५ वैशाख २०८१ बुधबार
समाज

वडा कार्यालय तोडफोड र चोरी

नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय।

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ को वडा कार्यालय तोडफोड भएको छ। अज्ञात समूहले तिहारको बिदामा वडा कार्यालय तोडफोड गरि कार्यालयमा रहेको मेलमिलापको फाइल चोरेर लगेको वडाअध्यक्ष भोजबहादुर रेग्मीले बताए। ‘चोरले कम्पाउन्डको ढोका फुटाएर वडा कार्यालयभित्र पसि वडाअध्यक्षको चेम्बर तथा स्टोर कक्षको ताला फुटाइएको छ,’ अध्यक्ष रेग्मीले भने, ‘अध्यक्षको चेम्बरमा रहेको टेबल तथा दराजका सबै घर्रा फुटाइएको भए पनि सबै अन्य सबै कागजपत्र भने जस्ताको तस्तै रहेको छ।’

तिहार बिदापछि बिहीबार बिहान कार्यलय खोल्न जाँदा कार्यालय सहयोगीले वडा कार्यलयको मूल ढोका र वडाअध्यक्षको कार्यकक्ष फुटाएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। कार्यालय तोडफोड भएपछि बिहीबार वडाबाट प्रदान हुने सबै सेवा बन्द रहेको अध्यक्ष रेग्मीले बताए। स्थानीय मिस्त्रीको सहयोगमा मुल गेट मर्मत गरिएको भए पनि कार्यालयको ढोका तत्काल मर्मत गर्न नगरपालिकामा जानकारी गराइएको रेग्मीले बताए।

जिल्ला प्रहरी कार्यलय, धादिङवेशीबाट गएको प्रहरीको टोलीले घटनास्थलको अनुसन्धान गरि औठा छापको नमुना संकलन गरेर ल्याएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App