७ वैशाख २०८१ शुक्रबार
प्रवास

राजदूत सुवेदीद्वारा बेलायती महारानीसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

बेलायतका लागि नियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ अलेग्जेन्डर मेरी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्दै।

लन्डन-बेलायतका लागि नियुक्त नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायती महारानी एलिजावेथ अलेग्जेन्डर मेरी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । सुवेदीले बिहीवार अपरान्ह बकिङघम प्यालेसमा आयोजित बिषेश कार्यक्रमका बीच ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

डा. सुवेदीले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले बेलायती महारानीको ब्यक्तिगत सुख र सुस्वाथ्यका तथा बेलायती जनताको निरन्तर शान्ति, प्रगति एवं समृद्धिका लागि पठाएको सन्देश र प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको तर्फबाट पठाएको शुभेच्छा तथा शुभकामना प्रस्तुत गरेको नेपाली दूतावास लन्डनले जनाएको छ । महारानीले राजदूतको सफलताको लागि शुभकामना दिदैं डा. सुवेदीको कार्यकालमा दुई मुलुकबीचको सम्बन्धलाई सुदृढ र समधुर बनाउने विश्वास व्यक्त गरेको दूतावासका प्रवक्ता शरद आरनद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपाली दूतावास लन्डनले एक रिसेप्सन कार्यक्रम गरेको थियो । रेसेप्सनमा बेलायतस्थित नेपाली समूदायको प्रतिनिधि, बेलायतका सरकारी अधिकारी, विभिन्न मुलुकका राजदूत तथा कुटनीतिज्ञहरु सहभागी थिए ।  २० औं राजदूतका रुपमा आएर २९ सेप्टेम्बर, ०१६ देखि पदभार ग्रहण गरेका राजदूत सुवेदीले दुई महिनापछि ओहदा प्रमाणपत्र बुझाएका हुन् ।

प्रकाशित: १८ मंसिर २०७३ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App