स्मृति ढुंगाना

स्मृति ढुंगाना

सांगीतिक उर्जा जगाउँदै शान्ति

शुक्रबार, १७ जेठ २०७६

‘पीडामा लेखिएका गीतहरू साँच्चिकै मेलोडियस् हुन्छन्। सायद मेलोडियस गीतहरू अब सुन्न पाइँदैन होला’, केही दिनअघि कालिकास्थानस्थित नेपालयमा गीत रिहर्सल गरिरहेकी गायिका र संगीतकार शान्ति ठटाल भन्दै थिइन्, ‘नयाँ पुस्ताका कलाकारले मेलोडियस गीतहरू तयार पार्न सकेका छैनन्।’ आज शुक्रबारदेखि आयोजना हुन लागेको ‘पलेँटी’ शृंखला अन्तर्गत ‘सेलिब्रेटिङ शान्ति ठटाल्स् म्युजिकल जर्नी’ कार्यक्रममा संगीतकार ठटाल गायिका विमला सेन्चुरी प्रधान र अञ्जली प्रधानसाथ प्रस्तुत हुँदैछिन्। चौथौ पटक ‘पलेँटी’ शृंखलामा देखिन लागेकी उनी रिहर्सलमा दुई गायिकाहरूलाई प्रोत्साहित गर्दैछिन्।

काठमाडौंमा हुने ‘आइफा अवार्ड’ अन्योलमा

बिहिबार, ०९ जेठ २०७६

साउनको दोस्रो साता राजधानीमा आयोजना हुने भनिएको ‘इन्टरनेसनल इण्डिया फिल्म अवार्ड(आइफा)– २०१९’ नेतृत्वका कारण अन्योलमा परेको छ। पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले नेतृत्व नलिएपछि साउनको दोस्रो सातामा अवार्ड हुनुपर्ने सम्झौता स्थगित हुने सम्भावना देखिएको हो।

महिला स्वतन्त्रता पक्षमा राष्ट्रिय कला प्रदर्शनी

शुक्रबार, ०३ जेठ २०७६

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएको केही शक्तिशाली प्राज्ञहरूले हतारमा प्रदर्शनी गर्न खोज्दा आफूनिकटलाई समावेश गरेका छन्। त्यसैले यो प्रदर्शनीले कहिल्यै कलाकार र कलाको विकासमा योगदान पु-याउन सकेन।

ढुंगा अभावसँगै मूर्तिकार अन्योलमा

मङ्गलबार, २४ बैशाख २०७६

सरकारी अवरोधका कारण ढुंगा निकाल्न पाइँदैन। गिटी निकाल्न र ल्याउन ढुंगा सहजै रूपमा आएपनि मूर्ति बनाउने ढुंगा ल्याउँदा अवरोध हुन्छ।

‘मिस नेपाल’ बन्न प्रशिक्षणमा सुन्दरी

बिहिबार, १९ बैशाख २०७६

‘मिस नेपाल २०१९’ को अडिसनको दौरान सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएकी प्रतियोगी अस्मिता महर्जन मेकअप गर्न सिक्दैछिन्। ‘मिस नेपाल’ प्रतियोगिता अन्तर्गत सञ्चालन भइरहेको प्रशिक्षणमा सहभागी अन्य प्रतियोगीहरू उनको आँखामा ल्यासेस लगाउन सघाउँदै थिए।

युट्युबका नाममा फैलदै विकृति

बिहिबार, १२ बैशाख २०७६

गत वर्ष अश्लील संवाद र द्विअर्थी प्रश्नसहितको कार्यक्रम प्रसारण गरेको आरोपमा प्रहरीले ‘मस्ती टक टाइम’ नामक युट्युब च्यानलका सञ्चालकसहित तीनलाई पक्राउ ग-यो। अश्लीलता झल्कने अन्तर्वार्ता युट्युब च्यानलबाट प्रसारण गरेकाले च्यानल सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अन्तर्वाता दिने मोडल हेटौंडाकी परी तामाङलाई साईबर अपराधअन्तर्गत प्रहरीले मुद्दा चलायो।

‘सगरमाथा बेस क्याम्पको यात्रा अविष्मरणीय रह्यो’

शुक्रबार, ०६ बैशाख २०७६

‘संसारको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पसम्म पुग्दा मनमा भएको डर हराएको थियो । यसले जीवनको महत्व बुझिई रहेछु’, नेपाल पर्यटन बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको ‘एभेष्ट बेस क्याम्प एक्सपिरियन्स्’ नामक कार्यक्रममा अभिनेत्री मनीषा कोइरालाले यसो भनी रहँदा उनको मुहारमा अनौठो चमक प्रष्ट देखिन्थ्यो ।

