coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सुनकोशीमा डुबेर एक बेपत्ता

बनेपा- काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित सुनकोशी नदीमा आज दिउँसो पौडी खेल्ने क्रममा एक युवा डुबेर बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार नदी किनारामा वनभोज खान आएका काठमाडौँ, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल नयाँपाटी बस्ने कृष्ण घलेका १८ वर्षीय छोरा मिलन घले पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार जोसेप कलेज कपनमा कक्षा १२ मा अध्ययनरत मिलन तिहारमा देउसी भैलो खेलेर जम्मा भएको रकमबाट साथीहरुसँग मिलेर वनभोजका लागि बिहीबार नै दोलालघाट आएर बसेका र आज दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ। एउटै कलेजमा अध्ययन गरेका १४ विद्यार्थी रमाइलोका लागि दोलालघाट आएका प्रहरीले जनाएको छ।

बेपत्ता मिलनको प्रहरी र स्थानीय बासिन्दा मिलेर खोजी कार्य जारी राखेको भए पनि अझै फेला पार्न नसकेको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक गिरीका अनुसार खोजी कार्यका लागि अहिले सशस्त्र प्रहरीको टोलीसमेत खटिएको छ। रासस

प्रकाशित: १५ कार्तिक २०७६ १३:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App