दुर्गा दुलाल

प्रधानमन्त्री चयन प्रक्रिया अवरुद्ध

शुक्रबार, १९ जेठ २०७४

प्रमुख प्रतिपक्ष एमालेले व्यवस्थापिका संसद्  बैठक अवरुद्ध गरेकाले बिहीबार नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्न सकेन । दलीय सहमतिमा प्रधानमन्त्री चयन हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रिया सुरु गर्न संसद्लाई पत्र पठाए पनि एमाले अवरोधले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्न नसकेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिएका थिए । दाहालले सरकार छोडेलगत्तै राष्ट्रपति भण्डारीले ११ गते सबै दलको सहमतिमा सरकार गठन गर्न सात दिन समय दिएकी थिइन् । राष्ट्रपतिले सहमतीय सरकार बनाउन दिएको समय बुधबार सकिएको थियो ।

केन्द्रमा १८ मन्त्रालय प्रस्तावित

बिहिबार, १८ जेठ २०७४

मन्त्रिपरिषद्को आकार चाहिने भन्दा ठूलो भएर राज्यलाई आर्थिक भार परेको भनी हुँदै आएको आलोचनालाई दृष्टिगत गरी अधिकार सम्पन्न एक समितिले केन्द्रमा १८ मन्त्रालयमात्र कायम गर्न सुझाव दिएको छ।

महाभियोग प्रस्ताव निष्क्रिय बनाउन निवेदन

सोमबार, १५ जेठ २०७४

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्ताव निष्त्रि्कय गराउन प्रस्तावक र सर्मथकले निवेदन दिएका छन्। वैशाख १७ गते दर्ता भएको महाभियोग प्रस्ताव प्रस्तावकले अघि नबढाउन निवेदन दिएपछि स्वतः निष्त्रि्कय हुने भएको छ।

कसैले चाहँदैमा निर्वाचन सर्दैन : प्रधानमन्त्री

सोमबार, १५ जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसद्मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन कुनै पनि हातलमा जेठ ३१ गतेभन्दा पर नजाने दाबी गरेका छन्।

राजनीतिमा नलागेको भए चल्तीको गायक हुन्थें होला : मेयर चालिसे

आइतबार, १४ जेठ २०७४

सन्तोष चालिसेलाई राजनीतिको चस्का लागेको  २०३६ सालदेखि  नै हो।  बहुदलीय व्यवस्था कि निर्दलीय भनेर रोज्न भएको जनमतसंग्रहका बेला गाउँका साथीले उनमा राजनीतिको हावा भरिदिएका थिए।

स्थानीय तह बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

शुक्रबार, १२ जेठ २०७४

स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीशहरु सपना प्रधान मल्ल र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले शुक्रबार सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।

नीति तथा कार्यक्रम : पुरानैलाई निरन्तरता

शुक्रबार, १२ जेठ २०७४

सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०७४/७५ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

संविधान संशोधन प्रस्ताव अलमलमा

मङ्गलबार, ०९ जेठ २०७४

बजेट अधिवेशन नामको जारी संसद् अधिवेशनमा बजेट प्रस्तावकै लागि कम समय हुने भएकाले संविधान संशोधन प्रस्ताव अघि बढाउन समय मिल्ने/नमिल्ने अन्योल।

नजिरसँग ठाडै बाझिन्छ सरकारी निर्णय

सोमबार, ०८ जेठ २०७४

सरकारी निर्णय गगन राय यादव, राजेन्द्र ढकाल, काले तमाङ, बालकृष्ण ढुंगेल, लीलाधर भण्डारी र राजेन्द्र घिमिरेको मुद्दामा सर्वोच्चको नजिरविपरीत हुने अधिकारवादीको बुझाइ छ।

स्थानीय तह सञ्चालन विधेयक संसद्मा

आइतबार, ३१ बैशाख २०७४

सरकारले स्थानीय तह शासन सञ्चालनका लागि बनाउन लागिएको ऐनको मस्यौदा विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ । स्थानीय तह शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयकमा स्थानीय तहलाई अधिकतम अधिकार दिन प्रस्ताव गरिएको छ ।