कीर्तिपुरमा पार्क निर्माण गर्न मूर्ति बनाउँदै कलाकाहरु

बिहिबार, २८ चैत २०७५

कीर्तिपुर नगरपालिका प्रवेश गरेलगत्तै उत्तरतर्फ लाग्ने बाटोको छेउमा एक हुल मानिसहरु भेला भएर ढुंगाहरुमा विभिन्न आकृति कोर्दै छन्। कोही ढुंगामा कोदेर नयाँ आकार दिन व्यस्त छन्, कोही ढुंगा सफा गर्दैछन् र कोही धुलोबाट बच्न माक्स खोज्दैन्। यो दृश्य कीर्तिपुर नगरपालिकाको स्थापना दिवसको दिन चैत १४ देखि कीर्तिपुरमा निर्माण हुन लागेको ‘युद्ध स्मारक पार्क’ को लागि आयोजना भइरहेको मूर्तिकला कार्यशालामा सहभागि कलाकारहरुको हो।

द्वन्द्वकाल सम्झाउने नाटक ‘द लिटिल स्कुल’

बिहिबार, ३० फागुन २०७५

लेखक अलिसिया पार्टनोय सेनाबाट बेपत्ता हुनुपर्दाको घटनाक्रम सुनाउँदै छिन्। उनले घटनाको बयान गरिरहँदा छेउमै सेनाजस्ता देखिने केही मानिस एक युवतीलाई जबर्जस्ती समातेर लैजान्छ । यो दृश्य शनिबारदेखि कौसी थिएटरमा मञ्चन भइरहेको ‘द लिटिल स्कुल : बेपत्ता पारिनु र बाँच्नुका कथा’ नामक नाटकको हो।

‘द म्यान फ्रम काठमाडौं करिअरकै महत्वपूर्ण फिल्म’

मङ्गलबार, २८ फागुन २०७५

अभिनेत्री आना (अन्नपूर्ण) शर्मा यतिबेला फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को प्रमोसनमा व्यस्त छिन्। आगामी चैत १ देखि देशभर रिलिज हुन लागेको यो फिल्ममार्फत उनी डेढ वर्षपछि दर्शकमाझ आउँदैछिन्। आनाले यो फिल्मलाई आफ्नो करिअरको महत्वपूर्ण फिल्म मानेकी छन्। फिल्ममा समाजसेवीको भूमिकामा देखिएकी उनी यस फिल्मलाई एक्सन लभस्टोरी भन्न रुचाउँछिन्।

न्युड आर्टमा दर्शकको घुइँचो

शुक्रबार, १७ फागुन २०७५

न्युड आर्टमा सक्रिय भएर नेपालमा काम गर्ने कलाकारहरू कम छन्। करिब दुई दशकदेखि यस विधामा चित्रहरू कोरिरहेका कलाकार कपिलमणि दीक्षितको एकल चित्रकला प्रदर्शनी ललितपुरको चाकुपाटस्थित ग्यालरी एमक्युबमा भइरहेको छ। ‘५०० न्युड्स’ नामक १५ औं चित्रकला प्रदर्शनीमा उनले मानिसहरूको दैनिक जीवनका विभिन्न गतिविधि, हाउभाउ र अवस्थालाई सिरिजमार्फत प्रस्तुत गरेका छन्।

विदेशबाट फिर्ता भएका मूर्तिहरू प्रदर्शनीमा

सोमबार, ०६ फागुन २०७५

गत चैतमा अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन कला संग्रहालयबाट फिर्ता भएका नेपालबाट हराएका १२ औं र १७ औं शताब्दीका बुद्ध र उमामहेश्वरका मूर्तिहरू छाउनीस्थित राष्ट्रिय संग्राहलयमा प्रदर्शनीमा राखिएका छन्।

धागोमा बेरिएर बौद्धनाथ स्तुपा परिक्रमा

मङ्गलबार, २९ माघ २०७५

बौद्ध धर्मावलम्बी र पर्यटकहरूको घुइँचो हुने राजधानीको बौद्धनाथ स्तुपामा आइतबार ऊनीको रंगीचंगी धागोले बुनेको १३ सय ३६ मिटर लामो डोरी लिएर कलाकार र सर्वसाधारणहरू कोरा (परिक्रमा) गरिरहेका थिए। कलामा विभिन्न प्रयोग गर्ने चित्रकार मनिषलाल श्रेष्ठले तयार पारेको ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कलाअन्तर्गत करिब चार सय सर्व

निकुञ्जमा फिल्म सुटिङ गर्न सकस

शुक्रबार, ११ माघ २०७५

केही साताअघि बेलायतको एक डकुमेन्ट्री निर्माण टोलीले लुक्लास्थित सगरमाथा राष्ट्रिय निकुञ्जमा सुटिङ अघि अनावश्यक झन्झट खेप्नुपर्यो। नेपालमा विदेशी फिल्म खिच्न नेपाल सरकार सञ्चार मन्त्रालय र राष्ट्रिय निकुञ्जभित्र सुटिङ गर्नुअघि राष्टिय निकुञ्जको विभागबाट अनुमति लिए पनि सम्बन्धित निकुञ्जका अधिकारी र कर्मचारीहरूले बढी शुल्क लिएर टोलीलाई सुटिङ गर्न दिएका थिए।

