दुर्गा दुलाल

एमाले सांसदले मागे गृहमन्त्रीको राजीनामा

मङ्गलबार, २९ चैत २०७३

एमाले सांसदले मन्त्रिपरिषद् बैठकमा उपस्थित नहुने निर्णय गरेका गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा मागेका छन्। सोमबार व्यवस्थापिका संसद् बैठकको विशेष समयमा एमाले सांसद रेवतीरमण भण्डारीले सरकारी सुविधामात्र लिन गृहमन्त्री पदमा बस्न नपाइने भन्दै राजीनामा माग गरेका हुन्।

मानहानी मुद्दामा देउवालाई सर्वोच्चले बोलायो

बिहिबार, २४ चैत २०७३

सर्वोच्च अदालतको मानहानीसम्बन्धी मुद्दामा जवाफ दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १० दिनभित्र उपस्थित हुन आदेश गरेको छ ।

सरकारी वकिललाई निलम्बन नगर्न आदेश

बिहिबार, २४ चैत २०७३

६ सय ३१ करोड रुपैयाँ बराबरको बिगो हुने मुद्दामा बिगो कायम नगरेको, प्रत्यक्ष संलग्न रहेका व्यक्तिबाहेकलाई मुद्दा दायर गरेको तथ्य सार्वजनिक भएपछि  सहन्यायधिबक्ता टेकवहादुर घिमिरे अनुसन्धानका लागि तानिएका थिए।

बिहेखर्च अब दुरुस्त राख्नुस्!

सोमबार, १४ चैत २०७३

वैशाख लाग्दै छ, बिहे–व्रतबन्ध गर्ने तयारीमा हुनुहुन्छ भने खर्च विवरण चुस्त–दुरुस्त राख्नुस्। किनमेलका बिल–भरपाईसमेत सुरक्षित राख्नुस्, नत्र जरिवानामा पर्नुहोला! आफू रहेको गाउँ वा नगरपालितको वडा कार्यालयमा विवाहपछि ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने, नबुझाए १० हजार रुपैयाँ जरिवाना हुने विधेयक व्यवस्थापिका संसद्बाट पारित हुँदै छ।

मस्यौदामै अल्झिए दर्जन कानुन

आइतबार, १३ चैत २०७३

आगामी माघ ७ गतेभित्र स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन भइसक्नुपर्ने संवैधिानिक बाध्यता रहे पनि त्यसका लागि आवश्यक झन्डै दर्जन कानुन अझै मस्यौदाकै क्रममा छन्। माघ ७ आउन करिब नौ महिना मात्र बाँकी रहेको अवस्थामा १३ विषयका कानुन तत्काल निर्माण गर्नुपर्ने भन्दै कानुन, न्याय तथा संसदीय मन्त्रालयलगायत मन्त्रालयलाई ताकेता गर्र्दै आएको छ।

न्याय नपाएसम्म मर्दिनँ : गंगामाया

शनिबार, १२ चैत २०७३

छोराको हत्यारालाई कारबाही माग गर्दा पति गुमाएकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्याय नपाएसम्म आफूले प्राण नत्याग्ने बताएकी छन्। सातौं अन्तर्राष्ट्रिय सत्य अधिकार दिवसका अवसरमा शुक्रबार वीर अस्पतालअगाडि मानव अधिकारकर्मी र पीडितहरूको धर्नामा संलग्न हँुदै गंगामायाले यस्तो प्रतिज्ञा गरेकी हुन्।

संवैधानिक इजालस तोक्न सर्वोच्चको आदेश

बिहिबार, १० चैत २०७३

सर्वोच्च अदालतले प्रधान न्यायाधीश सुशीला कार्कीलाई संवैधानिक इजलाशमा न्यायाधीश तत्काल तोक्न परमादेशको आदेश गरेको छ।

अध्यक्षबिनै सत्यनिरुपण बैठक

बिहिबार, १० चैत २०७३

अध्यक्ष करिब दुई महिनादेखि सम्पर्कविहीन भएपछि वरिष्ठ सदस्यको अध्यक्षतामा बसेको बैठकले कार्ययोजना तय गरेको छ।

तीन प्रतिशत ल्याएमात्र राष्ट्रिय दल

बिहिबार, १० चैत २०७३

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नल्याउने र प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलले राष्ट्रिय दलको मान्यता नपाउने भएका छन्।

