मौलिक विचारको खडेरी

शुक्रबार, १५ कार्तिक २०७६, ०७ : ३६ युवराज गौतम

भनिन्छ, अमेरिका चारपल्ट जन्मियो। ब्रिटेनबाट सन् १७७६ मा स्वाधीन हुँदा, सन् १७८७ मा संघका रूपमा पूर्ण बन्दा, सन् १८६१ मा सुरु भएको चार वर्षे गृहयुद्ध र त्यसपछिको राजनीतिक अग्निपरीक्षामा उत्तीर्ण हुँदा र सन् १९४१ मा गोला–बारुदको प्रतिस्पर्धामा सक्रिय सहभागी हुँदासम्म धेरै घात÷प्रतिघातले अमेरिका परिपक्व हुँदै गयो। ‘आज अमेरिकासँग के छैन ?’ धेरैले प्रश्न गर्छन्। भौतिकरूपमा त्यो राष्ट्र समृद्धिको शिखरमा छ। तर राष्ट्रलाई चिरायु बनाउन धनमात्र पर्याप्त हुँदैन भनेर अमेरिकी विद्वान्हरू नै स्वीकार्छन्। आचार, नैतिकता, सदाचार, शिष्टाचार, मर्यादा, अनुशासन, परम्परा, धर्म, संस्कृति र जीवन बुझ्ने आत्मज्ञानबाट विमुख बन्दैछन् त्यहाँका युवापुस्ता भन्ने विद्वान्हरूको तर्क छ। अर्थात जरा कुहिन्छ कि भन्ने भय बढ्दैछ।

दसैँको मौकामा म हालै मध्यपूर्वको सुन्दर शहर दुबइ पुगेको थिएँ। मरुभूमिमाथि बसेको त्यो शहर सिंगापुर र हङकङ जस्तै पर्यटकहरूको केन्द्र बन्दै गएको  छ। ‘यति छन् भनी गन्नु कहाँ धनीयाँ, खुशी छन मनमा वहुतै दुनियाँ’ भनेर आदिकवि भानुभक्त आचार्यले लेखेको सम्झेँ। अहोरात्र ब्यस्त छ शहर। संसारका अनेक मान्छे भेटिन्छन् त्यहाँ। दिनदिनै ‘तरक्की’ गर्दैछन्, युएइमा आबद्ध राष्ट्रले।

शहरमा केही फुर्सदिला जस्ता देखिने पाका मान्छेहरूसँग कुरा गर्दा ‘संस्कृति हराउन लाग्यो’ भनेर चिन्ता व्यक्त गरे। हुन पनि हो, हजाराँै वर्षदेखि पुर्खाले बचाएको कला, साहित्य, धर्म र संस्कृति मासिँदै गयो भने सत्तरी÷असी तलाका महल, चौडा सडकहरू, दश घन्टा घुमे पनि नसिद्धिने सुपरमार्केटहरू, बिजुलीको चमक आदिले मात्र राष्ट्रको प्राण रहँदैन। जरा नै मक्कियो भने वृक्ष अडिन्छ कसरी ?

नेपालमा पनि धन भएका तर संस्कारबिहीन परिवार बढ्दैछन्। यसले समाज र राष्ट्र नै भ्रष्ट बन्न सक्छ। मौलिक चरित्र (बेसिक क्यारेक्टर) हराउँछ।

इस्लामावादमा सन् २००४ मा इस्लामावाद पोलिसी रिसर्च इन्स्टिच्युटका प्रमुख प्राध्यापक पर्वेज चिमाले भनेका थिए– ‘हेर्नुहोस्, अलकायदा नामक संगठनलाई सहायता गर्छ अमेरिकाले। कट्टरपन्थीहरूलाई अझ उग्र र कट्टर बनाएर विश्वमा मुसलमान धर्मप्रति नै अनास्था फैलाउने प्रपञ्च भइरहेको छ।’ बोको हरामका बारेमा नाइजेरियाका ट्याक्सी चालकलाई प्रश्न गर्दा उनले भने– ‘सीमित संख्यामा छन् बोको हरामका कार्यकर्ता। पश्चिमा मिडियाले बढाइचढाइ गरेकामात्र हुन्। ठूलो समस्या भन्ने प्रचार गरियो। त्यस्तो छैन।’

