गोविन्द केसी

कोरोना कहर : क्वारेन्टाइन मै ‘काजकिरिया’

आइतबार, १६ चैत २०७६

काजकिरिया गरिरहेका एक जना सुर्खेतस्थित खुल्ला मञ्चमा बनाईएको क्वारेन्टाइनमा बसेका छन्। दैलेख आठविस नगरपालिका–१ सातला घर भएका देउमले लोहार रोजगारीका लागि भारत गएका थिए। चैत्र ११ गते उनी भारतको हल्द्वानी हुँदा घरमा भाइ पदम विक (लोहार) मृत्यु भयो। भाईको मृत्युपछि उनी भारतबाटै किरियापुत्री बसेर ५ दिनमा सुर्खेत आईपुगे। उनी त्यहाबाट हिड्न नपाउँदै भारत र नेपालमा लक डाउन सुरु भएको थियो।

दैलेखमा १० जनामा ज्वरो देखियाे

बिहिबार, १३ चैत २०७६

दैलेखका चार स्थानीय तहमा १० जनामा ज्वरो देखिएको छ । ज्वरोका विरामीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आएपछि निगरानीमा राखिएको जनाइएको छ। दैलेखमा ज्वरोका विरामीहरु देखिएपछि निगरानीमा राखिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए। ज्वरो देखिनेमा भारतबाट फर्किएकाहरु र गाउँमै बसेकाहरुमा देखिएको हो।

बहुमूल्य काईनेटिक पत्थर बरामद

शनिबार, ०८ चैत २०७६

प्रहरीले काईनेटिक पत्थर अवैध रुपमा संकलन गरि ओसारपोसार गर्दै गर्दा बरामद गरेको छ। शुक्रवार दिउँसोे दैलेखको चामुण्डाविन्द्रासैनीबाट सुर्खेत तर्फ जाँदै गरेको भे १ त ३११३ नम्वरको बालेरो जिप २५ वर्षका योगेश आर्चायले चलाई राखेको अवस्थामा जिप धनी सुर्खेत विरेन्द्रनगर नगरपालिका –३ बस्ने ४२ वर्षिय रुद्र कडेँललाई चेकजाँचको क्रममा काईनेटिक पत्थर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीमा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक पक्राउ

शनिबार, ०८ चैत २०७६

नेपाल प्रहरीको जवानमा भर्ना गरिदिने भन्दै पैसा असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। दुल्लु नगरपालिका-६ चरेखेतका ३१ वर्षिय प्रेमबहादुर विकलाई प्रहरीमा भर्ना गरिदिने भनेर पैसा असुलेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

दैलेखमा ग्यासको कृतिम अभाव गर्दा जफत

शनिबार, ०८ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने भन्दै सरकारले लामो दुरीका यातायात, शैक्षिक संस्था, सरकारी कार्यालयहरु बन्द गर्न निर्देशन दिएसंगै दैलेखमा खाना पकाउने ग्यासको अभाव गरिएको छ। स्थानीयहरुले कृतिम ग्यास अभाव भएको गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अगुनमन भएको छ।

प्रहरी गणमा बाहिर निस्कन बन्देज

शुक्रबार, ०७ चैत २०७६

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेका बेला कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ। प्रहरी गणमा रहेका प्रहरीहरु बाहिर निस्कन बन्देज गरिएको हो। उनीहरुले भित्रै तालिमदेखि अन्य कार्यालयका कामहरु गर्ने गरेका छन्।

आफैले चलाएको बन्दुकको गोली लागेर घाइते

शुक्रबार, ३० फागुन २०७६

बाख्रा चराउन गएका एक जना स्थानीय बिहीबार दिउँसो जंगलमा आफूले बन्दुक पड्काउँदा घाइते भएका छन्। नौमुले गाउँपालिका–२ घर भएका ३२ वर्षका विर्खबहादुर शाहीले बन्दुक पड्काउँदा घाइते भएका हुन्।

विद्यार्थीबाट परीक्षा शूल्क उठाइएकोप्रति क्रान्तिकारीको आपत्ति

सोमबार, २६ फागुन २०७६

दैलेखमा विद्यार्थीबाट परीक्षा शुल्कको नाममा चर्को रकम असुल्ने गरेको भन्दै विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आपत्ति जनाएको छ।

चार स्थानीय तहमा अस्पताल बनाइँदै

सोमबार, २६ फागुन २०७६

दैलेखका चार स्थानीय तहमा १५ शड्ढया क्षमताको अस्पताल सञ्चालन गरिने भएको छ। चालू आर्थिक वर्षभित्र सञ्चालन गर्नेगरी स्थानीय तहहरूले अस्पताल निर्माणसम्बन्धी काम धमाधम अघि बढाएका छन्।

सरङ्गी खेल सिक्दै विद्यार्थी

शुक्रबार, २३ फागुन २०७६

लोप हुन लागेको सरङ्गी (लट्ठी) खेल पुराना पुस्ताका लागि निकै लोकप्रिय खेल हो। मनोरञ्जनको साधनहरु गाउँमा नहुँदा यस्ता खेलहरु मार्फत सामूहिक रुपमा गाउँलेहरुलाई भेला गराएर या चाँडपर्वमा सरङ्गी खेल देखाइने गरिन्थ्यो। त्यति बेला खेल हेरे खुवै मनोरञ्जन लिने गर्दर्थे।

