाज र महान्याधिवक्ता कार्यालयका कर्मचारी संगठन विरोधमा उत्रिने चेतावनी दिएका छन्।

चिकित्सा शिक्षा सुधार सम्झौता कार्यान्वयन गर्न बाटो खुला

सोमबार, ०३ माघ २०७३

सर्वोच्च अदालतले चिकित्सा शिक्षा सुधारका लागि डा. गोविन्द केसी र सरकारबीच भएका सम्झौता खारेज गर्न माग राखेर दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उच्च अदालतमा ८० न्यायाधीश

शनिबार, ०१ माघ २०७३

नयाँ संविधानअनुसार गठित ७ उच्च अदालत र ती मातहतका विस्तारित बेन्चका लागि ८० जना न्यायाधीश नियुक्त भएका छन्। न्यायपरिषद्को बिहीबार राति अबेर बसेको बैठकले ८० जनालाई न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। प्रधानन्यायाधीश परिषद् अध्यक्ष हुन्।

उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति [नामावलीसहित]

शुक्रबार, २९ पुष २०७३

उच्च अदालतमा ८० न्यायाधीशको नियुक्ति भएको छ। बिहीबार रातिसम्म बसेको न्यायपरिषद्को बैठकले उच्च अदालतका न्यायाधीशको नियुक्ती गरेको हो। परिषद्ले उच्च अदालतमा रिक्त ८० न्यायाधीश नयुक्ति सिफारिसका लागि योग्य उम्मेदवार छनोट सकिसकेको थियो।

न्यायाधीश नियुक्ति अन्योलमा

शुक्रबार, २९ पुष २०७३

उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न केही दिनदेखि लगातार बसेको न्यायपरिषद्को बैठक बिहीबार बिनानिष्कर्ष सकिएको छ। परिषद्ले निर्णय लिन नसकेपछि न्यायाधीश नियुक्ति अन्योलमा परेको छ।

महिला पुरुष बनेर अर्की महिलाको बलात्कार गरेपछि...

बिहिबार, २८ पुष २०७३

सुकमाया राईलाई अजयको जवाफ अप्राकृतिक लागिरहेको थियो। उनले अजय केटा मान्छे भएको प्रति प्रश्न उठाइन्। उपस्थित अरुले त्यसमा विश्वास गरेनन् । अन्ततः उनीहरु चिकित्सकीय छानबिन गर्ने निष्कर्षमा पुग्दछन् । तर अजय र सागरले उक्त केटी भएको कुरा इन्कार गर्छन् ।

‘महाभियोग अघि बढ्छ, रोकिँदैन’

बुधबार, २७ पुष २०७३

सर्वोच्च अदालतको फैसलापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखबाट पदमुक्त भएका लोकमानसिंह कार्कीविरुद्ध संसद्मा पुगेको महाभियोग प्रस्तावलाई अघि बढाउनुपर्ने धारणा महाभियो सिफारिस समितिका सदस्यले राखेका छन् ।

उच्च अदालतमा ६ दर्जना भन्दा धेरै न्यायाधीश नियुक्ति हुँदै, कसबाट कति ?

मङ्गलबार, २६ पुष २०७३

न्यायपरिषद्ले उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति अन्तिम तयारी गरेको छ। केही दिनदेखि निरन्तर बसेको परिषद बैठकले मंगलबार सिफारिस गर्ने अन्तिम तयारी गरेको छ। जिल्ला न्यायाधीशबाट– ३७ जना, नेपाल बार एसोसिएसनबाट– २७ सहसचिव र विशिष्ट श्रेणी– १६ जना (कानुन, न्याय र सरकारी वकिल समूह)

मिति कानुनमै तोक्न माग

मङ्गलबार, २६ पुष २०७३

सांसदले स्थानीय तहको निर्वाचन गर्ने मिति कानुनमै  राख्न माग गरेका छन्। यसअघि लामो समयसम्म स्थानीय निकाय रिक्त रहेको आधार देखाउँदै उनीहरूले कानुनमा नै निर्वाचन गर्ने मिति तोक्न माग गरेका हुन्।

सर्वोच्चको आदेशसँगै कार्की पदमुक्त

सोमबार, २५ पुष २०७३

सर्वोच्च अदालतले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त हुन अयोग्य भएको फैसला सुनाएको छ। सर्वाेच्चको फैसलासँगै कार्की स्वतः पदमुक्त भएका छन्। संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरिएपछि उनी निलम्बित थिए।

सर्वोच्चद्वारा लोकमान सिंह कार्की अयोग्य ठहर

आइतबार, २४ पुष २०७३

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य हुने फैसला सुनाएको छ। न्यायाधीश इश्वर खतिवडा,आन्नदमोहन भट्टराई र अनिल सिन्हाको इजलाशले अख्तियारको प्रमुख आयुक्त हुन आवश्यक योग्यता नपुगेको फैसला सुनाएको हो।

लोकमान नियुक्ति सम्बन्धी मुद्दाको बहस सकियो,फैसला अाउन बाँकी

आइतबार, २४ पुष २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ती सम्बन्धी मुद्दामा बहस सकिएको छ। कार्कीको पक्षमा बुधबारदेखि बहस सुरु भएको थियो। उनको पक्षमा भएको बहस शुक्रबार सकिएको थियो।

इजलासको प्रश्नमा वकिल अकमक्क

शनिबार, २३ पुष २०७३

इजलासको उक्त प्रश्नमा प्रतिउत्तर दिँदै कानुन व्यवसायी राजेन्द्र खरेलले भने, 'हैन श्रीमान्, अदालतको जानकारीका लागि मात्र 'भाडामा भएको' लेखिएको हो।' उनको उत्तरमा चित्त नबुझेपछि फेरि न्यायाधीशले इजलासबाट प्रश्न गरे, 'कुन कानुनलाई टेकेर लेख्नुभयो त वडा सचिवले?' प्रश्नको चित्त बुझ्दो जबाफ आउन नसकेपछि इजलास आफैंले यसलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै बहस अन्त्य गर्‍यो।

प्रेरणाको दाइजो होइन, ट्रस्टकै :  सर्वाेच्च

शुक्रबार, २२ पुष २०७३

सर्वोच्च अदालतले नेपाल ट्रस्टको जग्गा पूर्वअधिराजकुमारी प्रेरणा शाहको नाममा गरिदिने यसअघिको फैसलालाई त्रुटिपूर्ण ठहर गर्र्दै उल्टाएको छ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपकुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले बिहीबार यसअघि सर्वोच्चबाटै भएको फैसला त्रुटिपूर्ण भएको निर्णय सुनाएको हो।

सर्वोच्चद्वारा प्रेरणा शाहको जग्गा सरकारी भएको फैसला

बिहिबार, २१ पुष २०७३

सर्वोच्च अदालतले पूर्व अधिराजकुमारी प्रेरणा शाहको दाइजो दाबी गरिएको जग्गा सरकारी भएको फैसला सुनाएको छ। प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय सपना प्रधान मल्ल र दीपकुमार कार्कीको इजलाशले यसअघि गरेको फैसला उल्टाएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।