coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपराष्ट्रपति पुन र सभामुख घर्तीबीच भेटवार्ता

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच आज बिहान भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेका गतिविधि, मङ्सिर ५ देखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको बारे जानकारी गराएकी थिइन।

सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसद्मा देखिएको मतभिन्नता अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको जानकारी पनि गराउनुभएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले बताए।

नेताहरुको छलफलका क्रममा उनीहरुले सहमतिको राजनीतिलाई नै अघि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको र दलहरुबीचको अविश्वास हटाएर सहमतिका लागि आवश्यक परेमा आफूले भूमिका खेल्न तयार रहेको सभामुखले उपराष्ट्रपतिलाई जानकारी गराए।

उपराष्ट्रपति पुनले राजनीतिक दलहरुबीचमा देखिएको पछिल्लो विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिए। सहमतिबाट संविधानको कार्यान्वयन गरी देशलाई आर्थिक विकास गराउन दलीय सहमति अपरिहार्य भएकोमा जोड दिँदै उहाँले आवश्यक समन्वयकारी भूमिका खेल्न सभामुखलाई आग्रह गर्नुभयो । रासस

प्रकाशित: १८ मंसिर २०७३ ०७:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App