पत्रकार डेकेन्द्र हत्या प्रकरण: १५ वर्षपछि मुख्य आरोपी पक्राउ

बिहिबार, २२ फागुन २०७६

पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १५ वर्षपछि मुख्य आरोपितमध्येका एकजना पक्राउ परेका छन्।

पत्रकार डेकेन्द्र हत्या प्रकरण : मुख्य आरोपित १५ वर्षपछि पक्राउ

बुधबार, २१ फागुन २०७६

२०६१ साउन २७ गते दैलेखको नौमुलेस्थित द्धारीको जंगलमा कुटपिट गरि जिउँदै खाल्डो खनेर गाडेर हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाका मुख्य आरोपितलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। मुख्य आरोपित चार जनामध्ये दुल्लुनगरपालिका–६ छिउँडीपुसाकोटका बमबहादुर खड्का (अरुण) लाई मंगलबार प्रहरीले पक्राउ गरेको हो। मंगलबार नै प्रहरीले जिल्ला अदालत दैलेखमा उपस्थित गराएको थियो।

'सरकार काण्डै काण्डले घेरियो'

शुक्रबार, १६ फागुन २०७६

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचारका विभिन्न काण्डहरुले घेरिएको बताएका छन्। उनले सरकार गठन भएको दुई वर्षको अवधिमा वाइटवडी, न्यारोवडी, फोरजी, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवास प्रकरणलगायतका भ्रष्टाचारका काण्डहरुले घेरिएको बताए।

अख्तियारद्वारा विद्यालयका प्रअ र अध्यक्ष पक्राउ

बिहिबार, १५ फागुन २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ।

असिनापानीले तरकारी तथा गहुँ बाली नष्ट

बुधबार, १४ फागुन २०७६

आइतबार, सोमबार र मंगलबार नौमुले र गुराँस गाउँपालिकामा परेको असिना पानीले आठ सयभन्दा बढी किसान प्रत्यक्ष प्रभावित भएका छन्।

विद्यार्थीले बनाए रोबोट र जेनेरेटर

मङ्गलबार, १३ फागुन २०७६

गुरासँ गाउँपालिका–३ पातिकाल्लास्थित सरस्वती माध्यमिक विद्यालयको २९ औं वार्षिकउत्सवमा विद्यार्थीहरुले कलात्मक विज्ञान सामग्रीहरु देखाएर सबैलाई चकित पारेका छन्। उनीहरुले रोवोट, कार, जेनेरेटर, डोजरलगायतका सामग्रीहरु बनाएर देखाएका थिए। ब्याट्री जोडेर उनीहरुले कार पनि गुडाए।

असिना पानीले ८ सय किसान प्रभावित

मङ्गलबार, १३ फागुन २०७६

आइतबारदेखि नौमुले र गुरासँ गाउँपालिकामा परेको असिना पानीले ८ सय बढी किसानहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। नौमुलेमा ३ फिटसम्म असिना परेपछि बालीनाली पूर्ण रुपमा नष्ट भएको छ। असिनाले नष्ट गरेको बाली मूल्यांकन र किसानमाझ अनगुमन गर्न गाउँपालिकाले गाउँमै पुगेको छ।

वृद्धाआश्रममा जन्मदिन

आइतबार, २६ माघ २०७६

दैलेख सदरमुकामस्थित सरस्वती वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुसँग कलाकार तथा सञ्चारकर्मी अभिषेक अनुरागले जन्मदिन बनाएका छन्। आफ्नो जन्मदिन वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुसँग मनाउँदै अनुरागले आफ्नो कोशेली दराज हस्तान्तरण गरे।

सांसदले गरे बजेट सार्वजनिक

शुक्रबार, १७ माघ २०७६

कर्णाली प्रदेश सरकारबाट आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट र प्रदेशसभा क्षेत्रको पूर्वाधार विकास कार्यक्रमबारे प्रदेश सभा सदस्य शुसिलकुमार थापाले जनतासामु सार्वजनिकरण गरेका छन्। सासद थापाले दुल्लु नगरपालिकाको प्रमुख बजार किर्तीखम्वा नजिक पत्रकार, स्थानीय जनता माझ प्रदेश सरकार मार्फत आएको प्रत्येक योजनाहरु सुनाएर सार्वजनिक गरेका हुन्।

संस्थाको नाममा करोड बढी ठगि

आइतबार, १२ माघ २०७६

जिल्ला प्रहरी कार्यालय दैलेखमा दुल्लु नगरपालिका-५ रिजुपोखराबाट मिना मिजार समूहमा आफूहरुले बचत गरेको पैसा संस्थाले ठगेपछि असुलउपरका लागि आईन्। मिजारको गाउँमा ३ वटा समूह बनाई बचत तथा तालिम आयमुलक कार्यक्रमसहित विभिन्न लोभमा ५६ जना अहिले ठगिए।

Ncell Footer Ad