ग्यालरीको विकल्प होटल तथा रेस्टुरेन्टको स्पेस

मङ्गलबार, ०१ माघ २०७५

राजधानीमा भएका आर्ट ग्यालरीहरूमा हरेक दिनजस्तो चित्रकला प्रदर्शनी र विभिन्न गतिविधि हुने क्रम बढ्दो छ। आफ्नो चित्रकला आर्ट ग्यालरीमा प्रदर्शन गर्न महिनौं पर्खनुपर्ने स्थिति सिर्जना भएपछि कलाकारहरूले नयाँ विकल्पका रूपमा होटल र रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी गर्न थालेका छन्।  हालै चित्रकार विधाता केसीले ठमेलस्थित दलाई–ला बुटिक होटलमा सञ्चालन गर्न ल्याएको दलाई–ला आर्ट स्पेसमा आफ्नो एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्। उनले त्यसअघि ललितपुरको जिजि मचानमा एकल चित्रकला प्रदर्शनी गरेकी थिइन्।

करियर ध्वस्त हुने डरले बोल्दैनन् : रेखा थापा

आइतबार, २९ पुष २०७५

संसारभर महिलामाथि हुने यौन दुव्र्यवहारविरुद्ध सुरु भएको ‘मिटु’ अभियानले चर्चा पाए पनि यो अभियान नेपालमा भने लोकप्रिय हुन सकेको छैन। हलिउड र बलिउड अभिनेत्री र कलाकारहरु सक्रिय रुपमा यो अभियानमा लागे पनि नेपाली अभिनेत्रीहरुले भने बोल्ने आँट नगरेको ठहर छ, अभिनेत्री रेखा थापाको।

१६ वर्षपछि घर फर्किन् अमृता

आइतबार, २२ पुष २०७५

नेपाली मूलकी अभिनेत्री अमृता आचार्य नेपाल भ्रमणमा छिन्। एचबिओ च्यानलको चर्चित सिरिज ‘गेम अफ थ्रोन्स’की अभिनेत्री १६ वर्षपछि नेपाल आएकी हुन्। नेपाल र भारतबाट विभिन्न जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकाको पुनःस्थापनाका लागि स्थापित ‘छोराछोरी’ नामक संस्थाको पहलमा नेपाल भ्रमणमा आएकी थिइन्।

सम्पदा क्षेत्रमा फिल्म सुटिङ झन्झटिलो

बुधबार, १८ पुष २०७५

गत साता इजरायलको एक रियालिटी सोले बौद्ध स्तुपामा सुटिङ हुनुअघि अनावश्यक झन्झट खेप्नुपर्‍यो। नेपालमा विदेशी फिल्म खिच्न नेपाल सरकार सञ्चार मन्त्रालय र श्री बौद्धनाथ क्षेत्र विकास समितिबाट सुटिङपूर्व अनुमति लिए पनि जानकारी नगराएको भन्दै बौद्ध घ्याङ गुठीले सुटिङ रोक्यो। तत्काल उक्त रियालिटी सोमा आबद्ध फिल्मकर्मीहरूले लिखित रूपमा निवेदन दिएपछि बल्ल सुटिङ सुचारु भएको थियो।

भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी प्रदर्शनी हुँदै

बिहिबार, ०५ पुष २०७५

संसारभरिका कलाहरूको केन्द्र मानिने भियनामा पहिलोपटक नेपाली कन्टेम्प्रोरी कला प्रदर्शनी हुँदैछ। कन्टेप्रोरी कलामा काम गरिरहेका ३७ नेपाली कलाकारद्वारा तयार पारिएका ९० वटा आधुनिक कला पहिलोपटक अस्ट्रियाको राजधानी भियनास्थित वाल्ट म्युजियममा प्रदर्शन हुन लागेको हो।

‘क्यान्सरमाथिको विजय नै पुस्तक लेखनको प्रेरणा’

मङ्गलबार, ०३ पुष २०७५

‘मृत्युनजिक पुग्दा जीवनको महत्व बुझिने रहेछ,’ राजधानीमा फाइन प्रिन्टले सोमबार आयोजना गरेको ‘मिट द अथर’ कार्यक्रममा अभिनेत्री मनीषा कोइराला भन्दै थिइन्। क्यान्सरलाई जितेको अनुभव सँगालेर तयार पारिएको आत्मकथा ‘हिल्ड’ तयार भएको बताउँदै थिइन् उनी।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।