कमल खत्री

अस्पतालले मृत घाेषणा गरेकाे शिशु गाड्न खाेज्दा चलमलाएपछि...

शनिबार, २८ भदौ २०७६

जिउँदै शिशुलाई मृत्यु भएको घोषणा गरेको घटनाबारे भेरी अस्पताल नेपालगन्जले प्रमाण लुकाउने प्रयास गरेको छ। शनिबार पीडित पक्षसँग वार्ता गर्दै अस्पताल प्रशासनले कर्मचारीको गल्ती नभएको बताएको छ।

मसानघाट पु-याइएका शिशु जीवितै

शनिबार, २८ भदौ २०७६

जाजरकोट, छेरागाड नगरपालिका–९ कमला अधिकारीले शुक्रबार बिहान शिशु जन्माएकी थिइन्। जन्मिएको केही घण्टापछि प्रसूति कक्षकी ड्युटी इन्चार्ज वसुन्धरा ज्ञवालीले शिशुको मृत्यु भइसकेको भन्दै अभिभावकलाई बुझ्न लगाइन्।

घाटमा पुर्‍याइएको शिशु जिवित भेटियो

शुक्रबार, २७ भदौ २०७६

लेवर वार्डमा खटिएका कर्मचारीको चरम लापरवाही मृत्यु भैसकेको घोषणा गरिएको नवजात शिशु जीवतै भेटिएको छ । मसानघाट लगिएको शिसु जीउँदै भेटिएपछि भेरी अस्पतालमा खटिएका कर्मचारीले लापरवाही गरेको देखिएको छ ।

अस्पतालको मिलेमतोमा बिग्रन्छ मेसिन

शुक्रबार, १७ साउन २०७६

अस्पताल प्रशासनको चरम लापरबाहीका कारण भेरी अस्पतालमा आउने सिकलसेलका विरामी सहज उपचार पाउनबाट बञ्चित भैरहेका छन। अस्पतालमा रहेको सिकलसेल एनेमिया (रक्तअल्पता) परीक्षण गर्ने मेसिन बिग्रियो छ महिना पुग्यो। तर अस्पताल प्रशासनले भने बिग्रिएको मेसिन सुचारु गर्न सकेको छैन।

आठौं खेलकुदमा अनियमितताको आरोप, सार्वजनिक भएन खर्च विवरण

शुक्रबार, १७ साउन २०७६

नेपालले घरेलु मैदानमा १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्ने तयारी गरिरहेको छ। साग आयोजना गर्न राखेपले विभिन्न १७ शीर्षकमा ५ अर्ब २६ करोड ५७ लाख ४२ हजार ६ सय ७० रुपैयाँको बजेट माग गरेको छ। सरकारी ढुकटीबाट अर्बांै रकम खर्च गर्ने राखेपले आयोजना गर्ने प्रतियोगितामा भने पारदर्शिता देखिन्न। प्रतियोगितामा खर्च गरेको बजेट सार्वजनिक गर्न राखेप कन्जुस्याइँ गर्छ।

‘बेइमान धन्दा’ चलाउने गिरोह पर्दैनन् फन्दामा

सोमबार, १३ साउन २०७६

सुरुवातमा कसैले म दुव्र्यसनमा फस्छु भन्ने सोचेको हुँदैन। समय र संगतले दुव्र्यसनीनजिक पुग्ने वातावरण बनाइदिन्छ।

लागुऔषधकाे चक्रव्यूहमा युवा

आइतबार, १२ साउन २०७६

दुर्व्यसनमा परेकाहरू सकेसम्म आफ्नो रोजाइँको वस्तु प्रयोग गर्ने प्रयास गर्छन्। नपाएपछि अन्तिम विकल्पको रूपमा मोजा, महिलाले प्रयोग गर्ने प्याड, जुत्ताको पोलिस, फिनाइल, छिप्किलीसम्म मारेर खाने गर्छन्।