उम्मेदवार खर्च १७ अर्ब

शुक्रबार, २९ बैशाख २०७४

बीस वर्षपछि हुन गइरहेको स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा उम्मेदवारले मापदण्डअनुसार खर्च गरे करिब १७ अर्ब रुपैयाँ लाग्ने देखिएको छ। प्रदेश ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका १३ हजार ५ सय ५६ पदका लागि वैशाख ३१ गते पहिलो चरणको निर्वाचन हुँदैछ।

राजधानीका ठूला पार्टीलाई टक्कर दिँदै गाई पार्टी

बिहिबार, २८ बैशाख २०७४

गाई अर्थात राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा राजधानीका नगरपालिकाहरुमा नेपाली काँग्रेस र एमाले लगायतका ठूला पार्टीलाई टक्कर दिने देखिएको छ ।

चुनाव प्रचारमा पुरानै शैली

बुधबार, २७ बैशाख २०७४

२० वर्षपछि हुन लागेको स्थानीय चुनावमा प्रमुख पार्टीका उम्मेदवार पुरानै शैलीमा चुनाव प्रचारप्रसारमा खटिएका छन् ।

स्थानीय प्रतिनिधिले शपथ लिने कानुन अझै बनेन

मङ्गलबार, २६ बैशाख २०७४

गाउँ तथा नगरपालिकाका प्रमुखले जिल्ला न्यायाधीशसमक्ष शपथ ग्रहण गर्नुपर्ने हुन्छ। शपथको ढाँचा कानुनले तोकेअनुसार हुने व्यवस्था छ। कानुन भने हालसम्म बनेको छैन।

प्रधानन्यायाधीश कार्कीले आफैंलाई इजलाश तोकिनन्

आइतबार, २४ बैशाख २०७४

महाभियोग लागेको एक सातापछि सर्वोच्चकै आदेशले अदालत फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्कीले आइतबार आफूबाहेक ९ न्यायाधीशलाई इजलाश तोकेकी छन्। एकल र संयुक्त गरी गठन भएका इजलाशमा कार्की संलग्न भएकी छैनन्।

महाभियोगमा अल्पविराम

शनिबार, २३ बैशाख २०७४

सर्वोच्च अदालतले प्रधानन्याधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव तत्काल अघि नबढाउन संसद्का नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले यो आदेश जारी गरेको हो।

महाअभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्चको अादेश

शुक्रबार, २२ बैशाख २०७४

सर्वोच्च अदालतले सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव तत्काल अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्र सम्शेर राणाको एकल इजालसले शुक्रबार संसदमा दर्ता भएको प्रस्ताव अघि नबढाउन संसदलाई आदेश दिएको हो।

महाभियोग अल्झनले संसद स्थगित

शुक्रबार, २२ बैशाख २०७४

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव संसद्मा प्रस्तुत गर्ने विषयमा सत्तापक्ष र विपक्षीबीच कुरा नमिल्दा बिहीबार संसद् बैठक बस्न सकेन। बैठक शुक्रबारलाई सरिएको छ। महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएपछि प्रधानन्यायाधीश कार्की निलम्बनमा छिन्।

स्थानीय चुनाव : दाजुभाइ प्रतिस्पर्धी

बिहिबार, २१ बैशाख २०७४

२० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै रमाइला पक्षसमेत बाहिर आउन थालेका छन्। दाजुभाइदेखि सालाभेनासम्मले फरकफरक पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्। २०५४ सालपछि बल्ल वैशाख ३१ मा स्थानीय निर्वाचन हुँदैछ।

निजीस्तरबाट भूकम्प स्मारक पार्क बन्ने

सोमबार, १८ बैशाख २०७४

निजीस्तरमा भूकम्पमा परी निधन भएकाहरुको स्मृतिमा बुद्ध तथा भूकम्प स्मारक पार्क बन्ने भएको छ। सिन्धुपाल्चोकको पाल्चोक–९ नागिडाँडामा २०७२ वैशाख १२ र २९ गतेको भूकम्पमा परी निधन भएकाहरुको मुक्तिको कामना सहित पार्क बन्न लागेको हो।

Ncell Footer Ad