coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

डा. केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै पूर्व प्रधानमन्त्री भट्टराई सडकमा

डा. केसीका मागप्रति ऐक्यवद्धता जनाउँदै र्‍यालीमा सहभागि डा. भट्टराई। तस्बिर: भट्टराईको फेसवुकबाट

काठमाडौं-  पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले डा. गोविन्द केसीको ज्यान जोखिममा पर्नु भनेको करोडौं नेपालीहरुको ज्यान जोखिममा पर्नु भएको बताएका छन्।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै २१ दिनदेखि अनसनरत डा. केसीको पक्षमा सरकारलाई दबाब दिन शनिबार काठमाडौंमा भएको जनप्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै भट्टराईले केसीको उठाएका मागहरु पूरा गर्दै उनको जीवन रक्षा गर्न सरकारलाई आव्हान गरे।  

केसीका माग सम्बोधन गर्दै मुलुक र राजनीतिलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने उनको भनाई थियो।

एउटै विषयमा पटक पटक अनशन बस्नु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको भट्टराईको भनाई थियो।

भट्टराईले मुलुकको भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली लोकपाल गठन गर्नुपर्ने समेत बताए। उनले देशको विकास र समृद्धिका लागि मुलुकको राजनीतिक व्यवस्था, राजनीतिक दल र समाजमा मौंलाउँदै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्नु पहिलो आवश्यकता रहेको औंल्याए। मुलुकमा क्यान्सर बनेको भ्रष्टाचार नियन्त्रणका लागि संसदबाट सर्वशक्तिमान संस्था लोकपाल गठन गर्नुपर्ने बताए।

उनले अब परम्परागत राजनीतिले देश नचल्ने भएकोले राजनीतिको पनि विकल्प चाहिएको बताउँदै भ्रष्टाचारीहरुले राजनीतिको नेतृत्व गरेसम्म यो अवस्थाको अन्त्य नहुने भएकोले अब राजनीतिलाई स्वच्छ र नागरिकलाई अधिकार सम्पन्न बनाउनु पर्ने आवश्यकतामा जोड दिए।

प्रकाशित: १८ मंसिर २०७३ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App