सूचना लुकाउँछन खेलकुद कर्मचारी

शुक्रबार, ०३ साउन २०७६

क्षेत्रीय खेलकुद विकास समितिका कर्मचारीले आठौं राष्ट्रिय खेलकुदबारे सूचना लुकाउन खोजेको आरोप लागेको छ । गत वैशाखमा प्रदेश– ५ मा भएको आठांै राष्ट्रिय खेलकुदबारे नेपालगन्जका नागरिकले सूचना मागेका थिए । नमस्कार शाह, हेमराज भट्ट, मन भण्डारी र शम्भुप्रसाद चौधरीले जेठ २१ गते विभिन्न शीर्षकमा चारवटा सूचना मागेका थिए । सूचना मागेअनुसार क्षेत्रीय खेलकुद विकास समिति प्रदेश– ५ ले सूचना नदिएको हेमराज भट्टले नागरिकसँग बताए ।

अझै ल्याएनन् ७२ स्थानीय तहले बजेट

बुधबार, ०१ साउन २०७६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट पठाउन दुई पटक पत्राचार गरिसक्दा पनि देशभरका ७२ स्थानीय निकायले नयाँ आर्थिक वर्षको बजेट पेस गर्न सकेका छैनन्।

होमस्टेमा होमिएका थारु युवती

शनिबार, १४ असार २०७६

बर्दिया खैरेनी थारु समुदायको बाहुल्यता भएको गाउँ हो। नगरपालिकामा पर्ने भएपनि खैरेनी गाउँको वरपर जंगल छ। घर नजिकैको जंगलबाट आउने बन्य जन्तुले हरेक वर्ष गाउँलेलाई सताउने गर्छन।

भलिबल एकेडेमीको उपभोक्ता समितिमा आफन्तको रजाई

मङ्गलबार, २८ जेठ २०७६

क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नम्बर ५ अध्यक्ष भीम ओलीले आफ्नो दाई धनिरामलाई शुक्र भलिबल एकेडेमी निर्माण उपभोक्ता समिति बनाएर काम गरेका छन्। त्यस्तै ओलीले आफ्ना भाई मुम बहादुर ओलीलाई आफ्नो गाउँको विद्यालयमा रकम खर्च गर्दा उपभोक्ता समिति अध्यक्ष बनाएको तथ्य खुलेको छ।

उपभोक्ता समितिमा आफन्तको रजाइँ

मङ्गलबार, २८ जेठ २०७६

विकासनिर्माणका काममा छिटो, छरितो र गुणस्तरीय काम होओस् भन्ने उद्देश्यले उपभोक्ता समितिको गठन गरिएको हुन्छ। पछिल्लो समय खेलकुद पूर्वाधार निर्माणमा उपभोक्ता समिति गठन गरेर काम गर्ने क्रम बढेको छ।तर खेलकुद नेतृत्व गर्ने जिम्मेवार पदाधिकारीले उपभोक्ता समितिलाई आफ्नो परिवारका सदस्य र आफूनिकट व्यक्ति राख्ने ठाउँ बनाएका छन् ।

दशकसम्म बन्दैनन् पूर्वाधार

बुधबार, २२ जेठ २०७६

नेपालगन्ज रंगशाला परिसरमा पौडी पोखरी ‘स्विमिङ कम्प्लेक्स’ बन्न लागेको १० वर्ष पुग्यो। एक दशकपछि पौडी पोखरीको निर्माण कार्य असारमा सक्ने तयारी भइरहेको छ। कोहलपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने भनेर योजना बनाएको १५ वर्ष पुग्यो। तर रंगशाला कहिले बन्छ भन्ने टुङ्गो छैन।

कर्मचारी अभावले सेवाग्राही समस्यामा

शुक्रबार, ०३ जेठ २०७६

५१ जना दरबन्दी रहेको बाँकेको मालपोत कार्यालयमा अहिले झन्डै आधा मात्र कर्मचारी छन्। कर्मचारी अभाव भएको तीन महिना बितिसकेको छ। जसले मुद्दा, कम्प्युटर, मोठ, फाँटलगायतमा प्रभावित पारेको छ।

