coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, २३ घाइते

दाङ- दाङमा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २३ जना घाइते भएका छन्। जिल्लाको गढवा गाउँपालिका–५ चिसापानी भन्ने स्थानमा भैलोको पिकनिक खाएर फर्कँदै गरेको चढेको रा १ त २३९३ नम्बरको ट्याक्टर पल्टिएको हो।

दुर्घटनामा परि गढवा गाउँपालिका वडा नम्बर ६ का ११ बर्षिया निनु पुन, सोही स्थानकी १२ बर्षिया सीमा परियार र सोही स्थानकै १२ बर्षिया सुनिता पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको गढवा स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते २३ जना मध्य ४ जनाको अवस्था गम्भीर रहेको र १९ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ। उनीहरुको लमही अस्पतालमा उपचार भैरहेको छ। ट्याक्टरको ट्रलि पल्टिँदा दुर्घटना भएको हो।

प्रकाशित: १५ कार्तिक २०७६ १२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App