औचित्यहीन बन्दै संसदीय सुनुवाइ

बुधबार, ०९ चैत २०७३

न्याय परिषद्ले २०७० सालमा पुनरावेदन अदालतमा मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्‍यो। गोपाल पराजुली, चोलेन्द्रशमशेर राणालगायत आठ न्यायाधीशलाई परिषद्ले सिफारिस गरेसँगै उनीहरूको नाममा विवाद सुरु भयो । संसदीय सुनुवाइ समितिमा उनीहरूविरुद्ध ५३ थान उजुरी दर्ता भयो । परिषद् र सुनुवाइ समितिबीचमा पत्र विवादसमेत भयो।

प्रदेश निर्वाचनको पनि बाटो खुल्यो

मङ्गलबार, ०८ चैत २०७३

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र निर्धारण गर्ने कानुनी आधार तयार भएको छ। व्यवस्थापिका संसद् बैठकले निर्वाचन क्षेत्र निर्धारण विधेयक पारित गरेपछि अन्य दुई तहको निर्वाचनका लागि क्षेत्र विभाजन गर्ने कानुन आधार तय भएको हो।

'हिन्दु राष्ट्र' कायम गर्न माग

सोमबार, ०७ चैत २०७३

सत्तासीन दल राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गर्दै संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएको छ। सरकारमा राप्रपा अध्यक्ष कमल थापासहित तीन मन्त्री छन्। राप्रपाका ६ सांसदले आइतबार संसद् सचिवालयमा हिन्दु राष्ट्रको माग गर्दै संविधान  संशोधन प्रस्ताव दर्ता गराएका हुन्।

आइजीपी मुद्दा हेर्दा हेर्दैमा

आइतबार, ०६ चैत २०७३

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादबारे अन्तिम बहस हेर्दा हेर्दै भोलीलाई सरेको छ। आइतवारबाट सर्वोच्चमा आइजीपी वहश सुनुवाई शुरु भएको थियो। प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले आज यो मुद्दामा अन्तिम सुनुवाइ गरिरहेको थियो।

पूर्व पदाधिकारीको सेवा सुविधासम्वन्धी विधेयक समितिमा पठाइने

आइतबार, ०६ चैत २०७३

पूर्व पदाधिकारीको सेवा सुविधा सम्बन्धि विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने सरकारको तयारिमा ब्रेक लागेको छ। संसदको सम्भावित कार्यसूचीमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सुविधा सम्बन्धि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव थियो। तर संसद बैठकमा पेश भएको नयाँ कार्यसूचीमा भने सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव राखिएको हो।

विद्युत् प्राधिकरणका चार कर्मचारी पुर्पक्ष थुनामा

शनिबार, ०५ चैत २०७३

जिल्ला अदालत काठमाडौंले मिलेमतोमा मिटर उल्टो घुमाएर नेपाल विद्युत् प्राधिकरणलाई नोक्सानी पुर्‍याएको भन्दै चार कर्मचारी र एक व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुन्न आदेश

शुक्रबार, ०४ चैत २०७३

जिल्ला अदालत काठमाडौंले मिटर उल्टो घुमाएर रकम असुल गर्दै आएका विद्युत प्राधिकरणका कर्मचारी र व्यापारीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

सहमति नहुँदा संविधान संशोधनमा सकस

बुधबार, ०२ चैत २०७३

दलीय सहमति नहुँदा संविधान संशोधन विधेयकमाथि मंगलबार पनि सदनमा छलफल हुन सकेन । प्रमुख प्रतिपक्ष एमालेको विरोध र पारित गराउन सत्ता पक्षसँग दुईतिहाइ बहुमत नहुँदा संशोधन छलफल प्रक्रिया अघि बढ्न नसकेको हो ।

अकुत सम्पत्तिमा तानिँदै कार्की

बुधबार, ०२ चैत २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि अकुत सम्पत्ति आर्जन र पदीय अधिकार दुरुपयोगमा छानबिन गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ ।

संसद बैठक बहिस्कार गर्दै मोर्चा बाहिरियो

मङ्गलबार, ०१ चैत २०७३

संयुक्त लोतान्त्रिक मधेशी मोर्चाले मंगलबार व्यवस्थापिकाको बैठक बहिस्कार गरेर बारिरिएको छ। बैठकको कार्य प्रारम्भ भएपछि मोर्चाका नेतासमेत रहेका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संसदमा बोलेका थिए ।

निर्वाचनसम्बन्धी सबै कानुन साताभित्रै

मङ्गलबार, ०१ चैत २०७३

सरकारले स्थानीय तहको निर्वाचनका लागि आवश्यक कानुन एक साताभित्र जारी गर्ने तयारी गरेको छ। वैशाख ३१ मा हुने निर्वाचनका लागि आवश्यक कानुन तत्काल सदनमा प्रस्तुत गरी पारित गर्ने रणनीतिअनुसार सोमबार वडा निर्धारण विधेयक दर्ता गरिएको छ।

Ncell Footer Ad