राजु नेपाल

राजु नेपाल

राजनीतिमा धर्मको बहस

मङ्गलबार, २४ पुष २०७५

शास्त्रीय भाषामा धर्मको अर्थ मानव तथा जीवको स्वाभाविक गुण हुन्छ। धर्मका दुईवटा पक्ष र आठवटा मार्ग हुन्छन्। धर्मका दुईवटा पक्ष कर्तव्यपालन र परोपकार हुन् भने आठमार्ग कर्म, अध्ययन, ज्ञान, तप, सत्य, क्षमा, दया र लोभको त्याग हुन्। धर्मको रक्षा सत्यबाट मात्रै हुन्छ। धर्म भनेको हिन्दू, मुस्लिम, इसाई वा अरु केही हैनन्। ती सबै त आस्था हुन्।

कोमाको यात्रामा ब्याज अर्थतन्त्र

आइतबार, ०८ पुष २०७५

अलिअलि मात्रै पनि अर्थशास्त्र बुझेकाले एकछिन सोचौँ त, जब कुनै देशका सबै वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने एक वर्षे मुद्दती निक्षेपको ब्याजदर एकै दिनमा वार्षिक १३.५ प्रतिशतबाट झारेर वार्षिक ९.५ प्रतिशत बनाउँछन्भने त्यो देशमा के हुन्छ ?उत्तर सजिलो छ–त्यो देशको अर्थतन्त्र तुरुन्तै कोमामा जान्छ वा कोमातर्फको यात्राको टिकट काटेर बस चढ्छ।

कांग्रेसको आर्थिक प्रस्ताव : सरकारलाई शिक्षा

सोमबार, २४ मङि्सर २०७५

नेपाली कांग्रेसको महासमितिको बैठक मंसिर २८ गतेबाट काठमाडाँैमा हुँदै छ। आम निर्वाचनको परिणामले स्थानीय सरकारबाहेक प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली कांग्रेसको पराजयपछि र विगत २५ वर्षको अवधिमा लामो समयसम्म प्रतिपक्षमा बस्नुपर्ने बाध्यात्मक स्थितिमा यो महासमितिको बैठक र यसमा प्रस्तुत हुने आर्थिक र राजनीतिक प्रस्तावले नेपाली कांग्रेस र देशको राजनीतिमा दूरगामी असर पार्नेछ।

कम्युनिस्ट कर सामन्ती रहर

बिहिबार, २१ भदौ २०७५

विगत केही समयदेखि देशका विभिन्न स्थानीय निकाय र प्रदेश सरकारले जनतालाई प्रत्यक्ष असर पर्नेगरी कर लगाउने निर्णय गरिरहेका छन् ।

अर्थमन्त्रीको श्वेतपत्र

सोमबार, १९ चैत २०७४

सरकार गठनको डेढ महिनापछि र प्रधानमन्त्रीको भारत भ्रमणको मिति घोषणाको दिनपारेर अर्थमन्त्रीले श्वेतपत्रजारी गरेकाछन्। संवैधानिक र कानुनीकारणले सरकार गठन हुन केही समय लागेपनि वाम गठबन्धनले चुनावजितिसकेको र आफ्नो सरकार बन्ने निश्चित भइसकेको स्थितिमा सरकार बनेको हप्तादिनभित्रै श्वेतपत्रआउनुपर्ने हो।

मौद्रिक नीतिको गन्तव्य

बिहिबार, २९ असार २०७४

गत वर्ष सरकारको कुनै विशेष नीतिका कारणले नभई राम्रो वर्षा, बन्द हडतालमा आएको कमी र व्यापारीको उच्च मनोबलले भएको उच्च आर्थिक वृद्धिदरलाई यो वर्ष पनि इन्द्र भगवानकै अनुकम्पामा छाडिएको छ।

खेर जाँदै आर्थिक वर्ष

सोमबार, २० भदौ २०७३

चालु आर्थिक वर्षको करिब दुई महिना सकिन लागेको छ। जेठमा आएको बजेट र त्यसपछिका राजनैतिक उतार–चढावमा सबैभन्दा चर्को दबाब बजेटमाथि नै पर्‍यो। आफैं सामेल सरकारले बनाएको बजेट पास गर्न पनि सरकार ढाल्ने निहुँमा माओवादीले सहयोग गरेन भने संसद्मा अब बहुमत छैन, बरु राजिनामा गरेर बजेट बचाऊँ भन्ने एमालेले देशप्रतिको उत्तरदायित्व पूरा गर्न चाहेन।

दुर्घटना र सडक

सोमबार, १३ भदौ २०७३

सरकारी लापरबाहीका कारण सडक दुर्घटना बढ्दो छ र मानिस मरिरहेका छन्। त्यसैले अब यस्ता घटनाविरुद्ध सरकारलाई विपक्षी बनाएर मुद्दा दायर गर्नुपर्ने बेला भइसकेको छ।