बंगलादेशबाट आएका अर्का चालक भेटिए नयन आचार्य। उनी चटगाउँका हिन्दु बाहुन हुन्। अरु देशको तुलनामा बंगलादेशमा धार्मिक सद्भाव राम्रो भएको उनले सुनाए। मैले रवीन्द्रनाथ टेगोरको प्रसिद्ध कविता ‘जोदी तोर डाक सुने केउ ना आसे, तोबे एकला चलो रे,  तोबे एकला चलो रे। एकला चलो, एकला चलो, एकला चलो रे’ सुनाएँ। खुसी भए नयन। उनको नयनमा आफन्तपन देखियो। पशुपतिनाथको दर्शन गर्न आउने इच्छा सुनाए उनले। ‘सनातनीहरूको शिर हो नेपाल’ उनको भनाइ थियो।

मान्छे जहाँ पुगे पनि आफ्नै ठाउँ प्यारो लाग्छ। ऊ सपनामा आफू हुर्केको गाउँ र शहर देख्छ। चाडवाडमा रमाउँछ। यदाकदा भावुक बनेर रुन्छ। आफन्तहरूलाई सम्झन्छ। उमेर छिप्पिदै जाँदा राष्ट्रको महत्व बुझ्छ। माटोको माया र इतिहास आत्मसात गर्छ। राम्रो–नराम्रो खुट्याउन थाल्छ। राष्ट्र खाने धमिराहरू चिन्न थाल्छ। धर्म–संस्कृतिको महत्व थाहा पाउँछ। आफ्ना सन्तानले त्यो नबिर्सून् भन्ने कामना गर्छ। धर्म÷संस्कृति र भौतिक समृद्धि तुलनै हुन सक्दैन। मौकिलता ठूलो सम्पत्ति हो।

‘द गार्जियन’ पत्रिकाले लेख्यो– ‘अमेरिकामा धर्म नमान्नेहरू बढ्दैछन् र इसाई (क्रिस्चियन) घट्दैछन्।’ दुईतिहाइ जनता क्रिस्चियन नै छन् तर परदेशीहरू बढ्दै जाँदा स्वदेशी धर्म–संस्कृति खुम्चिँदै गएको समाजशास्त्रीहरूको तर्क छ। इभानजेलिकलको संख्या घट्दैछ। क्याथोलिकहरू २३ प्रतिशतमात्र रहेको तथ्यांक छ। एक सर्वेक्षणअनुसार त्यहाँ तीस वर्षमुनिका हिन्दु र बौद्ध युवा क्रमशः ३६ र ३५ प्रतिशत रहेछन्। क्रिस्चियन परिवारका युवा आफ्नो धर्मलाई ‘वाहियात’ भन्न थालेछन्। अधिकांश आमाबाबुले संस्कार सिकाउनै चाहेनन्। नेपालमा पनि धन भएका तर संस्कारबिहीन परिवार बढ्दैछन्। यसले समाज र राष्ट्र नै भ्रष्ट बन्न सक्छ। मौलिक चरित्र (बेसिक क्यारेक्टर) हराउँछ।

हलो, कुटो, कोदालो र हँसिया–हथौडा नछोए पनि दललाई मोटो रकम चन्दा दिएर कम्युनिस्टको बिल्ला खरिद गर्न पाइन्छ नेपालमा। प्रगतिशील भन्न रुचाउने एउटा ठूलो कित्ता धर्म–संस्कृृति, राष्ट्रवाद र परम्पराको अपव्याख्या गरिरहेको छ।

‘अमेरिकाज प्लेस इन वल्र्ड’ पुस्तक एकजना अग्रजले बीस वर्षपहिले उपहार दिएका थिए। सन् १९४५ मा प्रकाशित सो पुस्तकमा नाथानियल पेफरले अमेरिकाको ‘भविष्य पुराण’ लेखेका छन्। चीनको सभ्यता नष्ट हुन सक्छ, अमेरिकाले एसियामा संघर्ष गर्नुपर्नेछ, सुदूरपूर्व एसियाको शान्ति र गोरा मान्छेहरूको द्विविधा (दुविधा) जस्ता विषय उठाएर उनले अरु पनि पुस्तक लेखेका छन्। सााम्राज्यवादको उत्कर्षबारे उनको पुस्तक धेरैले रुचाए। पेफरले लेखका छन्– सन् १७८९ देखि १९३४ सम्म अमेरिकी सिनेटमा ९६९ सन्धि दर्ता भए तर पन्ध्रवटा अस्वीकृत भए। नेपालको संसद्मा ‘दुईतिहाइ’ मत पाएको दलले सरकार ‘चलाइरहेको’ छ। महाकाली सन्धिदेखि लिपुलेकसम्म नेपाल ठगिएको, हेपिएको र अन्यायमा परेको छ भन्ने तर संसद्बाट राष्ट्रहितमा निर्णय गर्न किन हिम्मत छैन भन्ने प्रश्नले इतिहासका कैयन् पानालाई काउकुती लगाउँछ। विदेशवादलाई मलजल गर्ने तर राष्ट्रवाद त्याग्ने चरित्रले राजनीति ग्रस्त छ। यो भनेको मौलिक चिन्तन हराउँदै गएको प्रमाण हो।

