४ वैशाख २०८१ मंगलबार
प्रवास

नेपाली भाषा सिक्दै ब्रिटेनकी नव नियुक्त राजदूत

लण्डन– नेपालका लागि ब्रिटेनकी नवनियुक्त राजदूत निकोला पोलिटले आफ्नो कार्यवाहक औपाचारिक रुपमा नसमाल्दै आफ्नो सकृयता देखाएकी छन्।  उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष  आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुअघिनै नेपाली भाषा सिक्न थालेकी छन्।

त्यस्तै नेपालका बिभिन्न स्थानको भ्रमण गर्ने, लण्डनस्थित नेपाली समुदायका नेताहरु, नेपाली व्यवसायीहरुसंगको भेटघाट र अन्तरक्रिया लगायतका गतिविधीलाई तिब्र पारेकी छन्। यसै बीच बुधबार लण्डनमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै  नव नियुक्त राजदूत निकोला पोलिटले दुवै देशबीच छिट्टै दोहोरो कर हटाउने सम्बन्धि सम्झौता गर्न गृहकार्य भै रहेको बताएकी छिन।

ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै श्रीमती पोलिटले नेपालमा राजदूतको जिम्मेवारी निर्वाह गर्न जादै गर्दा आफुलाई निकै खुसि लागेको बताइन।

‘नेपाल ब्रिटेनको पुरानो मित्र हो र राजदूतको रुपमा मैले ब्रिटेनको मात्रै हैन, नेपालको पनि हित हेरेर काम गर्ने छु’, उनले भनिन्।

आफु हालै गोर्खा वेलफेयर ट्रस्टको निम्तोमा बुटवल, पोखरा, धरान लगायतका सहरहरु पुगेको बताउँदै  श्रीमती पोलिटले सडक नभएका कतिपय गाउँहरुमा आफु हिडेरै पुगेको जनाइन। नेपालमा स्थिर सरकार रहेकाले लगानीको लागि राम्रो वातावरण बन्दै गएको पनि उनले बताइन।

सो अवसरमा बिएनसीसीका नवनिर्वाचित अध्यक्ष डा. कपिल रिजालले नेपालको विकासमा बेलायतले पुराउदै आएको सहयोगको प्रशंसा गरेका थिए। उनले श्रीमती पोलिटको सफल कार्यकालका लागि शुभकामना पनि दिए।

बिएनसीसीका उपाध्यक्ष बिराज भट्टले सबै सदस्य तथा पाहुनाहरुलाई स्वागत गरेका थिए। नोभेम्बर  महिनाको दोस्रोसाता  देखि पोलिटले काठमाडौँमा आफ्नो जिम्मेवारी सम्हाल्न  लागेकी  छिन् ।

प्रकाशित: १५ कार्तिक २०७६ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App