ब्राजिलका राष्ट्रपतिद्वारा ब्राजिलको मुख्य अखबारको ग्राहक नबन्ने घोषणा

शुक्रबार, १५ कार्तिक २०७६, १४ : ०९ नागरिक

ब्रासिलिया– ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन्। राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन्।

राष्ट्रपति बोल्सोनारोले फेसबुकबाट प्रत्यक्ष प्रसारित साप्ताहिक सम्बोधनका क्रममा भने, 'आज मैले मेरो कार्यकारी शक्तिको प्रयोग गरी फोल्हा अखबारको ग्राहक रद्द गरेको छु। फोल्हा पत्रिका पढ्न चाहनेले ब्रासिलियाका बस स्टेसनमा रोकिएर किन्न सक्नेछन्।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गतसाता अमेरिकाका दुई वटा ठूला अखबारहरु दि न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टको ग्राहक नबन्ने घोषणा गरेका थिए। ब्राजिली राष्ट्रपति बोल्सोनारो पनि अमेरिकी राष्ट्रपति ट्रम्पकै शैली पछ्याउन रुचाउँछन्।

ब्राजिली राष्ट्रपतिले फोल्हा, टिभी ग्लोबो र भेजा म्यागाजिन समेतका ब्राजिली सञ्चार माध्यममाथि राष्ट्रपति चुनावी अभियानदेखि गत जनवरीमा राष्ट्रपतिको सपथ लिएयता निरन्तर आलोचना गरिरहेका छन्।

'हामीले यस्ता अखबारका लागि बढी पैसा खर्च गर्नु आवश्यक छैन। फोल्हामा जसले विज्ञापन गरिरहेको छ सचेत रहनू,' बोल्सोनारोले चेतावनी पनि दिएका छन्।

फोल्हाले एक विज्ञप्ति प्रकाशन गरी बोल्सोनारोको विभेदकारी कदमप्रति खेद व्यक्त गरेको छ। फोल्हाले सरकारका कामकारवाहीमाथि निरन्तर निगरानी राख्ने र गैर–पक्षधर पत्रकारितालाई निरन्तरता दिने जनाएको छ। एएफपी






यसमा तपाईको मत

अन्य समाचार

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

Ncell Footer Ad