coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्गा मूर्ति विवाद साम्य पार्न १० बुँदे सहमति

कपिलवस्तु– कपिलवस्तुको कृष्णनगरमा दुर्गा मूर्ति बिर्सजनका क्रममा दुई समुदायबीच  भएको झडप पछि बिहवार मध्यरातमा बिवाद समाधानकालागि  १० बुदे सहमिति भएको छ। सहमिति पछि बेधवार देखि तनावग्रसत रहेको कृष्णनगर बजार सामन्य बन्दै गएको छ।

कृष्णनगर नगरपालिकामा रहेका मुर्तिहरु बिसर्जनका क्रममा झन्डनगरमा रहेको मस्जिदको बाटो हुँदै बढया पोखरीमा जानेक्रममा दुई समुदाय बीच बुधवार साझ झडन भएको थियो। झडप पछि रोकिएको मुर्ति बिर्सजन प्रर्दशनकारी र सुरक्षा निकायबीच बिहीवार मध्यरातमा भएको सहमिति पछि राति २ बजेतिर बिर्सजन गरिएको प्रहरी उपरिक्षक दीप शमसेर जबराले बताए। केल १३ वटा मुर्ति बिर्सजन गर्ने तयारी गरिएको थियो। 

घटनाले उग्ररुप लिएइ पछि स्थानीय प्रशासनले बिहीवार बिहान ११ बजे देखि कृष्णनगर बजारमा अनिश्चिकालिन कर्फ्यु जारी राखेको छ। घटनामा कृष्णनर बजारका स्थानीय २० बर्षे  सुरज कुमार पाण्डेयको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। बिहीवार दिनभर कृष्णनगर बजार क्षेत्र तनावग्रसत बनेको थियो।

घटनामा प्रहरी र प्रर्दशनकारीबीच दाहारो झडप हुँदा एक दर्जन बढी घाईते भएका थिए। जिल्ला सुरक्षा समितिले वाार्ताका लागि दिनभर पहल गरे पनि प्रर्दशनकारीको तर्फबाट कोही आएको थिएन। विवाद समाधानकालागि बिहीवार साँझ प्रदेश ५ का नेपाल प्रहरी प्रदेश, ५का प्रमुख सुरेन्द्र बिक्रम शाह, प्रदेश ५ सशस्त्र प्हरी प्रमुख नारायण दत्त पौडेल समेत कृष्णनगर आएका थिए। वार्ता हुनु अघि बिहीवार राति नै जिल्ला सुरक्षा अधिकारीहरु मृतक पाण्डेयको शव राखिएको स्थलमा पुगेका थिए।

प्रर्दशनकारीका तर्फबाट प्रदेश सदस्य बिरेन्द्र कनौडिया, कृष्णनगर नगरपालिकाका मेयर रतत प्रताप शाह, उद्योग बाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता सहीतको टोली र जिल्ला सुरक्षा समितिबीच बिहीवार मध्यरातमा सहमति भएको थियो। सहमति भएपछि लक्ष्मीका मूर्ति विर्सजन गरिएको हो। कफ्र्युकाबीच सुरक्षा घेराबन्दीमा मूर्तिको विर्सजन गरिएको थियो। कृष्णनगरको अवस्था हेरेर लगाइएको कर्फयू खुकुलो पारिदै लाने प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठले बताए। बार्ता कै क्रममा प्रर्दशनकारीको तर्फबाट १२ बुँदे माग पेश गरिएको थियो। 

सहमति भएका बुँदामा मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल खाँ लगायत ५ लाई कानुनी कारवाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासन स्रोतले जनाएको छ।

दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको बताइएको छ।  अहिले मृतकको शव परीक्षणका लागि कपिलवस्तु अस्पताल ल्याइएको छ। परीक्षण पछि मृतकका परिवारलाई शव जिम्मा लगाउने प्रहरी उपरीक्षक राणाले बताए। दीपावलीमा पूजा गरिएको लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा हिन्दू र मुस्लिमबीच बुधबार राती भएको विवादले भएको तनावका कारण कपिलवस्तुको कृष्णनगरमा कफ्र्यू लगाइएको थियो। 

बुधबार राती १० बजेदेखि १ बजेसम्म दुवैपक्षबीच झडप भएको थियो। झडपका क्रममा दुवै पक्षका र प्रहरी गरी करिब केही घाइते समेत भएका थिए। लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा सुरु भएको हिन्दू र मुस्लिम पक्षको विवाद हिंसाको तहसम्म पुगेपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कफ्र्यू लगाएको हो।

कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा बिहीवार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि प्रशासनले कफ्र्यू जारी गरेको छ। प्रशासनले कफ्र्यूको अवज्ञा नगर्न चेतावनी दिएको छ।

 

प्रकाशित: १५ कार्तिक २०७६ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App