प्रवीण ढकाल

प्रवीण ढकाल

पुनर्निर्माणमा गैससको मनपरी

बिहिबार, १३ माघ २०७३

भूकम्प प्रभावित ७ जिल्लामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) ले निर्माण गरेका स्वास्थ्य संस्थाका भवन मापदण्डविपरीत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयको अनुगमनका क्रममा स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएका १० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्राविधिक जाँच नगरी स्वास्थ्य संस्थाका भवन बनाएको पाइएको हो।

डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई स्वास्थ्य मन्त्रीको ८ बुँदे अपिल

बुधबार, १२ माघ २०७३

स्वास्थ्य संवेदनशील क्षेत्र भएको हुँदा बिहान ८ बजेदेखि ५ बजेसम्म सेवा खुला राख्न व्यवस्था मिलाउन सरकारले ल्याएको नियमका पक्ष र विपक्षमा बहस हुन थालेपछि स्वास्थ्य मन्त्री थापाले जेनेभाबाट नै अपिल जारी गरेका छन् ।

डकर्मीलाई तालिम दिन सेना

आइतबार, ०९ माघ २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आग्रहमा रक्षा मन्त्रालयले माघ अन्तिम सातादेखि नेपाली सेनाका तालिम प्राप्त प्राविधिक जनशक्तिलाई भूकम्पपछिको पुनर्निर्माणमा खटाउने भएको छ।

चैतदेखि चुरोट–सुर्ति बेच्न छुट्टै पसल

बिहिबार, ०६ माघ २०७३

सरकारले जथाभावी रुपमा सूर्तीजन्य पदार्थको विक्रीवितरण नियन्त्रण गर्न चैतदेखि छुट्टै पसल सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ।

पुनर्निर्माणमा सघाउन सेना खटाइँदै

बिहिबार, ०६ माघ २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई परिचालन गर्ने योजना बनाएको छ। सेना र सशस्त्रको सहयोग लिए पुनर्निर्माणको गति तीव्र हुने निर्क्योलसहित प्राधिकरणले सम्बन्धित निकायसँग छलफल थालिसकेको छ।

भूकम्पपीडितलाई दोस्रो किस्ता आजबाट

बुधबार, ०५ माघ २०७३

सरकारले भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ताको डेढ लाख रुपैयाँ वितरण बुधबार सुरु गर्ने भएको छ। पहिलो किस्तामा ५० हजार अनुदान लिई घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएका पीडितले दोस्रो किस्ताको रकम पाउनेछन्।

कार्की सरकारी निवास छाडेर भाइको घरमा

शुक्रबार, २९ पुष २०७३

सर्वोच्च अदालतको फैसलासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त लोकमानसिंह कार्कीले  सकारी निवास छाडेका छन्। सर्वोच्चले पाँच दिनअघि कार्की अख्तियार प्रमुख आयुक्त हुन अयोग्य भएको फैसला सुनाएको थियो।

निलम्बित सांसद् साहविरुद्ध भ्रष्टाचार मुद्दा

मङ्गलबार, २६ पुष २०७३

अवैध हतियारदेखि ज्यान मुद्दासम्ममा दोषी देखिएका साहले पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले साहबाट बिगोबराबरको जरिबानासमेत असुल गर्नुपर्ने दाबीसहित मुद्दा हालेको छ।

निलम्बित सांसद साहविरुद्ध भ्रष्टाचार मुद्दा, विगो र जरिवानासहित ६३ करोड असुल गर्न माग

सोमबार, २५ पुष २०७३

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर बम काण्डको मुद्दामा थुनामा रहेका निलम्वित सभासद सञ्जयकुमार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सिइओ ज्ञवालीले सरकारलाई बुझाए ६ पानाकाे दोस्रो स्पष्टीकरण

आइतबार, २४ पुष २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सरकारले सोधेको दास्रो स्पष्टीकरणको जबाफ अाज बुझाएका छन्। ज्ञवालीले यसअघि बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै सरकारले बिहीबार दोस्रोपटक 'तपाईंलाई पदबाट किन नहटाउने?' भन्ने बेहोरासहित चारबुँदे स्पष्टिकरण सोधेको थियो।