दुर्लभ, अप्राप्य, स्वैर–कल्पना र उडन्ते कुराको वाचा गर्ने तर यथार्थ स्वीकार नगर्ने प्रवृत्तिले नेपाली राजनीति ‘छुट्टै वर्गको पेशा’ बनेको छ। हलो, कुटो, कोदालो र हँसिया–हथौडा नछोए पनि दललाई मोटो रकम चन्दा दिएर कम्युनिस्टको बिल्ला खरिद गर्न पाइन्छ नेपालमा। प्रगतिशील भन्न रुचाउने एउटा ठूलो कित्ता धर्म–संस्कृृति, राष्ट्रवाद र परम्पराको अपव्याख्या गरिरहेको छ। हजारौँ मान्छे मार्नेहरूलाई एक्काइस केजी फूलको माला लगाइदिने जनता कति सचेत छन्, त्यो पनि बहसको विषय बनेको छ।

असल विचार ग्रहण गर्न गाह्रो मान्ने र आफ्नो हठ नत्याग्नु व्यक्तित्व विकासको अवरोध हो। मन, वचन र कर्मले सकारात्मक परिवर्तन ल्याउन सक्ने असल व्यक्तिलाई अगुवा मान्न जबसम्म हामी तयार हुँदैनौँ तबसम्म कृत्रिम परिवर्तन हाम्रो साझा नियति बनिरहन्छ। नेपाली राजनीतिमा २०४७ सालपछि हालसम्म पचास जना जति पात्र चुनाव जिते पनि, हारे पनि चर्चामा आइरहेकै छन्। यो उनीहरूको सफलता, महत्ता, क्षमता, योग्यता, अठोट र इमानदारीले होइन, ‘माइन्डलक्ड’ जनताको अक्षमता र अयोग्यताबाट उत्पन्न परिस्थिति हो।

जनताले आफ्नो दल, क्षेत्र, गोत्र, नाता आदि हेरेर असल मानिसलाई पाखा लगाए। अहिले गन्थन किन गर्ने ? सही बाटो हिँडेमात्र लक्ष्यमा पुगिन्छ। हामी आज पनि प्रगतिपथमा होइन, विदेशवाद र आफन्तवादको प्रदक्षिणा गरिरहेका छौँ। सबै जनता समान हुन्छन् भनिन्छ प्रजातन्त्रमा। जबसम्म सबैको सम्मान हुँदैन, ‘समान’ हुने कुरा त टाढाको। त्यसैले नेपाली जनता दलको स्वार्थ पूरा गरिदिने यन्त्रमात्र भएका छन्। जनता जुरुक्क उठेनन् भने राष्ट्र भासिन्छ र मासिन्छ। राष्ट्र बचाउन मौलिक विचार चाहिन्छ। वेदमा भनिएको छ– ‘वयं राष्ट्र जागृयाम् पुरोहिता’ अर्थात ‘राष्ट्रलाई उठाऊँ’ भन्ने हाम्रो प्राचीन मान्यता हो। व्यक्ति, समूह, गुट, दल, जात आदिको पिँजरामा कैदी पराधीन विचारले राष्ट्र कसरी सवल बन्छ ? माक्र्स, लेनिन, गान्धी, माओ, स्टालिन आदि हुँदै उदीयमान शक्ति राष्ट्रका नेता वा कुनै पनि विदेशीको अनुयायी बन्नु उचित कि मौलिक विचारको धरातलमा उभिनु ठीक ? यस्ता प्रश्नले कतिपयलाई चसक्क दुख्ला तर यथार्थ के हो भने राष्ट्रको मौलिक विचार नै छैन भने त्यो राष्ट्र वैचारिक दासत्वको शिकार बन्छ।

