coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संखुवासभामा चुनावी चहलपहल

संखुवासभा – उपनिर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ। जिल्लाको मकालु गाउँपालिका र खाँदबारी नगरपालिकाको वडा नम्बर ३ मा उपनिर्वाचन हुँदैछ। संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ६ जनाको मृत्यु भएको भएको थियो।

तत्कालीन नेकपा एमालेका खड्ग कटुवालले १७ सय १२ मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका बागी उम्मेदवार टासी शेर्पाले १२ सय ५५ मत ल्याएका थिए। कांग्रेसका आधिकारिक उम्मेदवार राईबहादुर राईले भने ९ सय ५५ मत ल्याएका थिए। तत्कालीन नेकपा माओवादीले भने तेस्रो मत ल्याएको थियो। माओवादीका भरतकुमार राईले ८ सय ५५ मत ल्याएका थिए। एकतापछि बनेको नेकपाको मत २५ सय ६७ हुन्छ भने कांग्रेसको मत पनि बागी टासी शेर्पाको मतसमेत जोड्ने हो भने २१ सय ८० रहेको छ। यसपटकको उपनिर्वाचनमा साना दलले खासै चासो देखाएका छैनन्।

पहिलेको जितलाई निरन्तरता दिनेमा ढुक्क रहेको नेकपा संखुवासभाका अध्यक्ष हेमराज घिमिरेले बताए। ‘एकतापछि हामी झनै बलियो भएका छौं,’ घिमिरेले भने, ‘हामी सर्वसम्मत उम्मेदवार चयनको तयारीमा लागिसकेका छौं, केही दिनमा टुंग्याउँछौं। यता कांग्रेसका जिल्ला सभापति दिपनकुमार श्रेष्ठले पनि आफूहरूको जित सुनिश्चित भएको बताए। ‘यसअघि बागी उम्मेदवारको कारण हार व्यहोर्नु प¥यो,’ सभापति श्रेष्ठले भने, ‘अबको केही दिनभित्र उम्मेदवार टुंगो लाग्छ, बागी उम्मेदवार हुँदैन।’

प्रकाशित: १५ कार्तिक २०७६ ०२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App