coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत

कञ्चनपुर – नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन। भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन्।

एक देशमा अपराध गरी अर्को देशमा गएर लुक्ने अपराधीबारे सूचना आदानप्रदान गर्नेबारे समेत बैठकमा सहमती भएको महाकाली नगरपालिकाका कार्यक्रम अधिकृत भानुदेव भट्टले बताए।

बैठकमा नेपालका तर्फबाट महाकाली नगरपालिकाका नगरप्रमुख वीरबहादुर सुनार, उप प्रमुख चिनी गिरी, सुरक्षा निकायका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षाबलका सहायक डिपुटी कमाण्डर सुनिल सिंह रावत, नौजलिया एसएवि क्याम्पका इन्सपेक्टर सयन्त सरकार लगायतको सहभागीता रहेको थियो।

कार्यक्रमको आयोजना युएनडिपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागीता कार्यक्रमको सहयोग तथा सञ्जीवनी नेपालले आयोजना गरेको हो। रासस

प्रकाशित: १५ कार्तिक २०७६ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App