५ वैशाख २०८१ बुधबार
समाज

जुवा नियन्त्रणमा प्रहरीको सकृयता, अभियुक्त पक्राउमा सिसि क्यामेरा प्रभावकारी बन्दै

तेह्रथुम- पछिल्लो समय जिल्लामा लुकिछिपी तास जुवा खेल्ने लगायतका गतिबिधी हुने गरेको सुचनाको आधारमा स्थानीय प्रशासनले निगरानी बढाएको छ। दसैं तिहारलगायतका चाडवाड सकिए पछि अब जिल्लाका मुख्य बजार र चोकहरुमा तासजुवा खेल्ने र खेलाउने बाहानामा सट्टाबाजी हुने गरेको गोप्य सुचनाको आधारमा स्थानीय प्रशासनले निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नबिन किसोर प्रधानले जानकारी दिए।

जिल्लाको सदरमुकाम आसपासमा यस पनि तास खेलि रहेको अवस्थामा जनप्रतिनिधीहरु सहित एक दर्जन बढीलाई पक्राउ गरेर कारबाही गरे पछि तासजुवा जस्ताखेल खेल्नमा केहि आए पनि अब स्थानीय प्रशासनले यसको नियन्त्रणका लागि बिषेश टोली समेत परिचालन गरेको जिल्ला प्रहरी कार्यालय श्रोतले जनाएको छ।

तासजुवा जस्ता खेलले आर्थिक रुपमा मात्र नभई सामाजिक रुपमा समेत असर गर्ने भएकोले यस्ता गतिबिधीहरु न्युनिकरणका लागि जिल्ला सुरक्षा समितिले बिषेश अभियान सुरु गरेको छ। जिल्लाका कुनै पनि क्षेत्रमा कानुनले बन्देज गरेको गतिबिधी सञ्चालन गरे पक्राउ गरि कानुनी कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रधानले जानकारी दिए।

यसै बिच तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजारमा जडान गरिएको सिसि क्यामेरा प्रभाबकारी बन्दै गएको छ। म्याङ्लुङ्ग बजार संचालित बित्तिय संस्थाको सुरक्षालाई मध्यनजर गरी जडन गरिएको सिसि क्यामेरा प्रभावकारी बन्दै गएको हो।

सुरक्षा व्यवास्थालाई सुदृद्ध र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि बजारमा जडान गरिएको सिसि क्यामेर प्रभावकारी बन्दै गएको डिएसपी नबिन किसोर प्रधानल जानकारी दिए। बिषेशगरी बैंक तथा बित्तिय संस्थाको सुरक्षालाई मध्यनजरगरी बजारका विभिन्न क्षेत्रमा क्यामेरा जडान गरिएको सिसि क्यामेरा अपराधिक गतिबिधी नियन्त्रणका लागि समेत प्रभाबकारी भएको छ।

यस अघि सदरमुकाम म्याङलुङमा भएका मेन्छ्योम गाउँपालिकाको सवारी साधन तोडफोड लगायतका आधा– दर्जन बढी अपराधहरुको अभियुक्तहरु समेत पक्राउ गर्न सफल भएका छन्। सिसि क्यामेराको प्रभाबकारीता बढे पछि  पछिल्लो समय १६ वटा क्यामेरा जडान समेत गरिएको छ।

नगरपालिकाको सहयोगमा पहिलो पटक जडान गरिएको १० वटा सिसि क्यामेरामा ६ वटा थप गरि अहिले सम्म १६ वटा सिसि क्यामेरा जडान गरिएको डिएसपी प्रधानले जानकारी दिए। बजार क्षेत्रमा जडान गरिएका सिसि क्यामेराहरु जिल्ला प्रहरी कार्यालयबाट निगरानी राखिने गरेको छ।

 

 

प्रकाशित: १५ कार्तिक २०७६ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App