काठमाडौं- आइओएमको नयाँ डीनमा डा. जगदीश अग्रवाल नियुक्त भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आजैको मितिदेखि लागू हुनेगरी आइओएमको डीनमा अग्रवाललाई नियुक्त गरेको हो। उनी वरिष्ठत्म प्रध्यापक हुन्। न्युरोलोजिस्ट अग्रवाल निजी प्रक्याक्टिस नगर्ने र मेडिकल शिक्षामा विज्ञको रुपमा गनिन्छन्।
यसअघि वरिष्ठता मिचेर डीन बनाएपछि डा. गोविन्द केसी अन्सनमा बसेका थिए। डीन नियुक्ति र अन्य मागमा सम्झौता नजिक भएकाले डा. केसीको अन्सन पनि आजै तोडिने तय भएको छ। डा. केसीको ज्यानभन्दा ठूलो कुरा पद नभएको भन्दै नवनियुक्त डीन केपी सिंहले शुक्रबार राजीनामा दिएका थिए।
यसैबीच स्वास्थ्यमन्त्री गगन थापाले डा. केसीलाई भेटेर सरकार माग पूरा गर्न तत्पर रहेको जानकारी गराएका छन्। सो क्रममा उनले अन्सन तोड्न आग्रह गरेका थिए। मन्त्री थापासँग डा. केसीले सरकारले आइओएममा नयाँ विद्यार्थी होस्टेल बनाउन पहल गरिदिनुपर्ने माग गरेका थिए। त्यसको जवाफमा मन्त्री थापाले त्यसका लागि सरकारले तत्कालै काम थाल्ने वचन दिएका थिए।
प्रकाशित: १८ मंसिर २०७३ ०६:१७ शनिबार