चाडबाड, देखासिकी र खर्च

सोमबार, ०६ भदौ २०७३

हामीकहाँ मनाइने केही पर्व साना छन् भने केही ठूला। चाडको आकार जत्रो भए पनि खुसीसाथ मनाउनका निम्ति महत्वपूर्ण दुई तत्व भनेका 'परिवार र पैसा' नै हुन्।

बजारले नपत्याएका अर्थ मन्त्री

सोमबार, २४ साउन २०७३

श्रावण महिनाको दोस्रो हप्ता। नेपाल स्टक एक्सचेन्जमा दर्ता भएका सबै कम्पनीको गत आर्थिक वर्षको नाफा/नोक्सानको विवरण प्रकाशित हुने प्रमुख समय। स्टक एक्सचेन्जमा दरो उपस्थिति जनाएको बैंक तथा वित्तीय क्षेत्रले अत्यन्त उत्साहजनक नतिजा प्रकाशित गर्दै गरेको र सेयरधनीहरु यो वर्ष धेरै लाभांश पाउनेमा ढुक्क भइरहको समय।

एमालेको भ्रम खेती

सोमबार, १७ साउन २०७३

अन्ततः एमाले नेतृत्वको सरकार ढलेको छ। देशका लागि यो सरकार बन्नै नहुने र बने पनि यति लामो समय रहन नहुने पक्का थियो। तर पनि माआवादीले ढिला निर्णय गर्दा देशले करिब नौ महिना बन्दीको जस्तो नियति बेहोर्नुपर्‍यो।

शिव के हो?

सोमबार, १० साउन २०७३

आज साउन महिनाको सोमबार। नेपाललगायत संसारका हरेक स्थानमा बस्ने करोडौं सनातन धर्मावलम्बीहरु महादेवको उपासना गर्दै मन्दिर जाने, पूजा गर्ने र व्रत बस्ने गर्दैछन्। यो क्रम हजारौं वर्षदेखि चल्दै आएको छ र जबसम्म यो पृथ्वी रहन्छ तबसम्म चल्नेछ। वेलपत्रले शिवालयहरु ढाकिएका छन्। शिवको आराधनामा हजारौं भक्तहरु न्ाचगान गर्दैछन्। यो क्रम वर्षभर नै चल्ने भए पनि साउनमा धेरै बढी हुन्छ। किनकि साउन शिवलाई मन पर्ने महिना हो। साउनले मानिसलाई शिवतत्वमा जान प्रेरित गर्छ।

मौद्रिक नीतिः राम्रो तर अपूरो

सोमबार, ०३ साउन २०७३

हरेक वर्षझैँ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारले बजेटमा राखेका कतिपय लक्ष प्राप्तिका लागि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् आफूमातहतका विभिन्न क्षेत्रका प्रावधानहरू संसोधन वा थपघट गरी यो नीति सार्वजनिक गर्छ।

आर्थिक वर्षको अन्त्यमा

सोमबार, २७ असार २०७३

आर्थिक वर्ष २०७२/०७३ समाप्त हुनै लागेको छ। अचेल सरकारी कर्मचारी, बैंकर मात्र नभई सबै व्यापारी पूर्णरुपमा व्यस्त छन्। कसैलाई बोल्नेसमेत फुर्सद छैन। वर्षभर घुमफिर गर्दै रहेका सरकारी हाकिम आफ्ना–आफ्ना कार्यालयमा फिर्ता आएका मात्रै हैन दिनभर हिसाब मिलानमा व्यस्त देखिन्छन्।

समाज र बेलायतको चुनाव

सोमबार, २० असार २०७३

बेलायतमा गएको साता युरेपियन युनियन (इयु) मा रहने कि छुट्टिनेबारे जनमत संग्रह भयो। बेलायती जनतासँग जनमतका लागि दुई विकल्प थिए, इयुमै रहने वा इयुबाट छुट्टिने।

शास्त्र र समाजको विकास

सोमबार, १३ असार २०७३

राजनीति समाज विकासको अपरिहार्य माध्यम हो। यो पेशा हैन र बनाउनु पनि हुन्न। समाजलाई एकतामा बाँध्न र आर्थिक सामाजिक सबै प्रकारका विकासको फल सबै जनतासम्म पुर्‍याउन राजनीतिक पक्षले नेतृत्व लिनुपर्छ। राजनीति संविधान, कानुन, समाजको संरचना र विभिन्न नीतिअन्तर्गत चल्छ।

नयाँ शक्ति र अर्थतन्त्र

सोमबार, ०६ असार २०७३

नारा बनाउन नेपालका कम्युनिस्ट खप्पिस छन्। नाराले मात्र देश विकास हुने भए विगत पच्चीस वर्षमा नेपालीले जति मीठा नारा संसारका कुनै देशका नागरिकले सुनेका छैनन् होला। आर्थिक विकासको नाराका साथ गठन भएको पार्टीको आर्थिक नीति भने पार्टी गठनकौ भेला र बन्द सत्रले पारित गर्न सकेन।

  • 1 (current)
Ncell Footer Ad