मेसिन बिग्रिँदा सिकलसेल उपचारमा समस्या

बिहिबार, ०२ जेठ २०७६

पश्चिम तराईमा जटिल समस्याको रूपमा देखिएको सिकलसेल एनेमिया (रक्तअल्पता) उपचारमा समस्या देखिएको छ। नेपालगन्जस्थित भेरी प्रादेशिक अस्पतालमा चार महिनादेखि रक्तअल्पता जाँच गर्ने एचबी इलोक्ट्रोफोरेसिस मेसिन बिग्रिएकाले सो समस्या देखिएको हो।

नमुना बन्दै भेरी–बबई डाइभर्सन

आइतबार, २२ बैशाख २०७६

नेपालमा जब उत्साहका साथ नयाँ राष्ट्रिय गौरवका आयोजना सुरु हुन्छन् तब देशको आर्थिक विकासमा टेवा पु¥याउने विश्वास पलाउँछ जनतामा। तर आयोजना सुरुवातसँगै एउटा प्रश्न पेचिलो बन्दै जान्छ– आयोजना कहिले पूरा हुन्छ ?

मापदण्डविपरीत बन्यो पौडी पोखरी

सोमबार, ०९ बैशाख २०७६

नेपालगन्ज रंगशाला परिसरमा स्विमिङ कम्प्लेक्स बन्न लागेको झन्डै एक दशक भयो। अहिलेको अवस्थासम्म आइपुग्न नेपाल सरकारले १४ करोड २८ लाख रकम पोखरी निर्माणमा खर्च गरिसकेको छ। तर दशक बित्दा पोखरी खेल्न योग्य भइसकेको छैन।

जर्सी फेरियो लक्ष्य फेरिएन

सोमबार, ०९ बैशाख २०७६

खजुराको निर्माणाधीन भलिबल कोर्ट। जहाँ आठौं राष्ट्रिय महिला भलिबलमा प्रतिस्पर्धा गर्न त्रिभुवन आर्मी र प्रदेश नम्बर ३ का खेलाडी तयारी गर्दै थिए। खेल्नुअघि कोर्टबाहिर केहीबेर अभ्यास चल्यो। अभ्यासका बेला एउटा खेलाडी दर्शकका आँखामा छाइरहेकी थिइन्। दर्शकको ध्यान तानेको थियो उनको केटाकै जस्तो छोटो कपालले। अन्य खेलाडीलाई स्पाइक गर्न हौसला दिइरहने उनी हुन्, कृपा अधिकारी।

सहयोगी होला राज्य ?

आइतबार, ०८ बैशाख २०७६

‘प्रदेश नम्बर ५ जिम्न्यास्टिक, चेस नम्बर ०३२’ लेखिएको जर्सी संघर्ष गुप्ताको हो। अहिले उनी १० वर्षका भए। आठौं राष्ट्रिय खेलकुदमा सहभागी ५ हजार २ सय ११ खेलाडीमध्ये सबैभन्दा कान्छा खेलाडी हुन् संघर्ष।

के पाए खेलाडीले ?

बिहिबार, ०५ बैशाख २०७६

वैशाखको रापिलो गर्मी मौसम साक्षी राख्दै नेपालगन्जले सन्देश दिनेछ खेलकुद मार्फत। खेलकुद सद्भाव, मित्रता, एकता र विकासको प्रतिक हो भनेर। आयोजकले अनुमान गरेको करिब १० हजार जनतामाझ एउटा गीत गुन्जनेछ, ‘आठौ राष्ट्रिय खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफनै देशमा।’ रंगशालाको खेलमय गीतसँगै राष्ट्रिय खेलकुदको इतिहासमा अर्को पाना थपिनेछ आठौको।

Ncell Footer Ad