उपनिर्वाचन

कांग्रेसको विरासत भत्काउने दाउमा नेकपा

शुक्रबार, १५ कार्तिक २०७६, १४ : ५५ नागरिक

बाँके- प्रमुख तीन ठूला दलले उम्मेदवार सिफारिश गरेसँगै कोहलपुर नगरपालिकाको वडा नं ६ मा उपनिर्वाचनको माहोल बढ्दै गएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट रामशरण थारु, नेपाली काङ्ग्रेसबाट कृष्ण थारु र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्रीधर सुवेदीलाई उम्मेदवार सिफारिस गरिएको छ।

कोहलपुर–६ मा दलले अहिले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी, टोल कमिटी निर्माण गरेर चुनावी गतिविधिलाई तीव्र बनाएका छन्। राजनीति दलपिच्छे भेला, बैठक, छलफल लगायतका कार्यक्रम भइरहेका छन्। निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्नका लागि दलले सबै रणनीति तय गरिरहेका छन्। 

उम्मेदवार सिफारिस भएसँगै निर्वाचन आफ्नो पक्षमा पार्न दल चुनावी अभियानमा सक्रिय भएका छन्। वडाध्यक्ष पदका लागि आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई आफ्नो पुरानै विरासत जोगाउने लयमा छ भने नेकपा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्दै काङ्ग्रेसको विरासत भत्काउने दाउमा छ। 

तेस्रो ठूलो दलका रुपमा रहेको राप्रपाले दुई ठूला दलबीच कडा प्रतिस्पर्धा हुने र त्यही बीचबाट आफ्नो जीत निकाल्ने दाउमा रहेको छ। गत निर्वाचनमा एक हजार ९६४ मतदाता रहेको वडामा अहिले दुई हजार २६ मतदाता पुगेका छन्। गत निर्वाचनमा काङ्ग्रेसका उम्मेदवार रामसोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए। 

विसं २०७५ मङ्सिर ९ गते उहाँको निधनपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो। सो वडाबाट तत्कालीन नेकपा एमालेका उम्मेदवार श्रीराम थारुले ३५२ मत र तत्कालीन नेकपा माओवादी केन्द्रका रामशरण थारुले २७३ मत प्राप्त गरेका थिए। पार्टी एकीकरणपछि दुवै पार्टीको मत जोडिएकाले यसपटकको उपनिर्वाचनमा जीत सुनिश्चित रहेको नेकपाको दाबी छ। 

अघिल्लो निर्वाचनमा राप्रपाका नेपबहादुर वली र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका सुभाखर पोखरेलले क्रमशः ८७ र ५६ मत ल्याएका थिए। “पार्टी एकीकरणपछि हाम्रो मत करीब २०० को अन्तरले बढेको छ, नयाँ मतदाता पनि धेरै नेकपाकै हुन”, कोहलपुर नगर कमिटीका अध्यक्ष वसन्ती अधिकारीले भने।

वडा नं ६ मा थारु र मधेशी बाहुल्य गाउँमा सैद्धान्तिक मत कम रहेकाले मतदातालाई आफ्नो पक्षमा पार्ने चुनौती रहेको नगर अध्यक्ष अधिकारीको भनाइ छ। उनले भने, “थारु र मधेशी बाहुल्य गाउँमा सैद्धान्तिक र वैचारिक मत निकै कम छ। यो मत कसको पक्षमा कसरी जान्छ भन्ने थाहा नै हुँदैन। तर हामी हाम्रो पक्षमा पार्छौं।” 

सरकारका लोकप्रिय र जनमुखी कार्यक्रमकै कारण मतदाता नेकपाका पक्षमा रहेकाले जीत सुनिश्चित भएको नगर अध्यक्ष अधिकारीको दाबी छ। “सरकारले ल्याएको विकास र आर्थिक समृद्धिका कारण जनलहर नेकपाको पक्षमा छ। कोहलपुरमा नेकपाकै प्रमुख भएकाले विकासका काम तीव्ररुपमा भएका छन्, यो पनि जीतको आधार हो”, उनले भने। 

नेपाली कांग्रेस कोहलपुर नगरपालिकाका नगर सभापति बलराम शर्माले नेकपा एकीकरणपछि विगतको भन्दा केही चुनौती देखिए पनि काङ्ग्रेसको जीत सुनिश्चित रहेको बताए। उनले भने, “तत्कालीन मधेशी जनाधिकार फोरमका उम्मेदवार हाम्रो पार्टीमा आइसक्नुभएको छ। यसले पनि हाम्रो जित्ने आधार झन् बलियो बनेको छ।”

तत्कालीन मधेशी जनाधिकार फोरमबाट प्रमुखको उम्मेदवार बनेका फूलाराम थारुले गत निर्वाचनमा वडा नं ६ बाट ११४ मत प्राप्त गरेका थिए। फूलाराम र रामसोहनले ल्याएको कूल ५३८ मत छ। यो तथ्याङ्कअनुसार नेकपा र काङ्ग्रेसको मतान्तर ८७ देखिन्छ। तर, सो वडामा थारु मत धेरै रहेकाले काङ्ग्रेस निर्वाचन जित्नेमा ढुक्क देखिएको छ। 

सो वडामा थारु मतदाता एक हजार २६ रहेका छन् भने अन्य समुदायका एक हजार मतदाता छन्। “थारु समुदायबाट बलियो उम्मेदवार छनोट गरेकाले निर्वाचन परिणाम सहजै हाम्रो पक्षमा आउँछ”, नगर सभापति बलरामले दाबी गर्दै उनले भने। तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका श्रीराम थारुका भाइ कृष्ण थारु अहिले काङ्ग्रेसबाट उम्मेदवार बनेका छन्। रासस






यसमा तपाईको मत

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad