coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसले च्याप्यो साइकलमा सवार दुई बालक

टीकापुर– कैलालीमा बिहीबार भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्। 

घोडाघोडी नगरपालिका–२ साढेपानीमा बिहान १० बजे भएको मोटरसाइकल दुर्घटनामा ४६ वर्षका देवीराम आचार्यको ज्यान गएको छ। उनी सवार से ७ ज ८५५० र लोकेन्द्र गुरुङले चलाएको अनटेष्ट मोटरसाइकल एकापसमा ठोक्किएका थिए। उनी सवार मोटरसाइकलका चालक सोही ठाउँका इन्द्र आचार्य र अर्का मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–८ का गुरुङ घाइते भएका छन्। 

त्यस्तै साँझ ५ बजे बर्दगोरीया गाउँपालिका–१ साझाचोकमा यात्रुवाहक बसले साइकलमा सवार दुई बालकलाई ठक्कर दिएको छ। महेन्द्रनगरबाट काठमाडौं गैरहेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा साइकलमा सवार दुई बालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्ष बस्नेतले जानकारी दिए। 

घाइते हुनेमा बर्दगोरिया गाउँपालिका– १ का ८ वर्षका अंशु चौधरी र घोडाघोडी नगरपालिका–८ का १२ वर्षका लक्ष्मण चौधरी हुन्। बर्दगोरीया अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको छ। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ। 

साइकललाई ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १४ कार्तिक २०७६ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App