स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने माओवादी केन्द्रको ठहर

शनिबार, १८ मङि्सर २०७३, १५ : २० नागरिक

काठमाडौँ- नेकपा (माओवादी) केन्द्रले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले संविधान कार्यान्वयन गरेर जानका लागि चुनावको मिति घोषणा गरेर जानुपर्ने ठहर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

बैठकमा प्रधानमन्त्री दाहालले सरकारले केही दिनमै चुनावको घोषणा गर्ने तयारी गरेको जानकारी दिए। बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्नका लागि सबै दलसँग थप छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ।

प्रधानमन्त्री दाहालले संशोधनमा सबै दलको सहमति जुटाउन सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सङ्घीय गठबन्धनसँग निरन्तर संवादमा रहेको बैठकमा जानकारी दिए। उनले संशोधनमा मधेसी दल सहमतिमा आउने आफूले विश्वास लिएको बताए।

संशोधन प्रस्तावविरुद्ध देशका विभिन्न भागमा चलेको आन्दोलनका बारेमा समेत आजको बैठकमा समीक्षा भएको थियो। बैठकमा पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराएको बताए।  पार्टीको सङ्गठनात्मक संरचनाका विषय छिटो टुङ्ग्याउनुपर्नेमा बैठकमा सहभागी नेताहरुले जोड दिएका थिए। रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad