७ वैशाख २०८१ शुक्रबार
समाज

सांसदको डेरामा चोरी

काठमाडौं – काठमाडौँस्थित सांसदको डेरामा चोरी भएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमको घरमा चोरी भएको हो।

संखुवासभाबाट निर्वाचित सांसद गौतम बस्ने गरेको काठमाडौं महानगरपालिका वडा नम्बर १० दवीनगरस्थित घरमा चोरी भएको महानगरी प्रहरी परिसर काठमाडौँले जनाएको छ।

१ लाख १५ हजार नगद सहित २ तोला ५ आना बराबरको सुनको गहना, चाँदीको थाली, दियो लगायतका सामाग्री चोरी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसारसांसद गौतमको फ्ल्याटमा विहीवार दिउँसो चोरी भएको हो। घरको ढोकामा लगाइएको ताल्चा फोडेर नगद र गरगहना चोरी भएको प्रहरीले बताएको छ ।सांसद गौतम सिंहदरबार र उनकी पत्नी कार्यालय गएको समयमा चोरी भएको होघटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

प्रकाशित: १५ कार्तिक २०७६ ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App