यस्तो छ ज्ञवालीले बुझाएको ७२ पृष्ठको स्पष्टीकरण

बिहिबार, २१ पुष २०७३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारलाई ७२ पृष्ठ लामो स्पष्टीकरण बुझाएका छन्। गत बिहीबारको मन्त्रिपरिषद् बैठकले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सोधेको स्पष्टीकरणको जबाफ ज्ञवालीले बुधबार प्रधानमन्त्री कार्यालयमा बुझाएका हुन्।

घर पायक आधारमा कर्मचारी समायोजन गर्ने तयारी

बुधबार, २० पुष २०७३

सरकारले संघीय संरचनामा कर्मचारी समायोजन गर्दा घरपायक स्थान रोज्नसक्ने व्यवस्था गर्न लागेको छ । सामान्य प्रशासन मन्त्रालयले संघीय संरचनामा कर्मचारी समायोजन खाका तयार पारेको छ । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्दा नागरिकतामा उल्लेख ठेगाना आधारमा कर्मचारीलाई घरपायक रोजेर जान सक्ने व्यवस्था गर्न लागिएको हो ।

सिभिल हस्पिटलको निर्देशकमा डा. दीर्घराज आरसी

मङ्गलबार, १९ पुष २०७३

सामान्य प्रशासन मन्त्रालयले निजामति अस्पताल (सिभिल हस्पिटल)को निर्देशक पदमा डा. दीर्घराज आरसीलाई नियुक्त गरेको छ। मन्त्रालयले ४ वर्षे कार्यकालका लागि डा. आरसीलाई उक्त पदमा नियुक्त गरेको हो।

प्राधिकरण सिइओ हटाउने तयारी, ७ दिने स्पष्टिकरण सोध्ने सरकारको निर्णय

बिहिबार, १४ पुष २०७३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीलाई हटाउन सरकारले प्रक्रिया थालेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीको काम सन्तोषजनक नभएको र सरकारलाई असहयोग गरेको भन्दै ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

यी हुन् मन्त्रिपरिषद बैठकले गरेका निर्णय

बिहिबार, १४ पुष २०७३

सरकारले शिक्षा क्षेत्रमा खर्च गर्ने गरी एसियाली विकास बैंक एडिवीले दिने २ अर्व १२ करोड अनुदार रकम स्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार विहान बसेको मन्त्रिपरिषद बैठकले एडिवीको अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको हो।

मालपोत 'सर्वाधिक घुस्याहा'

मङ्गलबार, १२ पुष २०७३

सरकारी कार्यालयमध्ये मालपोतमा सबैभन्दा बढी घुस लेनदेन हुने गरेको एक अध्ययनले देखाएको छ। भ्रष्टाचारविरुद्ध काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले सबैभन्दा बढी घुस लिने र काममा ढिलाइ गर्ने निकायका रुपमा मालपोत कार्यालयलाई देखाएको हो।

भूकम्पपीडितलाई तीन लाख नदिन दाताको दबाब

सोमबार, ११ पुष २०७३

भूकम्पपीडितलाई घर बनाउन सरकारले दिने भनेको तीन लाख रुपैयाँ घटाएर दुई लाखमा झार्न विभिन्न दातृनिकायले चर्को दबाब दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको असोज १० को बैठकले भूकम्पपीडितलाई घर बनाउन दिने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्‍याउने निर्णय गरेको थियो।

‘प्रदेश राजधानी दक्षिण अफ्रिकी मोडलमा उपयुक्त’

आइतबार, १० पुष २०७३

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले देश संघीय संरचनामा गएपछि व्यापारिक, कार्यकारी, विधायिकी, न्यायिकलगायत आधारमा प्रदेश राजधानी चयन गर्न सुझाव दिएको छ ।

मनपरी उपचार खर्च बाँड्न अंकुश

शनिबार, ०९ पुष २०७३

पूर्व विशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई उपचारका नाममा राज्यकोषबाट मनपरी रकम वितरणमा सरकारले अंकुश लगाएको छ। उपचारका नाममा भइरहेको राज्यकोष दुरुपयोग रोक्न बनाइएको नयाँ कार्यविधि सरकारले पास गरेको छ।

फास्ट ट्र्याक सरकार आफैंले बनाउने

शुक्रबार, ०८ पुष २०७३

सरकारले काठमाडौंलाई तराई–मधेससँग जोड्ने द्रुत मार्ग (फास्ट ट्र्याक) आफैं बनाउने निर्णय गरेको छ। यस विषयमा अध्ययन गर्न सात सदस्यीय समितिसमेत सरकारले गठन गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad