पुरञ्जन आचार्य

पुरञ्जन आचार्य

वामपन्थी सरकारसँग प्रश्नै–प्रश्न?

मङ्गलबार, ११ मङि्सर २०७५

एकवर्षपछाडि फर्कौँ। संविधानसभावाट संविधान जारी भएर आमनिर्वाचनको वातावरण थियो। नेपालका वामपन्थीहरू बहुमतको सरकार बनाउँदैछन् भन्ने सर्वत्र चर्चा थियो। राजनीतिको सामान्य ज्ञान भएका सबै देशी र विदेशीले निर्वाचनपूर्वनै परिणाम आकलन गरेका थिए। पत्रपत्रिकाको मुखपृष्ठमा कांंग्रेस हार्दैछ र कम्युनिस्टले बहुमतको सरकार बनाउँदैछ भन्ने अड्कलवाजीहरू सामान्य थिए।

कांग्रेसको दशा र दिशा

मङ्गलबार, २७ कार्तिक २०७५

दसैँ र तिहार समापनसँगै राजनीतिमा चहलपहल सुरु भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक जीवनमा विवाद बाहिर आएका छन् । विपक्षी नेपाली कांग्रेसभित्र पनि अनेकन विवाद र बहस अगाडि आएका छन् । कांग्रेसका यस्ता बहस, विवाद र छलफलमा सत्ताच्युत भएपछि म जस्ता छेउ किनाराको कांग्रेसीलाई पनि सहभागी हुने अवसर मिल्न थालेको छ ।

धर्म र राजनीति

मङ्गलबार, ३० असोज २०७५

विराटनगरमा केटाकेटी हुँदा आफ्नै घर, आँगन र टोलमा जीवनका प्रारम्भिक दसैँ बिते । त्यो पूर्ण संसार नै थियो मेरा लागि । दसैँमा केटाकेटीलाईदिने अनेकन् स्वादभन्दा ठूलो आकर्षण बिहानदेखि साँझसम्म टोले साथीहरूसँग धुलो उडाउँदै सडकमा नांगो खुट्टा हिँड्दाको स्वतन्त्रता थियो ।अनि चंगा र तास खेल्दा हुने जीत–हारको उमंग नै मलाई बेग्लै थियो।

समाजले नकारेको हाम्रो राजनीति

मङ्गलबार, १६ असोज २०७५

शाश्वत पौडेल सेन्ट जेभियर्स कलेज काठमाडौँमा पढ्ने १२ कक्षाका विद्यार्थी हुन् । निर्मला हत्या काण्ड र बलात्कारविरुद्ध असोज १३ गते माइतीघर मण्डलमा उपस्थित हजारौँ विद्यार्थीमाझ शाश्वत पनि एक थिए ।

निराशाबीचको आशा

मङ्गलबार, ०२ असोज २०७५

गएको हप्ता मलाई प्रदेश नम्बर एकको केही सहर र गाउँ भ्रमण गर्ने अवसर जुट्यो । यस्तो अवसर बिपी कोइरालाको १०५आैँ जन्मजयन्तीको सुखद उपलक्ष्यमा सम्भव भयो ।

‘कक्टेल’ मा सीमित बिम्स्टेक

मङ्गलबार, १९ भदौ २०७५

काठमाडौँमा गएको साता अचम्मको संयोग जुर्याे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धी दुवै काठमाडौँ आए । प्रम मोदी बिम्स्टेकको सम्मेलनमा भाग लिन काठमाडौँमा थिए, उनले पशुपतिको दर्शन गरे । राहुल गान्धी मानसरोवर जानेक्रममा पशुपतिको दर्शन गर्न भ्याए।

नेपालमा कम्युनिस्ट अधिनायकवाद आउँछ?

मङ्गलबार, ०५ भदौ २०७५

शनिबार, भदौ २ गते भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा दुर्गा सुवेदीद्वारा लिखित‘विमान व्रिदोह : एउटा राजनीतिक अपहरणको बयान’बारे अन्तरसंवाद कार्यक्रम थियो।

प्रम ओलीको बोली र छवि

मङ्गलबार, ०८ साउन २०७५

दुई दशकअगाडि पूर्वी एशियाको बर्मा र थाइल्यान्ड सीमामा गैरकानुनी कामगरेर‘अपराधी घोषित’ एकजना व्राह्मण भागेर नेपाल आउँछन् ।

गैसस : प्राथमिकताभित्र कि बाहिर?

मङ्गलबार, २६ असार २०७५

प्रधानमन्त्री खड्गप्रसाद ओली सरकारले राष्ट्रिय सदाचार नीतिमार्फत गैरसरकारी संस्थाले के गर्नुहुन्छ र के गर्नुहुँदैन भनी लक्ष्मण रेखा खिचेको थियो ।

ओली सरकार डुब्ने कारण

मङ्गलबार, १२ असार २०७५

प्रधानमन्त्री खड्गप्रसाद ओली आफ्नो बहुचर्चित चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। प्रधानमन्त्रीको चीन भ्रमणलाई सर्वत्र उपलब्धिपूर्ण र नेपालको दिगो विकासको कोशेढुंगा भनी चित्रित गरिँदैछ ।

नाम कम्युनिस्ट, काम के?

