७ वैशाख २०८१ शुक्रबार
समाज

अयोध्याबाट आएका जन्ती जनकपुरका लागि प्रस्थान

बर्दिवास-विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती आज महोत्तरी जिल्लाको मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका छन् ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकनन्दिनी सीताको विवाह भएको सम्झनामा मार्ग शुक्लपञ्चमीका दिन जनकपुरमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट लावालस्करसहित जन्ती आएका हुन् ।

मिथिलामा सात दिनसम्म मनाइने विवाह पञ्चमीको सांस्कृतिक महोत्सवमा भाग लिन हिजो साँझ नेपाल प्रवेश गरेका जन्ती मटिहानीस्थित श्री लक्ष्मीनारायण मठमा बास बसेका थिए ।  जन्तीमा सरिक भएका भारतीय साधुसन्त आज जलेश्वरनाथ महादेवको दर्शन गरेर जिल्लाकै सहोड्वामा रात्रि विश्राम गर्ने छन् । यसअघि हिजो नेपाल प्रवेश गरेका भारतीय साधुसन्तलाई मटिहानीवासीले हार्दिक स्वागत गरेका थिए ।

जन्तीमा आएका भारतीय साधुसन्त विवाहपञ्चमीका दिन सहोड्वाबाट आठ किलोमिटर दूरीमा रहेको जनकपुरमा पुग्ने परम्परा छ । महोत्सवमा मिथिला संस्कृतिअनुसार विवाह मण्डपको वेदी ९यज्ञकुण्ड० बनाउने मटकोर विधि आज सम्पन्न गरिँदै छ । मटकोरका लागि मटिहानीस्थित धार्मिक महत्वको लक्ष्मीसागर ९तलाउ०बाट राम–सीताको विवाहमा माटो खनेर लगिएको विश्वासमा प्रत्येक वर्ष यो विधि सम्पन्न गर्ने गरिएको छ ।

सात दिनसम्म मनाइने विवाहपञ्चमी महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचाँै दिन मटकोर, छैठौँ दिन शुभविवाह र सातौँ दिन राम कलेवा कार्यक्रम सम्पन्न गरिने परम्परा छ । भोलि मार्ग शुक्ल पञ्चमीका दिन आयोजन हुने विवाह महोत्सवका लागि हजारौँको सङ्ख्यामा श्रद्धालु जनकपुर गइरहेका छन् । रासस

प्रकाशित: १८ मंसिर २०७३ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App