सार्थक विचार पढ्न रुचाउँछु म। सार्थक विचार ऊर्जा हो। त्यसमा हजारौँ कथा जोडिएर आउँछन्। त्यस्ता आलेख, पुस्तक, प्रवचन र चलचित्रमा जीवनको अर्थ भेटिन्छ। एउटा प्रसंग पढ्दा म धेरै भावुक भएको छु। जोन हप्किन्स न्युरो अस्पतालका निर्देशक डा. बेन्जामिन कार्सनले लेखेका छन्– ‘मेरी आमाले अरुका घरमा काम गरेर मलाई पढाइन्। म राम्रा लुगा किनिदेऊ भनेर रुन्थेँ। आमाले मलाई भनिन्, हुन्छ बाबु, मैले भुइँ पुछेर, बाथरुम सफा गरेर यो हप्ता जति पैसा जम्मा गर्न सक्छु, त्यो सबै तिमीलाई दिन्छु। तिमीले परिवारका लागि खानेकुरा किन्नु, बिजुलीको बिल तिर्नु, घरलाई चाहिने खर्च छुट्याउनु र बाँकी पैसाले राम्रा लुगा किन्नू।’ उनले त्यसपछि मात्र आमाले कसरी घर चलाएकी रहिछन् भन्ने बुझे। डा. बेन्जामिन लेख्छन्– ‘सफल हुन बौद्धिक तयारी गर्नैपर्छ। आमाले घुमाउरो पाराले जीवन र संघर्षको शिक्षा दिइन्। म ध्यान दिएर पढ्न थालेँ। डाक्टर भएँ।’ (दिस आइ बिलिभ, निवन्ध संग्रहबाट)

संसारका करोडौँ अभावग्रस्त अभिभावकले सन्तानलाई योग्य बनाएका छन्। महलमै जन्मे पनि कतिपय छोराछोरी दुव्र्यसनी र अयोग्य छन्। सम्पत्ति होइन, संस्कार ठूलो कुरा हो। संस्कारी अभावग्रस्त होला, स्वभावग्रस्त हुँदैन। पद, पैसा, प्रतिष्ठा र क्षणिक तडकभडकमा रमाउनेहरू उमेर छिप्पिएका केटाकेटी जस्ता हुन्छन्।

सार्थक, समर्पित र स्वदेशप्रति इमानदार मानिस जनजनको हृदयमा बस्छ। सार्थक विचारका पक्षमा जनता उभिएर सशक्त आवाज उठाए भने उनीहरूको एकताले राष्ट्रलाई जुरुक्क उठाउँछ। संकीर्णताको साङ्लोमा बाँधिएको मान्छे कसरी स्वतन्त्र हुन्छ ? आत्मकेन्द्रित स्वार्थ नत्याग्ने मान्छेलाई हामीले किन अगुवा मान्ने ? अरुलाई अर्ति दिने तर उनीहरूका कुरै नसुन्ने अगुवाको के काम ? मौलिक विचारको उपेक्षा गरेर विदेशी विचारधारा बोक्दैमा राष्ट्र सक्षम हुन सक्दैन।

हाम्रा पुर्खाले सार्थक विचार सिकाए– ‘वसुधैव कुटुम्बकम्।’ अर्थात विश्वका सबै मानिस नातागोता र कुटुम्ब हुन्। एउटै दलमा अनेक पसल खोलेर फरक विचारलाई शत्रु ठान्ने सोच कति घीनलाग्दो हो, भन्नु परोइन। अर्को जातलाई शत्रु ठान्ने सोच कति संकीर्ण होला ? नेपालकै कुरा गर्दा, हामी कांग्रेसी–पञ्च, कम्युनिस्ट, मधेसी, पहाडे सबै भइसक्यौँ। नेपाली हुने कहिले ? आफ्नै चिन्तनधारामा सगर्व उभिने कहिले ?






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

गेमिंग ल्यापटप खरिद गाइड

गेमिंग ल्यापटप खरिद गाइड

२०२० मा कस्तो गेमिंग ल्यापटप किन्ने ? ...

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप अब विराटनगरमा

सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ । ...

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकको शाखा विस्तार

प्रभु बैंकले रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा शाखा विस्तार गरेको छ । ...

अनलाइन जब फेयर आयोजना हुने

अनलाइन जब फेयर आयोजना हुने

आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । ...

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

वृज सिमेन्ट सिभिल इन्जिनियरिङ प्रदर्शनी सम्पन्न

गत माघ १० गतेबाट सुरु भएको तीनदिने ११औं राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भएको छ । ...

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

Ncell Footer Ad