coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश एकमा तिहारमा मात्रै २९ जनाको मृत्यु

विराटनगर – तिहारको अवधिमा भएका विभिन्न घटनामा प्रदेश १ मा २९ जनाको मृत्यु भएको छ। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार तिहारको अवधिमा  आत्महत्या र विभिन्न घटनामा परी २९ जनाले ज्यान गुमाएका छन्।

प्रदेश १ मा आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या धेरै छ। प्रदेश प्रहरीका अनुसार तिहारको अवधिमा प्रदेश १ मा १४ जनाले आत्महत्या गरेका छन्। जसमा ११ जना झुण्डिएर र ३ जनाले विष खाएर आत्महत्या गरेका छन्। यस्तै विभिन्न स्थानमा ४ जनाको लडेर, आगलागीमा परेर २ जना, मादकपदार्थ सेवन गरी १ जना, आपसी झगडामा परी १ जना र नालामा लडेर १ जनाको मृत्यु भएको  छ।

तिहार अवधिमा  प्रदेशमा ४१ वटा सवारीसाधन दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। जसमा ७ वटा यात्रुवहाक बस, २६ वटा मोटरसाइकल, ३ वटा ट्याम्पोलगायतका सवारीसाधन दुर्घटना भएका छन्।  कोइरालाका अनुसार मादकपदार्थ सेवन, लापारबाही, तीव्र गति, सडकको दूरावस्था, यात्रुमा चेतनाको कमीलगायतका कारण दुर्घटना हुने गरेको छ। तिहारमा प्रदेश १ मा ४ वटा जबरजस्ती करणीका घटना भएको छ भने नदीले बगाएर १ जनालाई बेपत्ता बनाएको छ।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App