coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वतमान सभामुख महराको थुनछेक बहस

काठमाडाैँ – संघीय संसदको सचिवालमा कार्यरत महिला कर्मचारी  रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निर्वतमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज (शुक्रबार) हुँदैछ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार जिल्ला अदालत काठमाडौँको इजलासमा सुरुमा महराको बयान लिइनेछ भने त्यसपछि बादी र प्रतिवादीका तर्फबाट थुनछेक बहस हुनेछ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च अहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।थुनछेक बहसपछि अदालतले महरा पुर्पक्षका लागि थुनामा जान सक्ने, धरौटीमा रिहा हुन सक्ने र साधारण तारेखमा छाड्न सक्नेमध्ये एक फैसला गर्ने छ।

१३ असोजमा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी शाहीले महरामाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । पछि पीडित महिलाको ‘उजुरी’का आधारमा प्रहरीले महरालाई सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो । महरालाई १९ असोजमा पक्राउ गरिएको थियो । प्रहरीले महरालाई हिरासतमा राखेर पटक पटक म्याद थपी अनुसन्धान गरेको थियो।

प्रकाशित: १५ कार्तिक २०७६ ०३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App