मङ्गलबार, २९ जेठ २०७५

भारतको हरियाणा राज्य महेन्द्रगढ जिल्लामा त्रिपन्न वर्षपहिले रामकिशन यादवको जन्म भयो। आठवर्षको उमेरमा रामकिशन सरकारी पाठशालाबाट घर फर्कँदा सडकमा लड्छन्, छट्पटिन्छन् र बेहोस हुन्छन्। उनीसँगै पाठशालाबाट घर फर्किरहेका मित्रहरू रामकिशनलाई ‘भूत’ लाग्यो भनी भाग्छन्।

प्रतिपक्ष र सत्तापक्षको सय दिन

मङ्गलबार, १५ जेठ २०७५

नेपाल कम्युनिस्ट पार्टीले बहुमतको सरकार बनाएको यसै हप्ता सय दिन पूरा भयो। त्यस्तै नेपाली कांग्रेस विपक्षीको भूमिकामा बसेको पनि सय दिन भयो । यी दुवै पार्टीले सयदिनमा खेलेका भूमिकाले भावी नेपाल कुन दिशातर्फ जानेछ भन्ने बुझ्न सहयोग मिल्नेछ । परम्पराअनुरूप सत्तापक्षकोे सय दिन कस्तो रह्यो भन्नेमात्र सरोकारको विषय आधुनिक राजनीतिमा रहेन, विपक्षी पनि कति रचनात्मक र सिर्जनशील रह्यो, त्यसको समीक्षा पनि जरुरी छ।

मोदी भ्रमणका पाँच उद्देश्य

मङ्गलबार, ०१ जेठ २०७५

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले नेपाल भ्रमणका क्रममा विकासका अनेकन् सपना बाँडे पनि नेपाली युवालाई भने उनले सन्दीप लामिछामेको ‘इन्डियन क्रिकेट लिग’ सँगको आबद्धतालाई लिएर दिएको अभिव्यक्ति आकर्षक लाग्यो। प्रम मोदीले नेपालमा सन्दीपको नाम लिनु रदिल्ली डेयरडेभिल्सको होमग्राउन्डदिल्लीमै त्यही दिन सन्दीपलेखेल्न पाउनु संयोग नै भयो।

कांग्रेस पराजयको जिम्मेवारी विवाद

मङ्गलबार, १८ बैशाख २०७५

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आरोप र प्रत्यारोप गर्दै अन्ततः निर्वाचन पराजयको सामूहिक जिम्मेवारी लिने भनी टुंगियो। विश्व राजनीतिक इतिहासमा बिरलै सुन्न र पढ्न पाइने निर्णय नेपाली कांग्रेसबाट सुनियो। पराजयको जिम्मेवारी केन्द्रीय कार्यसमितिले सामूहिकरूपमा लिने भनी गरेको निर्णयसँगै प्रश्न उठ्छ– किन चाहियो नेतृत्व, नीति र रणनीतिहरू पार्टीमा?

प्रमको आशालाग्दो ६० दिन

मङ्गलबार, ०४ बैशाख २०७५

निर्वाचित नयाँ सरकारलाई एक सय दिनसबै पक्षबाट अवरोध नगरी सहयोगमात्र गर्ने चलनलाई ‘हनिमुन पिरियड’ भनिएको होला।

फाइल बढुवा, छाताधारी र जुझारु कांग्रेस

मङ्गलबार, २० चैत २०७४

विराटनगरबाट काठमाडौँ उड्ने बुद्ध एयरको जहाज ‘डिले’ भएर म विराटनगर विमानस्थलमा बसिरहेको छु। मेरो दायाँवायाँ उर्लावारी, धरान र विराटनगरका भद्रभलाद्मीहरू राजनीतिक चर्चा गर्न व्यस्त छन्।

प्रम ओली निराश नपार

मङ्गलबार, ०६ चैत २०७४

स्टिफन हकिङ ब्रह्माण्डको अध्ययन र अनुसन्धानमा जीवन समर्पित गरी यसै साता व्रह्माण्डमा समाहित भए। ब्रह्माण्डबारे आमनेपालीलाई जिज्ञाशा र चासो छैन, हुनै सक्तैन। आफ्नो र परिवारको जीवन धान्न संघर्ष गर्नुपर्ने आमनेपालीको ब्रहमाण्ड सीमित छ।

२०७४ साल पर्व

मङ्गलबार, ०८ फागुन २०७४

नेपाल चाडपर्वहरूले भरिएको देश हो । चाड र सांस्कृतिक पर्वहरू मात्र होइन, राजनीतिक पर्वहरू पनि प्रशस्तै छन् नेपालमा । कोतपर्व त आम नेपालीहरूको मनमस्तिष्कमा अमिट नै छ । नेपाल एकीकरणपछि सत्ता स्वार्थका लागि अनेकन् राजनीतिक पर्वहरू घटे नेपालमा । ती सबै पर्वहरूमा कैयन् मानिसहरूको जीवनगाथा समाप्त भयो, कैयन् बहादुर नेपालीहरूको अनाहकमा ज्यान गयो । सत्ता परिवर्तन भए । शासक र वंशहरू नयाँ नयाँ उदाए र अस्ताए । तर पनि पर्वहरू निरन्तर भइरहेकै छन्।

दिल्ली किन काठमाडौँ आयो ?

मङ्गलबार, २३ माघ २०७४

नयाँ दिल्ली आफ्नै चिन्ता र छटपटीले दौडिएर काठमाडौँ आएको यो पहिलो घटना हो । दिल्ली धाउने बानी परेका नेपाली नेता दिल्ली नै काठमाडाैँधाउने दिन आएकामा तीनछक्क परेका होलान् यतिखेर।

नयाँ नेपाल बनाउने तीन घटना

मङ्गलबार, ०९ माघ २०७४

वामपन्थीहरूको सत्ताआरोहणसँगै भावी दिन कांग्रेसका लागि पीडादायीमात्र हुने छैन, बुद्धि पुराए कांग्रेस शुद्धीकरण र सुदृढीकरणको अवसर पनि बन्नेछ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।